Hollywoodkhabar advertisement

एनआरएनए एनसीसी इकोटोरियलको निर्वाचन सम्पन्न, अध्यक्षमा बिष्णु सेढाई

-एनआरएनए एनसीसी इकोटोरियलको निर्वाचन सम्पन्न, अध्यक्षमा बिष्णु सेढाई

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) इकोटोरियलको निर्वाचन सम्पन्न भएको छ। पश्चिमी अफ्रिका स्थित समुन्द्र छेउमा रहेको सानो मुलुक इकोटोरियल गुयानामा जुलाई २८, २०२०१ मा सम्पन्न तेश्रो बार्षिक साधारण सभाले बिष्णुहरि सेढाईलाई सर्बसम्मतिले अध्यक्ष निर्वाचित गरेको छ।

निर्वाचन संयोजक तथा निवर्तमान अध्यक्ष कृष्णचन्द्र सेढाईका अनुसार निर्बिरोध निर्वाचित कार्यसमितिमा सुमन बिके उपाध्यक्ष, लवकुमार थपलिया महासचिव, प्रतीक थपलिया कोषाध्यक्ष चयन हुनु भएका छन्। त्यसैगरी मानबहादुर कार्की, किशोर साह, कृपा शर्मा र बासुदेब सेढाई कार्यसमिति सदस्यमा निर्बाचित भएका छन।

केन्द्रिय अनुगमनकर्ता रमेश प्रसाद त्रिपाठीका अनुसार उक्त सभामा मालाबो तथा बाटा शहरमा बसोबास गरिरहेका नेपालीहरुले प्रत्यक्ष एबम जुमका माध्यमबाट सहभागिता जनाएका थिए।

सभामा बार्षिक कार्य प्रगती विवरण र आर्थिक प्ररिबेदनमा समेत छलफल गरि पारित गरिएको थियो। निर्वाचन संयोजक एबम निबर्तमान अध्यक्ष कृष्णचन्द्र सेढाईले नवनिर्बाचित अध्यक्ष लगाएत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण गराई कार्यभार हस्तान्तरण गरेका थिए।

अट्ठाइसहजार बर्गकिलोमिटर क्षेत्रफल र चौध लाख जनसंख्या रहेको इकोटोरियल गुयाना प्रतीब्याक्ती आयको हिसाबले अफ्रिकाकै सम्पन्न देश हो। जसको प्रतिव्यक्ति आय युएसडी २१,४४२ रहेको छ । यस देशले कच्चा तेल, काठ, कफी र कोका निर्यात गर्छ।

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----