-गैरआवासीय नेपाली संघको सदस्यता, महाधिवेशन प्रतिनिधि र प्रतिवेदन मतदान:बिस्तृतमा

गैरआवासीय नेपाली संघको सदस्यता, महाधिवेशन प्रतिनिधि र प्रतिवेदन मतदान:बिस्तृतमा

Hollywood Khabar August 28,2020 Comments

कृष्ण के सी/अमेरिका/८/२८/२०२०

सर्वप्रथम त यो लेखन गैरआवासीय नेपाली संघको लागि म आफूले तयार पारेको निजि सोच, विचार, अध्ययन र दिमाग देखि आएका कुराहरुको सानो ड्राफ्ट दस्ताबेज हो। यसमा थुप्रै जिम्मेवार व्यक्ति र संघका नजिक रहेका व्यक्तिहरुसँगको बिमर्श पछि तयार पारिएको हो। यो बिचार संघको निर्णयको पाटो होइन, मेरो निजी बिचार हो। यसलाई कतै मिसाएर प्रयोग गर्ने काम नहोस। तर कति प्रयोग हन्छ भने रेफरेन्स दिन नछुटाइयोस। चोरेर अफो क्रेडिट खाने काम नगरियोस, जुन कुरा संघका उच्च तहदेखि स्थानीय तह सम्म हुने गरेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए), यस अन्तर्गतका राष्ट्रिय समन्वय परिषद (एनसीसी) का सदस्यता र महाधिवेशन प्रतिनिधिबारे केहि बिमर्श गरेको छु। हुन त यस बिषयमा संघका अध्यक्ष कुमार पन्त, महासचिव डा हेम राज शर्मा, गौरी जोशी, कोषाध्यक्ष महेश श्रेष्ठसंग पनि बिमर्श गरेको नै हो।

एनआरएनएको सदस्यता निशुल्क गर्ने १० कारण र निर्वाचन संबन्धि नयाँ नीतिबारे संघका अध्यक्ष कुमार पन्तसंगको कुराकानीका आधारमा तयार पारिएको लेख यस पहिला नै सार्वजनिक गरिएको छ। त्यसका लागि तलको लिंक क्लिक गर्नुहोस।

https://www.hollywoodkhabar.com/freemembership-kumarpant-15aug20

त्यसैगरी संघका महासचिव डा हेम राज शर्मासँग महाधिवेशन प्रतिनिधि छनोटबारे केहि नीतिगत कुरा भएको थियो। सो कुराका आधारमा पोष्ट गरिएको बिचार हेर्न तलको लिंक क्लिक गर्नुहोस।

https://www.hollywoodkhabar.com/nrna-deligets-newpolicty2020

त्यसपछि एनआरएनए आइसीसीको ७४ औं बैठकले सदस्यता, प्रतिनिधि छनोट र अनलाइन भोटिङ्बारे सैद्दान्तिक सहमतिको निर्णय गर्दै त्यसलाई प्रतिवेदन बनाउन एउटा कार्यदल बनाएको छ। त्यसबारे जानकारी लिनको लागि तलको लिंक क्लिक गर्नुहोस:

https://www.hollywoodkhabar.com/nrnaicc-74thmeeting-fremembership

उपरोक्त बिषयहरु आगामी साधारण सभाले पास गरेमा परिवर्तन हुने हुन्। तर पनि यो समय नै बिषय उठान छलफलका लागि सहि समय हो। हरेकले आफ्नो बिचार र मन्थन गर्नु आवश्यक्त छ। अनि मैले पनि त्यसैगरी यहाँ केहि प्रस्तुत गरेको हुँ।

यसका लागि धेरै कुराहरुको अध्ययन, अनुभव, छलफल र बिसयमा चिन्तन गरेको हुनुपर्छ। यति मात्र होइन संघको नेतृत्व देखि नीति सम्म हेरेको, बिधान, नियमावली र निर्देशिका समेत पढेको हुनुपर्छ। ति सबैको आधारमा म आफूले गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधि चयनबारे तयार पारेको प्रस्ताव यहाँ प्रस्तुत गरेको छु।

संभवत यस बिषयमा संघको कार्यदलले बनाउने प्रतिवेदनलाइ समेत सहयोग पुग्ला भन्ने मेरो विश्वास छ। हुन त यहाँ प्रस्तुत गरेका बुँदाहरु छलफलका दायरा भन्दा बाहिर हुन सक्ला जस्तो मलाइ लाग्दैन। तर पनि प्रस्तुत गर्नु र निर्णय हुनु फरक अवस्था हुन्। मेरो बिचार संघको लागि काम लागेछन भने आफूलाई भाग्यमानि संझनेछु।

