-ग्लोबल एनआरएन सिंगिङ आइडलको राउण्ड–२ शुरु

ग्लोबल एनआरएन सिंगिङ आइडलको राउण्ड–२ शुरु

Hollywood Khabar July 01,2021 Comments

ग्लोबल एनआरएन सिंगिङ आइडलको राउण्ड–२ शुरु भएको छ। कोरोना महामारीका कारण यो प्रतियोगिता पनि भर्चुअलरुपमा आयोजना गरिएको छ ।

नेपाली कला, संस्कृतिको संरक्षण एवं प्रवासमा रहेका नेपाली सांगितिक प्रतिभाहरुको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना भै रहेको छ।

डिजिटल अडिसनमा ६० जनाले सहभागिता जनाएका थिए। एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार अप्रिल ३० तारिखसम्म प्रतिष्पर्धामा भाग लिनका लागि भिडियो पठाएका २ सय ५० भन्दा बढी प्रतिस्पर्धा गायक–गायिकाबाट उत्कृष्ट ६० जनालाई छनौट गरिएको हो।

गत साता डिजिटल अडिसनबाट छानिएकाबीचमा अन्तरा राउण्डमा प्रतिस्पर्धा गराईको थियो।अन्तरा राउण्डमा ३७ जनाले प्रतिस्पर्धा गरेकोमा १२ जना बाहिरिएका थिए। त्यस पछि २५ जना ओपनिङ राउण्डकै सारेगम राउन्डमा प्रवेश गरेका हुन्। यो राउण्डबाट १३ जनाले मात्रै पियानो राउण्डमा स्थान सुरक्षित गर्ने र ती प्रतियोगिहरुले फाइनल राउण्डमा पनि प्रवेश पाउने छन् । फाइनल राउण्डलाई पनि तीन चरणमा विभाजन गरिएको छ।

फाइनल राउण्डका पहिलो चरणबाट चार जना र अर्को चरणबाट थप चार जना बाहिरिए पछि ग्राण्ड फिनालेमा पाँच जनाबीच प्रतिस्पर्धा हुने छ ।

गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्त, प्रमुख सल्लाहकार एवं आयोजक क्षेत्रका क्षेत्रीय संयोजक प्रविण गुरुङको मुख्य सहकार्यमा आयोजनामा भै रहेको यो कार्यक्रममा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायक विजय लामा र गायिका प्राश्ना शाक्य निर्णायकको भूमिकामा रहेका छन् भने विवेक खतिवडाले उद्घोषण गरेका छन्।

ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ।