-एनआरएनए महासचिव डा शर्मा विभेदकारी, भाइगिरी बढ्यो, अधिकार माथि प्रतिबन्ध

एनआरएनए महासचिव डा शर्मा विभेदकारी, भाइगिरी बढ्यो, अधिकार माथि प्रतिबन्ध

Hollywood Khabar February 14,2021 Comments

कृष्ण के सी, अमेरिका, फेब्रवरी १४, २०२१

गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्माले संघलाइ निजी कम्पनि जसरी चलाउने, महासचिवका भाइलाई जे ले लेख्न पनि छुट दिने तर अरुले आम गैरआवासीय नेपालीका अधिकारका कुरा लेख्दा नाका बन्द गर्ने गरिएको छ। यति मात्र होइन यी सबै कुरामा संघका अध्यक्ष कुमार पन्त पनि बेखबर रहने गरिएको छ।

संघको कुनै पनि राष्ट्रिय समन्वय परिषदलाइ मान्यता दिने, नदिने या खारेज गर्ने जस्ता निर्णय गर्ने बिधि अर्कै छ। त्यसको निर्णय पहिला अन्तराष्ट्रिय कार्यकारी सचिवालयमा हुन्छ, त्यसपछि पदाधिकारी र अन्तमा अन्तराष्ट्रिय परिषदमा निर्णय भएपछि मात्र अन्तिम निर्णय मानिन्छ।

तर यस्ता गंभिर विषलाई पनि संघका महासचिव डा हेम राज शर्माका भाइले जे पायो त्यहि लेख्ने अनि त्यसलाई महासचिव डा शर्माले बचाउ गर्ने गरिएको छ। गत डिसेम्बर २४, २०२० मा शर्माका सहोदर भाइले आफ्नो एक अनलाइनमा “सुनील शाहको नेतृत्वमा रहेको एनआरएनए अमेरिका खारेज हुने” टाइटलमा लेखे। त्यसलाई उनका सहोदर दाइ महासचिवले बचाउ गर्नु गर्नुभयो। युरोपका एनसीसी र अन्य बिषयलाइ लिएर यस्ता थुप्रै कुरा लेख्ने महासचिवका भाइलाई जोगाउने र अरुलाई प्रतिबन्ध लगाउने यो गैरआवासीय नेपाली संघ अहिले महासचिव डा शर्माको निजि कम्पनि जस्तै भएको छ। अनि संघका पदाधिकारी र परिषद सदस्यहरु बिचरा र बबुरा भएका छन्।

तर यो लेख्दै गर्ने व्यक्तिलाइ गत जनवरी २३-२४, २०२१ मा भएको संघको बिशेष महाशिवेशनमा प्रतिनिधिहरुलाई प्रवेश निषेध गरिएको कुरा लेखे बापत संघको सबै संजालबाट ब्लक गराइयो। यहाँ सम्मकी संघको रिपोर्टिङ्ग र संचारमा काम गर्न सबै एक्सेस दिनु भनेर अध्यक्ष कुमार पन्तबाट दिइएको मनोनयन पत्र पनि लंगौटी लगाउने काम महासचिव डा शर्माबाट भयो।

प्रश्न:

  • के यो न्याय हो ?
  • के बिषय उठान गर्न कसैलाई अधिकार छैन ?
  • गैरआवासीय नेपाली संघ महासचिव डा हेम राज शर्माको निजी कम्पनि हो ?
  • यहाँ सम्मकी अन्तराष्ट्रिय कार्यकारी सचिवालयको बैठक जस्तो गंभिर ठाउँमा अन्जान एक महिला जो संघको कार्यालय कर्मचारी होइनन, अन्य कुनै जिम्मेवारीमा पनि छैनन्, उनी गैरआवासीय नेपाली पनि होइनन भने उनलाई बोलाएर निर्णयमा सहभागी गराउन महासचिवलाइ छुट हुन्छ ?
  • तर हामीलाई आफ्नो अधिकारका कुरा उठाउन्ने पनि अधिकार छैन ?
  • महाशिवेशनमा महाशिवेशन प्रतिनिधिले सहभागी हुने, मत दिने अधिकार छैन? उनीहरुलाई रोक्ने अधिकार महासचिव डा शर्मालाइ कसले दियो ?
  • उसो भए यो संघ कसको लागि हो ?
  • संघका पदिय रुपमा जिम्मेवार सबैले यसको जवाफ दिउन

कृष्णार्पण !

यस बिषयसँग संबन्धित लेख:

एनआरएनएका निरिह १३८ जना परिषद सदस्यलाइ महाधिवेशनबारे एक दर्जन प्रश्न

https://hollywoodkhabar.com/nran-138cmember-dozenq

एनआरएनए महाधिवेशनमा प्रतिनिधिलाइ उपस्थित हुन नदिने सड्यन्त्र महासचिव डा शर्माको

https://hollywoodkhabar.com/nrna-siga21-gensharma

एनआरएनए बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध गर्नेलाइ कारबाही हुनुपर्छ, महाधिवेशन भनेको के हो ?

https://hollywoodkhabar.com/nran-siga-2021jan

एनआरएनएको महाधिवेशनमा २ प्रतिवेदन पास, बिधान संसोधन अक्टुवरमा मात्र

https://hollywoodkhabar.com/nrna-siga2021-nobylaws

एनआरएनए महाधिवेशन: ३.०८% सहभागी, ९२% Nay, ८% Yea, अनि सर्वसम्मत ?

https://hollywoodkhabar.com/nrana-siga2021-ny92