महाधिवेशन प्रतिनिधि को र कसरी चयन गर्ने भन्ने प्रश्नको जवाफमा:

१. संघको अन्तराष्ट्रिय परिषदका पदाधिकारी, परिषद सदस्य, मानार्थ परिषद सदस्य, पूर्व अध्यक्षहरु, वर्तमान कार्यकालका प्याट्रनहरु, अन्तराष्ट्रिय परिषदका सम्पूर्ण कार्यदलका संयोजक र सह-संयोजक सबै प्रतिनिधि हुने। तर उनीहरु सबैले आफ्नो देशको राष्ट्रिय समन्वय परिषदको लागि पंजीकृत सदस्यता नवीकरण गरेको हुनुपर्ने।

२. राष्ट्रिय समन्वय परिषदबाट अन्तराष्ट्रिय समन्वय परिषद सदस्य जसलाई आइसीसी सदस्य भन्दा सजिलो बुझिने गरिएको छ, नव निर्वाचित भएर आएका परिषद सदस्यहरु सबै प्रतिनिधि हुने। यसरी निर्वाचित भएका व्यक्तिहरुको लिष्ट एनसीसीको निर्वाचनको नतिजा सार्जजनिक भएको ५ दिन भित्र एनसीसीहरुले संबन्धित क्षेत्रका क्षेत्रीय संयोजक मार्फत सचिवालयमा पठाई सक्नु पर्ने।

३. संघको अन्तराष्ट्रिय परिषदका पूर्व पदाधिकारी, प्याट्रनहरु, परिषद सदस्य, मानार्थ परिषद सदस्यहरुको लागि सदस्यता नविकरण भएको अवस्थामा एउटा फर्म भरेर अध्यावधिक गरेर प्रतिनिधि चयन गरिने।

४. सम्पूर्ण राष्ट्रिय समन्वय परिषद (एनसीसी) का नव निर्वाचित कार्यसमितिका सबै प्रतिनिधि हुने। निवर्तमान र पूर्व कार्यसमितिका सबै तर स्थापनाको समयको तदर्थ समिति बाहेक प्रतिनिधि हुने। तर सबै पदाधिकारीहरुले एनसीसीको पंजीकृत सदस्यता नवीकरण गरेको हुनुपर्छ। तदर्थ समितिलाई कार्यसमिति मानिदैन। तर उनीहरु पर्यबेक्षकको रुपमा भने सहभागी हुन पाउनेछन। यो कुरा नयाँ या सबै तदर्थ समितिको हकमा लागु हुने।

५. विश्व भरिका एनसीसीहरुका पंजीकृत सदस्यहरुबाट जम्मा सदस्य संख्याको रेशियो चालु बिधान र नियमावलीको ब्यबस्थाका आधारमा चयन गरिने। त्यसका लागि आइसीसी र एनसीसीका कार्यदल, उनीहरु सदस्य बनेको मिति, समय र नियमित नवीकरण गरेको सिनियर-जुनियरका आधारमा प्राथमिकता पाउने। बिचमा सदस्यता नवीकरण नगरेको भए पुरा समयमा ज्ञापको समय घटाइने। यदि एनसीसीहरुमा आजीवन सदस्यको ब्यबस्था छ भने उनीहरुले पहिलो प्राथमिकता पाउने। तर यस्ता प्रतिनिधि हुनको लागि कम्तिमा पनि एक कार्यकाल पहिला सदस्य बनेको हुनुपर्छ। जस्तो कि २०२१ को लागि प्रतिनिधि हुन २०१९ या त्यस पहिला देखि पंजीकृत सदस्य भएको हुनुपर्छ। त्यसैगरी संघले एनसीसीको लागि बनाएको आर्थिक, प्रशासनिक ब्यबस्था, निर्देशिका, नियमावलीहरु, One NCC One Charity, निर्वाचनको बाध्यात्मक ब्यबस्था जस्ता सबै मापदण्ड पुरा गरेको हुनुपर्ने छ। अन्यथा एनसीसीहरुले महाधिवेशनमा प्रतिनिधि पठाउन पाउने छैनन्।

