-NRNA President Kumar Pant

एनआरएनए आइसीसीको कार्यकाल आइतबार सकिंदै, ३० नोभेम्वरमा चुनाव गराउन अध्यक्ष पन्तको प्रस्ताव

Hollywood Khabar October 16,2021 Comments

काठमाडौँ, दुइ वर्षे कार्यकाल पुरा गर्न लागेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को बैठकमा आइसीसीको कार्यकाल बढाउने कि नबढाउने भन्ने बारेमा चर्को बहस भएको छ।

अक्टुवर १६, २०२१ शनिबार भर्चुएल माध्यमबाट झन्डै सात घण्टा चलेको बैठकको शुरुमा केन्द्रीय अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालयको पत्र पछि उत्पन्न परिस्थितिलाइ ध्यानमा राखी संघको १० औं महाधिवेशन स्थगित गर्नु परेको बताएका थिए। उनले महाधिवेशन र चुनाव गराउन विधान अनुसार आइसीसीको पदावधि ६ महिना थप गर्न प्रस्ताव गरेका थिए। उनले ३० नोभेम्वर २०२१ भित्रै चुनाव गराउने गरि काम गर्ने पनि जनाएका थिए।

बैठकमा सहभागी एक आइसीसी सदस्यका अनुसार झन्डै ८० प्रतिशत आइसीसी सदस्यहरुले वर्तमान नेतृत्वले समय रहदै संस्था भित्र उत्पन्न समस्याहरु समाधान गर्ने तर्फ कुनै पहल नगरेकाले अधिवेशन तथा चुनाव गराउने जिम्मा संरक्षक परिषद्लाई दिनु पर्ने माग गरेका थिए। उनीहरुले ३० नोभेम्वरमा चुनाव गराउने प्रस्तावप्रति विश्वास गर्न नसकिने जनाउंदै पदावधि बढाउनु पर्ने नै भए एउटा 'रोड म्याप' ल्याउन र डेलिगेट्स सम्बन्धी विवाद तत्काल सुल्झाउन सुझाव दिएका थिए।

ती सदस्यका अनुसार उपाध्यक्ष मन केसीले परराष्ट्र मन्त्रालयले उठाएका विषयहरुलाई सम्बोधन गरेर मात्रै अगाडी बढ्नु पर्ने बताएका थिए। उनले संरक्षकहरुमाथि विश्वास गर्न पनि आग्रह गरेका थिए। पूर्व अध्यक्षहरु माथि विश्वास गर्न सक्दैनौं भने यो संस्था नै चाहिंदैन भन्दै उनले चुनावमा नजाने कार्यसमितिका पदाधिकारीहरु र पूर्व अध्यक्षहरुको टिम बनाएर महाधिवेशन र चुनाव गराउनु पर्ने सुझाव दिएका थिए।

त्यस्तै केन्द्रीय सल्लाहकार तथा २०२१-२३ का लागि अध्यक्षका उम्मेदवार कुल आचार्यले परराष्ट्र मन्त्रालयले संघको विधानमा भएको कुरा मात्रै उल्लेख गरेको र विधान भन्दा बाहिर गएर केहि पनि नलेखेको बताएको एक आइसीसी सदस्यले जानकारी दिए। उनका अनुसार आचार्यले साथीहरु परराष्ट्र मन्त्रालय सम्म जाने स्थिति कसरि बन्यो, त्यसको कारण पत्ता लगाए पछि मात्रै समस्याको समाधान खोज्न सकिने बताएका थिए।आचार्यले एमआइएस प्रणालीको दुरुपयोग गरिएका प्रमाणहरु फेला परेको बताउंदै आफुले राजनीति गरेर अरुलाई राजनीति गरेको दोष नलगाउन चेतावनी पनि दिएको बताइएको छ।

युरोप क्षेत्रीय संयोजक तथा २०२१-२३ का लागि सचिव पदका उम्मेदवार नारायण आचार्यले संस्थालाई अनिर्णयको बन्दी नबनाउन र प्याकेजमा सहमति खोज्नु पर्ने धारणा राखेका बताइएको छ।उनले संस्थामा हैकमवाद जारी रहे संस्था विघटनतिर जाने चेतावनी पनि दिएका थिए।

बैठकको अन्त्यमा अध्यक्ष पन्तले सबै सदस्यहरुलाई आफुमाथि विश्वास गर्न र आइसीसीको पदावधि ६ महिना बढाउन प्रस्ताव राख्ना साथ उक्त प्रस्तावमाथि मतदान वा थप छलफल नै नगराइ जूम मिटिंग बन्द गरिएको थियो। संघको १८ वर्षे इतिहासमा महाधिवेशन पर सारिएको यो पहिलो पटक हो।महाधिवेशन तथा चुनाव नै नगराइ कुमार पन्त नेतृत्वको आइसीसीको कार्यकाल आइतबार राती १२ बजेदेखि सकिंदै छ।

संबन्धित थप चमाचार

https://www.hollywoodkhabar.com/nrna-nccprez-meetingoct24

https://www.hollywoodkhabar.com/nrna-pararashtra-padawadichalera

एनआरएनएको रोकिएको महाधिवेशन, संरक्षक परिषद, एनसीसी अध्यक्ष भेला र विकल्पहरु

एनआरएनएको विवाद समाधान गरी निर्वाचन गराउन संरक्षक परिषद् तयार र सक्षम छ

एनआरएनहरुको महाधिवेशन सर्ने, चुनाव हार्नेको बितण्डा र हण्डीकारको नाङ्गो हर

परराष्ट्रको चिठी:एनआरएनए जापान र जर्मनीमा चुनाव, युके र अमेरिकामा नपर्ने, समाचार विश्लेषण

विधान विपरितका काम तत्काल सच्याउन एनआरएनएलाई परराष्ट्रको निर्देशन, समयमै महाधिवेशन गरौँ

एनआरएनलाइ परराष्ट्रले भन्यो:महाधिवेशनका ६५ प्रतिशत खारेजी, पुरानो चलन अनुसार लिनु

एनआरएनए अध्यक्षका उम्मेदवार आचार्यको ५ लाख पंजीकृत सदस्य सहितको प्रतिबद्धता सार्वजनिक

एनआरएनएमा जे गर्छ अमेरिकाले गर्छ, अमेरिकालाई उपेक्षा होइन अपेक्षा गर्नुपर्छ, आचार्य

एनआरएनएमा संकटकाल, जिम्मेवारीमा संरक्षक परिषद विकल्पमा एनसीसी अध्यक्ष भेला

एनआरएनएमा संरक्षक परिषद सक्रिय भएको अवस्था छ, यो भनेको संकटकाल जस्तै हो

एनआरएनए आचार्य-पौडेल चुनाव प्रचार गर्न ३०१ सदस्य नर्थ-साउथ अमेरिका कमिटी गठन

एनआरएनए अध्यक्षमा आचार्य र महासचिवमा डा पौडेल प्यानलको उम्मेद्वारी घोषणा, नाम सहित

गैरआवासीय नेपाली संघको चुनावमा आचार्य-पौडेल समूहलाई नर्थ अमेरिका क्षेत्रको व्यापक समर्थन

गैरआवासीय नेपाली संघको निर्वाचनमा कुल आचार्यको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा सभा

एनआरएनए उम्मेदवारहरुको आचार्य-पौडेल प्यानलमा पर्न दौड सुरु, नाम सहित

एनआरएनए विवाद परराष्ट्रले नै हेर्ने हो, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार ग-यो

एनआरएनए निर्वाचन अक्टुवर २० मा, भेण्डर फाइनल; प्रेस विज्ञप्ति

एनआरएन विश्वो सम्मेलन तथा १० औँ साधारणसभा अक्टोबर २३-२५ मा हुने

एनआरएनएलाई नेपाल र बाहिर प्रतिष्ठित, मर्यादित, सम्मानित र गौरवशाली बनाउनु पहिलो काम:कुल आचार्य

परराष्ट्रले एनआरएनएलाई सोध्यो, विद्यार्थीलाई पंजीकृत सदस्य बनाएर भोट हाल्न किन दिएको?

गैरआवासीय नेपाली संघमा राजनीति गर्नुहुन्न भन्नेहरुले नै राजनीतिक हस्तक्षेप निम्त्याए

गैरआवासीय नेपाली संघलाई मर्यादित बनाउन खबरदारी गर्नुपर्छ:कुल आचार्य

एनआरएनएका सबै तहका महाधिवेशनका बाँकी गतिबिधि रोक्न पराराष्ट्र मन्त्रालयको निर्देशन

खुलेर आचार्य टिमलाइ सपोर्ट नगर्नेहरु प्यानलमा नपर्ने, टिमको लिष्ट सहित

एनआरएनए, ५ लाख सदस्य, १०० एनसीसी पुर्याउने आचार्यको घोषणा, नागरिकताको कार्यान्वयन सर्वोच्च

गैरआवासीय नेपाली संघ अध्यक्षका प्रत्यासी कुल आचार्यलाइ डेढ दर्जन प्रश्न गर्दा

गैरआवासीय नेपाली संघको १० औं अन्तराष्ट्रिय महाधिवेशनमा चुनावी टक्कर