NRNA NCC France LOGO

NRNA: एनसीसी फ्रान्सले लाप्राक बस्ती निर्माणलाइ १२ हजार युरो पठायो

Hollywood Khabar February 24,2019 Comments

कृष्ण के सी/अमेरिका

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) फ्रान्सले गोरखाको लाप्राक बस्ती निर्माण सम्पन्न गर्न १२ हजार युरो आर्थिक सहयोग पठाएको छ।

एनआरएनए एनसीसी फ्रान्सका पवक्ता प्रकाश सापकोटाद्धारा जारी गरिएको बिज्ञप्तिमा संघको निर्णयबाट १२ हजार युरो पठाएको कुरा उल्लेख गरिएको छ।

संघको एनसीसी फ्रान्सले सो रकम लाप्राकमा बन्दै गरेको भूकम्पी पिडित बस्ति निर्माण र स्थानान्तरण कार्यका लागि पठाएको कुरा जनाएको छ। सो रकम बिगत २०१५ देखि हाल सम्म जम्मा भएको रकम मध्येबाट पठाइएको हो।

गैरआवासीय नेपाली संघले आफ्ना सबै एनसीसीहरुलाई लाप्राक प्रोजेक्टको लागि प्लेज गरेको रकम र सो मा थप भएको रकम समेत यथा सिघ्र पठाउन सर्कुलर जारी गरेको थियो। एनआरएनए एनसीसी फ्रान्सले पनि सोहि सर्कुलर अनुरुप नै रकम पठाएको जनाएको छ।
यसका साथै एनआरएनए एनसीसीले चाडैंनै लाप्राक बस्ती निर्माण कार्य सम्पन्न भइ भूकम्प पिडितहरुलाई हस्तान्तरण हुने विश्वासका लिएको छ। यसका साथै सो रकम जम्मा गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गरेको छ।