गैरआवासीय नेपाली संघलाइ ILO बाट कोभिड १९ सपोर्टको लागि ५ करोड सहयोग

0
shares

by Krishna KC | Updated: 04 Jul 2020

262 views
-गैरआवासीय नेपाली संघलाइ ILO बाट कोभिड १९ सपोर्टको लागि ५ करोड सहयोग

कृष्ण के सी/अमेरिका/७/४/२०

संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) ले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाइ कोभिड-१९ सहयोगको लागि ५ करोडको सहयोग प्रदान गरेको छ।

एनआरएनए र ILO जुन २९, २०२० मा ४,२४,३१० अमेरिकी डलर जसको नेपाली जुलाई ४, २०२० को नेपाल राष्ट्र बैंकको दर अनुसार ५,०१,४९, १९८ रहयोग रकमको संझौता भएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनले बैदेशिक रोजगारीमा गएर समस्यामा परेका श्रमिकहरुको सहयोगको लागि एनआरएनएले गरेको सहयोग प्रस्तावको लागि सो रकम प्रदान गरेको हो।

परियोजना जुलाई १, २०२० देखि फेब्रवरी २८, २०२१ सम्म ८ महिनामा सम्पन्न हुनेछ। यो परियोजना नेपाली श्रमिकहरुको मानबीय अधिकार र सहयोगको लागि कोभिड-१९ बाट प्रभावित मलेसिया, युएई, कतार र साउदी अरब गरी चार देशका नेपाली श्रमिकहरुको सहयोगार्थ हो। परियोजनाको रकम कोभिड-१९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमा सो रकम खर्चिइने कुरा संझौतामा उल्लेख छ।

गैरआवासीय नेपाली संघले ती मुलुकहरुमा रहेका नेपाली श्रमिकहरुको सहयोगका लागि नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारी गरेको कुरा संघका अध्यक्ष कुमार पन्तले जानकारी दिनुभएको छ। ती कार्यालयहरुबाट विदेशमा कोरोनाकै कारण कानुनी अड्चनमा परेकाहरुलाई परार्मश दिने तयारी छ, अध्यक्ष कुमार पन्तले भन्नुभएको छ। यसका साथै सो रकम नेपाल फर्किने श्रमिकहरुका लागि समेत खर्च गरिनेछ।