-गैरआवासीय नेपाली संघको बिशेष महाधिवेशनको लागि छुट्टै पेज, ५०४ जनाको फर्म प्राप्त

गैरआवासीय नेपाली संघको बिशेष महाधिवेशनको लागि छुट्टै पेज, ५०४ जनाको फर्म प्राप्त

Hollywood Khabar December 29,2020 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनवरी २३-२४, २०२१ मा हुने बिशेष अन्तराष्ट्रिय महाधिवेशनका लागि सूचनाहरुको एकत्रित गर्दै छुट्टै पेज बनाएको छ।

पेजमा गत ओक्टुवर २०१९ को अन्तराष्ट्रिय महाधिवेशनमा भाग लिएका सबै प्रतिनिधिहरुको नाम समेत उल्लेख छ। यसबाहेक जारि गरिएका सूचना र थप जानकारी समेत संग्रहित गरिएका छन्।

गत महाधिवेशनका प्रतिनिधिहरुको नाम हेर्नको लागि यो लिंक क्लिक गर्नुहोस: https://new.nrna.org/event/special-agm-nrna-2020/.

संघले प्रतिनिधिहरुलाई पुन फर्म भरेर अध्यावधिक गर्ने गरेको आब्हान अनुसार डिसेम्बर ३०, २०२० सम्म ३१ देशबाट ५०४ जना अर्थात करिव २०% को नाम प्राप्त भएको छ।  अझै पनि जनवरी १, २०२१ सम्म सम्पूर्ण प्रतिनिधिहरुले आफ्नो फर्म भर्नको लागि संघले अनुरोध गरेको छ।

थप जानकारीको लागि:

  • प्रतिनिधि फर्म भर्नको लागे यो लिंक क्लिक गर्नुहोस https://forms.gle/uS29Cf2N77sfPREY6
  • २०१९ का ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिएका प्रतिनिधिहरुको नामावाली सचिवालयबाट प्राप्त गर्न सकिने छ । यसको लागि support@nrna.org मा इमेल पठाइ अनुरोध गर्न सक्नु हुनेछ ।
  • महाधिवेशनमा प्रस्तुत हुने दस्तावेज सार्वजनिक गरिएको छ । यी दस्तावेजको लिङ्क पञ्जीकृत सदस्यहरुसँग पुराउनु हुन समेत पुन अनुरोध गर्दछु, https://bit.ly/2WJGGek
  • महाधिवेशन सम्बन्धी थप जानाकारी दिनु परेका ड्रपईन सेसनमा भाग लिनु होला। दुईबाट ड्रपईन सेसन सम्पन्न भइसकेका छन।तेश्रो सेसन डिसेम्बर २७, ३ बजे बिहान, नेपाल समय (युरोप र अमेरिकामा डिसेम्बर २६) मा आयोजना हुदैछ।
  • जुम लिङ्क यस प्रकार छ । https://us02web.zoom.us/j/88425274312, Meeting ID: 884 2527 4312 Passcode: 2020

कृष्ण के सी

मिडिया एण्ड पब्लिकेशन कमिटी

गैरआवासीय नेपाली संघ

डिसेम्बर ३०, २०२०