६. महाधिवेशनको प्रचार-प्रसार समेतलाइ सहयोग पुर्याउनको लागि हरेक क्षेत्रबाट मिडिया एण्ड पब्लिकेशन कमिटिमा रहेका एक-एक क्षेत्रका क्षेत्रीय संयोजकहरु प्रवक्ताले स्वीकृति दिएर प्रतिनिधि चयन गर्न सक्नेछन। तर उनीहरु संबन्धित देशको पंजीकृत सदस्य नबिकरण गरेको हुनुपर्छ, नयाँ बनेका सदस्यले पाउने छैनन। उनीहरुले कम्तिमा पनि आफ्नो कार्यकालमा आफ्नो क्षेत्रका सबै एनसीसी र क्षेत्रका गतिबिधिहरुको सूचना संप्रेषण गरेको हुनुपर्छ। यस्ता सूचनाहरु पुरा कार्यकालमा २० भन्दा धेरै पटक गरेको हुनुपर्छ। अन्यथा प्रवक्ताले प्रतिनिधि चयनको लागि स्वीकृति दिने छैनन्। उनीहरुले महाधिवेशन भरि प्रचार प्रसार, प्रकाशन र संचारको लागि काम गर्ने छन्। उनीहरु कुनै पदको उम्मेदवार भएमा या आफू उम्मेद्वार भएको प्रचार गरेको समय देखि जिम्मेवारीबाट मुक्त हुनेछन र प्रतिनिधि हुन पाउने छैनन्। यस्ता प्रतिनिधिका लागि कुनै रिप्लेसमेन्ट हुने छैन।

७. संघका महाधिवेशनका लागि चयन भएका सबै प्रतिनिधिहरु अर्को सालको लागि हुने साधारण सभा, बिधान सभा, बिशेष साधारण सभा या बिशेष महाधिवेशनको लागि पनि प्रतिनिधि हुनेछन। प्रतिनिधिहरु सो कार्यकाल (२ वर्ष) का लागि भ्यालिड हुनेछन।

८. सम्पूर्ण प्रतिनिधिहरुका लागि निश्चित दर्ता शुल्क हुनेछ। दर्ता स्मार्ट एनआरएन सिष्टमबाट गरिनेछ।

९. प्रतिनिधिहरुको प्रवेस कार्ड/आइडी संघको कार्यालयबाट महाधिवेशनको ७ दिन पहिला देखि लिन सकिने छ।

१०. महाधिवेशन प्रतिनिधिको अन्तिम टुंगो महाधिवेशनको पहिलो दिनको गणनाले ३ हप्ता पहिला अर्थात २१ बिजनेश डे (शनिबार, आइतबार र ब्यांक होलिडे बाहेक) पहिला नै हुनु पर्नेछ। अन्यथा प्रतिनिधि हुन पाउने छैनन्।

११. महाधिवेशनमा एनसीसीका नवनिर्वाचित पधाधिकारीहरु नयाँ बनेका सदस्यहरु भएमा उनीहरु प्रतिनिधि हुन पाउने छैनन्। तर पर्यवेक्षकको रुपमा मात्र पतिनिधि हुन पाउने छन। उनीहरुलाई महाधिवेशनमा मताधिकार र नीतिगत फोरमहरुमा मत दिने अधिकारी हुनेछैन।

१२. उपरान्त देखि महाधिवेशनमा पेश गरिने बिधान संसोधनको मस्यौदा, दस्तावेज र प्रतिवेदनहरु एक हप्ता पहिला नै स्मार्ट एनआरएनएको सिष्टममा लग इन गरेर प्रतिनिधिहरुले हेर्न पाउने छन। तर प्रतिनिधिले आफ्नो पास/आइडी लिएको हुनुपर्छ। सो समयमा दिइने अटो जेनेरेटेड सिष्टम कोडका आधारमा यसलाई कन्ट्रोल गरिने छ।

१३. प्रतिनिधिहरुले प्रतिवेदनमा आफ्नो राय दिने, कमेन्ट गर्ने स्थान प्रदान गरिनेछ। ति सबै कमेण्ट्र सुझावहरुलाइ अन्तिम रुपमा महाधिवेशनको २ दिन पहिला पुन:अपलोड गरेको हुनुपर्ने छ। त्यसलाई महाधिसेशनको एक दिन पहिला सोहि सिष्टममा गएर प्रतिनिधिहरुले मत दिएर र असहमत भएर पास या फेल गर्न मिल्ने छ।

१४.प्रतिवेदनहरु पास या फेल भएको नतिजा डिजिटल मत संख्या सहित महाधिवेशनको आधिकारिक फोरममा प्रस्तुत गरी अनुमोदन गरिनेछ। फेल भएका प्रतिवेदन र प्रस्ताव पुन: प्रस्ताव गर्न चाहेमा उपस्थित संख्याको महुमतले पास गरेको हुनुपर्छ। तर कुनै पनि प्रस्ताव या प्रतिवेदन एक हप्ता पहिला स्मार्ट एनआरएनएबाट आएका छैनन् भने त्यसमाथि छलफल हुने छैन।

१५. क्षेत्रीय बैठक, साधारण सभा, बिशेष साधारण सभाबाट प्रस्तावित नीति तथा कार्यक्रम र प्रतिवेदन पनि सोहि प्रक्रियाबाट आउने छन्।