-एनआरएनए अध्यक्षका प्रत्यासी डा बद्रि के सीको प्यानलमा को को छन् ?

एनआरएनए अध्यक्षका प्रत्यासी डा बद्रि के सीको प्यानलमा को को छन् ?

Hollywood Khabar September 11,2021 Comments

कृष्ण के सी, अमेरिका, सेप्टेम्बर १२, २०२१

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा बद्रि के सीले औपचारिक रुपमा अध्यक्षको लागि उम्मेद्वारी घोषणा गरेका छैनन् तर पनि उनि पक्का पक्कि रुपमा अध्यक्षका प्रत्यासी हुन् यो कुरा उनैले बोलेका छन्।

अक्टुवर २३, २४ र २५, २०२१ मा हुने संघको महाधिवेशनमा अध्यक्षका लागि प्रत्यासी भएका वर्तमान उपाध्यक्ष डा बद्रि के सी सँग गत हप्ता मात्र लाइभ कुराकानी गरिएको थियो। त्यसमा पनि उनले आफू एजेण्डा सहित आकांक्षी भएको जानकारी दिएका थिए। यो पटक उनको टिम पनि लगभग फाइनल भएको छ।

सेप्टेम्बर ११, २०२१ मा भएको छोटो कुराकानीको सन्दर्भमा उनले आफ्नो टिममा रहेका उम्मेदवारहरु मध्ये केहिको नाम खुलासा गरेका हुन्। टिम बद्रिमा अहिले सम्म फाइनल भएका नाम यहाँ प्रस्तुत गरिएको छ।

  1. अध्यक्ष-डा बद्रि के सी
  2. उपाध्यक्ष-डा हेमराज शर्मा
  3. उपाध्यक्ष-महेश श्रेष्ठ (आफूले फाइनल नगरेको महेश श्रेष्ठको भनाइ)
  4. उपाध्यक्ष-डिबी क्षेत्री
  5. उपाध्यक्ष-रोशन थापा
  6. उपाध्यक्ष-धर्म अधिकारी
  7. उपाध्यक्ष-बेगम सायद
  8. महासचिव-गौरी जोशी
  9. सचिव-टिका गुरुङ
  10. सचिव-रामशरण सिम्खडा
  11. सचिव-गंगाधार गौतम
  12. सचिव ओम गुरुङ
  13. कोषाध्यक्ष-लोक दाहाल
  14. महिला संयोजक-संगीता मरहट्टा

डा बद्रि के सी संबन्धि थाप समाचार

अध्यक्षका प्रत्यासी डा बद्रि के सी संग कुराकानीhttps://www.youtube.com/watch?v=9ttvJbmyono

उम्मेदवारी घोषणा होइन स्वभाविक उम्मेदवार हुँ भनेको हो, उपाध्यक्ष डा के सी