-नेपाल कानून आयोग, कानून, परराष्ट्र र गृह मन्त्रालय र एनआरएनए प्रतिनिधि बीच छलफल

नेपाल कानून आयोग, कानून, परराष्ट्र र गृह मन्त्रालय र एनआरएनए प्रतिनिधि बीच छलफल

Hollywood Khabar November 05,2020 Comments

नेपाल कानून आयोग, कानून, परराष्ट्र र गृह मन्त्रालय तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधि बीच छलफल सम्पन्न भएको छ।

मिति २०७७ कार्तिक २० का दिन गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल कानून आयोगका अध्यक्ष श्री माधव पौडेल तथा सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरु संग तयार हुंदै गरेको एनआरएन ऐनको मस्यौदा सम्बन्धमा संघको तर्फबाट संलग्न तीन महले सुझाव पेश गरियो।

उपाध्यक्ष डा बद्री केसीले संघको तर्फबाट मस्यौदा ऐन सम्बन्धमा संघको धारणा राख्दै बुंदागत रुपमा संघका सुझावहरुका बारेमा व्याख्या गर्दै यसलाई ग्रहण गरिदिन समेत अनुरोध गर्नु भयो।

कानून आयोगका अध्यक्ष श्री माधव पौडेलले संघलाई तीन महले सुझाव सहितको प्रतिवेदन पश गरेकोमा धन्यवाद दिंदै प्राप्त सुझावहरुले गैरआवासीय नेपाली ऐनलाई अझ व्यवस्थित गर्न सहयोग पुग्ने तथा संविधानले व्यवस्था गरेको नेपालको गैरआवासीय नागरिक्ताको परिकल्पना र एनआरएन ऐनले व्यवस्था गरेको गैरआवासीय नेपाली परिचयपत्रलाई थप व्यवस्थित गरी अधिकार सम्पन्न गराउन आयोगले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो र कानून आयोगले तयार पारेको मश्यौदाको अन्तिम रुप संघलाई उपलब्ध गराउने जानकारी समेत दिनु भयो ।

गैरआवासीय नेपाली संघ सचिवालय, काठमाण्डौ

मिति: २० कार्तिक, २०७७ एवं ५ नोभेम्बर २०२०

Document link:

https://mail.google.com/mail/u/0?ui=2&ik=b903c7c051&attid=0.2&permmsgid=msg-f:1682583992093224269&th=1759bd39e179ad4d&view=att&disp=inline