Hollywoodkhabar advertisement

एनआरएनए एनसीसी आयरल्याण्डको नेतृत्व निर्बिरोध, अध्यक्षमा बिनोद कार्की

-एनआरएनए एनसीसी आयरल्याण्डको नेतृत्व निर्बिरोध, अध्यक्षमा बिनोद कार्की

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) आयरल्याण्डमा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ। संघको आगामी कार्यकालको बिनोद कार्कीको नेतृत्वमा कार्यसमिति नै निर्विरोध चयन भएको हो।

कार्यसमितिको उपाध्यक्षमा ओम अधिकारी, सुमन गुरुङ, महिला उपाध्यक्षमा सिर्जना गोले तामाङ, महासचिवमा रवी बोगटी, सचिवमा प्रकाश लामा, कोषाध्यक्षमा पुस्कर बोमञ्जन र सहकोषाध्यक्षमा निशान्त शर्मा चयन भएका छन्। यस्तै महिला संयोजकमा करुणा थापा र युवा संयोजकमा विजय कुमार बुढाथोकी निर्वाचित भएका छन्।

यसैगरी निर्वाचित कार्यसमिति सदस्यहरुमा सन्तोष शर्मा, दलाराम तामाङ, यमबहादुर उप्रेती, सुनीता बलामी, चिन्तामणी सापकोटा र कृष्ण जिसी रहेका छन्। यस्तै आइसीसी सदस्यको जिम्मेवारी जंग बहादुर अधिकारीले पाएका छन्।

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----