-गैरआवासीय नेपाली संघकि महिला संयोजक लिम्बु सचिव (महिला तर्फ) की उम्मेदवार

गैरआवासीय नेपाली संघकि महिला संयोजक लिम्बु सचिव (महिला तर्फ) की उम्मेदवार

Hollywood Khabar September 23,2021 Comments

कृष्ण के सी, अमेरिका, सेप्टेम्बर २४, २०२१

गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान अन्तराष्ट्रिय महिला संयोजक भोमादेवी लिम्बु २०२१-२०२३ कार्यकालको लागि अन्तराष्ट्रिय सचिव (महिला तर्फ) पदका लागि उम्मेद्वार हुने भएकी छन्।

नेपालको ताप्लेजुङ्ग जिल्लामा जन्मिएकी भोमा लिम्बु झापा जिल्लाकी पनि वासिन्दा हुन्। पद्मकन्या क्याम्पसबाट ग्राजुएट भएकी उन्नाले अष्ट्रेलिया पुगेर भने नर्सिङ्गमा ब्याचलर र मास्टर सम्मको अध्ययन गरिन। पेशाले रजिष्टर्ड नर्स रहेकी उनको योगदान नेपाल र अष्ट्रेलिया दुवैतिर उत्तिकै चर्चामा रहेको छ। क्लिनिकल नर्सिङ्गमा मास्टर गरेकी लिम्बु अहिले पनि सोहि पेशामा काम गर्दै रहकी छन्। १९९६ मा अष्ट्रेलिया पुगेकी लिम्बु अहिले भने गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदको महिला संयोजक छिन।

  • उनि २००५ मा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अष्ट्रेलियाको सदस्य भएर अहिले आजीवन सदस्य रहेकी छिन।
  • २००७-२००९ सम्म एनआरएनए एनसीसी अष्ट्रेलियामा निर्वाचित सचिव
  • २००९-२०११ सम्म एनआरएनए एनसीसी अष्ट्रेलिया निर्वाचित उपाध्यक्ष
  • २००११-२०१३ सम्म एनआरएनए आइसीसी सदस्यमा निर्वाचित
  • २०१३-२०१५ ओसनिया क्षेत्रको निर्वाचित क्षेत्रीय उपसंयोजक-डिआर्सी
  • २०१५-२०१७ एनआरएनए आइसीसी सदस्यमा मनोनित
  • २०१९ मा एनआरएनए आइसीसीको महिला संयोजकमा निर्वाचित

उसो त एनआरएन बाहेको उनले २०१० मा युनाइटेड नेपलिज कम्यूनिटीको अध्यक्ष भएर पनि काम गरेको बताउँछिन। अष्ट्रेलियामा हुने अधिकाँस नेपालीहरुको कायर्क्रम, सामाजिक सेवा र गतिबिधिमा आफू सक्रिय रहेको पनि बताइन।

गैरआवासीय नेपाली संघले नेपालमा गएको महाभूकम्पको बेला गरेको सहयोग होस् या अन्य समयमा आफूले मेडिकल टिमको संयोजन गर्दै ग्राउण्ड जिरोमा सेवा दिन पुगेको इतिहास उनीसंग छ। यस बाहेको नियमित रुपमा हुने संघका गतिबिधिमा आफू सधैं सक्रिया रहेको पनि उनको दावी छ।

उनले यो पटक महिला संयोजक भएर महिला सशक्त्तिकरण, महिलाहरुको लागि डोमेष्टिक भायोलेशन हटलाइन सेवा, कोरोनाको महामारीमा मध्येपूर्वमा रहेका थुप्रै महिलाहरुको लागि पर्श्नल हाइजिनको सामाज सप्लाई सर्टेज हुँदा पठाएको कुरा, हरेक क्षेत्रमा महिला गतिबिधिको नियमति बैठक र छलफल गरको छ। भनेको जस्तो नभएपनि वर्तमान बिधानमा महिला सचिव, महिला सहकोषाध्यक्ष, ६ वटा नै क्षेत्रमा क्षेत्रीय स्तरमा महिला उपसंयोजक जस्ता पोजिशन थप्न सफल भएको उनले बताइन।

यति मात्र होइन, एनअरएनहरुका सबैजसो कार्यक्रममा महिलाहरुको लागि समय नै नदिने, दिए पनि छोटो समयको लागि दिने, स्वागत मन्तब्यको लागि दिने, कि त भने स्टेजमा पाहुनाहरुको स्वागत गर्न माला लगाउनको लागि छुट्याइने गरिएको थियो र छ पनि। आफू महिला संयोजक भएर त्यसमा धेरै बदलाव ल्याएको। अब सबै ६ वटा नै क्षेत्रमा क्षेत्रीय कार्यक्रममा मात्र होइन धेरै एनसीसीहरुको कार्यक्रममा पनि महिलाहरुको लागि छुट्टै समय अनिवार्य छुट्याउने ब्यबस्था र चलन बसाएको छ। यसको लागि कतिपय ठाउँमा त झगडा नै पर्यो। यो नै यो मेरो कार्यकालको महिलाहरुको लागि गरिएको ठुलो उपलब्धि हो। यस्तो कुरा हेर्दा र सुन्दा सामान्य लाग्ने तर एकदम विभेदको कुरा घटाउन सफल भएको कुरा उनले बताइन।

अर्को पक्ष भनेको अझै पनि हाम्रो संघमा महिला उपाध्यक्ष, महिला सचिव, महिला सहकोषाध्यक्ष भनेर संबोधन नै गर्ने गरिन्छ। त्यो भनेको गलत बुझाइ हो। संघमा नेतृत्वमा पुग्नको लागि बिधानमा फरक ढोका दिएको मात्र हो। हलभित्र पुगेपछि पदिय जिम्मेवारी उत्तिकै हो। केवल महिला संयोजक र युवा संयोजक मात्र सो बिभागका प्रमुख हुन् अरु सबै सोहि पदका लागि हुन्। निर्वाचन पछि महिला उपाध्यक्ष, महिला सचिव, महिला सहकोषाध्यक्ष भन्ने कुरा बिर्सनुपर्छ।

अब यो पटक भने आफू सचिव महिला तर्फको लागि छुट्याइएको मा उम्मेदवार भएको हो तर यो महिला सचिव भने होइन। मैले सचिव भएर सचिवकै काम गर्ने हो, नेतृत्वमा पुग्नको लागि महिलाको लागि सहज बनाइदिएको मात्र हो। यसलाई महिलाको काम गर्नको लागि होइन नियमित काम गर्न हो। महिलाको काम गर्न महिला संयोजकको जिम्मेवारी लिएकाले हो जुन कुरा अहिले आफूले गर्दैगरेको छु।

गैरआवासीय नेपाली संघमा मिले सम्म, जाने सम्म, जिम्मेवारी दिएको हद सम्म उल्लेख्य काम गरियो। ती सबैको लामो किताब नै हुने अवस्था छ। तर पनि आजलाई भने आफ्नो नियमित रुपमा गरेको कामलाइ अर्को एक तह सम्म पुरा गर्नको लागि यो पटक सचिव (महिला तर्फ) को उमेद्वार भएको कुरा उनले बताइन। त्यसैले आफूलाई सबैले सहयोग गर्न र मत दिन, दिएर सपोर्ट गर्न लिम्बुले अनुरोध गरिन।