-NRNA ICC Official LOGO

NRNA:एनआरएनएले NRN Family Card वितरण गर्दै, २००० भन्दा धेरै कम्पनीहरुमा छुट?

Hollywood Khabar June 06,2019 Comments

कृष्ण के सी/अमेरिका/६/७/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जुन ९, २०१९ मा संघका पंजीकृत सदस्यहरुका परिवारलाइ NRN Family Card प्रदान गर्ने भएको छ।

गैरआवासीय नेपाली संघका सदस्यहरुका परिवारहरुका लागि जारी गर्न लागिएको NRN Family Card को आधिकारी सुरुवात (Launching) कार्यक्रम आइतवार ९ जुन २०१९ विहान १० बजे हुने भएको छ। कार्यक्रम गैरआवासीय नेपाली संघको सचिवालय बालुवाटारमा गरिने कुरा संघले जानकारी दिएको छ।

कार्ड क-कसले लिन पाउने ?

यो कार्ड संघका पंजीकृत सदस्यहरुका नेपालमा बस्ने परिवार सदस्यहरुको लागि हो। परिवार सदस्य भन्नाले संघका पंजीकृत सदस्यका पहिलो नाताका व्यक्तिहरु पर्दछन। श्रीमान्/श्रीमती, सन्तान र बाबु-आमा मात्र यसमा पर्छन। बिबाह गरेका सन्तानले यो कार्ड लिन पाउने छैनन। यो केवल प्राइमरी किनको लागि मात्र हो। संघका महासचिव तथा Policy & Procedures (PP) कमिटीका संयोजक डा बद्रि के सीले बताए। छोटकरीमा भन्नुपर्दा श्रीमान-श्रीमती, बाबु-आमा र अबिबाहित छोरा-छोरी पर्दछन।

कार्ड लिन के के कुरा चाहिन्छ ?

संघले यसबारे नीति बनाइसकेको छैन। छिट्टै नै Policy & Procedures कमिटीको बैठकले नीति बनाउला। यसको लन्च भएपछि भने बिस्तृत रुपमा नीति बन्नेछ। त्यसैले NRN Family Card लिनको लागि ऐले सम्म पूर्ण जानकारी आएको छैन। सामान्यतया संघको पंजीकृत सदस्यसंग पहिलो नातेदार हो भन्ने प्रमाणित गर्ने कुरा हुनु जरुरी हुन्छ भन्ने कुरा अनुमान लगाउन सकिन्छ।

कार्ड पाए पछि के हुन्छ ?

कार्ड पाएपछि बेनिफिसरीहरुले नेपालका २, ००० (दुइ हजार) भन्दा धेरै कम्पनि, ब्यबसाय इत्यादीहरुमा छुट पाउन सक्छन।सामान्य १ या २% छुट नै पाउने हो भने पनि वर्ष भरिमा गरिने थुप्रै खर्चले ठूलो रकम बच्न सक्छ। यसको फाइदाहरुमा यो नै प्रमुख हो। बिस्तारै प्राथमिकताको लाइन पाउने जस्ता कुरा पनि आउन सक्लान।तर पहिला यसको लन्च हुनुपर्यो।

संबन्धित इच्छुक व्यक्तिहरुले संघको केन्द्रिय कार्यालय सुवर्ण शम्शेर मार्ग, बालुवाटार, काठमाण्डौमा जुन ९, २०१९, बिहान १० बजे आयोजित कार्ड लन्च गरिने कार्यक्रममा जान सक्नेछन।