-एनअरएनए अमेरिकाज क्षेत्रको बैठकमा संघको बिशेष फोरम: चुनौती र अवसरमा

एनअरएनए अमेरिकाज क्षेत्रको बैठकमा संघको बिशेष फोरम: चुनौती र अवसरमा

Hollywood Khabar September 03,2020 Comments

गैरआवासीय नेपाली संघ (एनअरएनए) अमेरिकाज क्षेत्रको क्षेत्रीय बैठक सेप्टेम्बर ४, ५ र ६, २०२० मा आयोजना गरिएको छ। क्षेत्रीय संयोजक राजन त्रिपाठीको संयोजनमा हुने यो बैठकको होष्ट गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानाडा रहेको छ।

सेप्टेम्बर ४ मा नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीको प्रमुख आतिथियता उद्घाटन सत्र हुनेछ। उद्घाटन सत्रका बिशेष अतिथिहरुमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा अर्जुन कार्की, क्यानाडाका लागि महामाहिम राजदूत भृगु ढुंगाना र नेपाली काँग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री बालकृष्ण खाँण हुनुहुन्छ।

त्यसैगरी गैरआवासीय नेपाली संघका पदाधिकारी, क्षेत्रीय संयोजकहरु, अन्तराष्ट्रिय परिषद र मानार्थ परिषद सदस्यहरु, एनसीसी क्यानडा र अमेरिकाका पदाधिकारी र संघका विभिन्न जिम्मेवार व्यक्तिहरु, अन्य संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने छ।

सेप्टेम्बर ५ मा विभिन्न सेशनहरु र सेप्टेम्बर ६ मा ज्ञान सम्मेलन तथा समापन हुनेछन। सेप्टेम्बर ५, २०२० मा गैरआवासीय नेपालीसंघमा चुनौती र अवसर नामको एक बिशेष फोरमको आयोजना गरिएको छ। सेप्टेम्बर ५, २०२० मा Zoom Hall-1 मा हुने NRNA ICC फोरमको लागि Zoom लिंक h​ttps://bit.ly/3juGnNP र पासवर्ड २०२० रहेको छ। मध्यान्न १२:३० देखि दिउँसोको २:४५ (EST) सम्म हुने कार्यक्रम बिशेष हुने छ। यो फोरमसँग संघको आगामी परिवर्तनका लागि मार्गदर्शन हुने प्रमुख एजेण्डाहरु जोडिएका छन्।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, निवर्तमान अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष जिवा लामीछाने र निवर्तमान उपाध्यक्ष कुल आचार्य प्यानलिष्ट रहनु भएको छ। फोरममा महासचिव डा हेम राज शर्मा, सचिव गौरी जोशी र कोषाध्यक्ष महेश कुमार श्रेष्ठले विभिन्न बिषयहरु प्रस्तुति गर्नुहुनेछ।

यो बिशेष कार्यक्रमलाइ संघको आधिकारी फेसबुक पेज र दुइ दर्जन भन्दा धेरै अन्य मिडियाहरुका साइटहरुबाट समेत प्रत्यक्ष प्रसारण गरिनेछ।

बैठकको बिस्तृत जानकारी यो लिंक क्लिक गर्नुहोस: https://bit.ly/3lJm40N

कृष्ण के सी

मिडिया एण्ड पब्लिकेशन कमिटी

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद

सेप्टेम्बर ३, २०२०