-NRNA:एनआरएनए जाम्बियाको वार्षिक साधारण सभा सम्पन्न, प्रमोद शर्मा अध्यक्ष

NRNA:एनआरएनए जाम्बियाको वार्षिक साधारण सभा सम्पन्न, प्रमोद शर्मा अध्यक्ष

Hollywood Khabar September 14,2019 Comments

लुसाका/जाम्बिया/९/१५/१९

गैरआबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) जाम्बियाको वार्षिक साधारण सभा २०१९ सम्पन्न भएको छ।

जाम्बियाको राजधानी लुसाकामा सम्पन्न भएको वार्षिक साधारण सभाले सन २०१९-२०२१ का लागि प्रमोद शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। कार्यसमितिमा राजिब मुनानकामी उपाध्यक्ष, पोषण राज बस्नेत महासचिब, रोजनराज घिमिरे सचिब र भिमबहादुर बम सचिब चयन हुनु भएको छ।

त्यसैगरी महिला संयोजकमा सन्ध्या खनाल र युबा संयोजकमा ईश्वर भुसाल निर्बाचित हुनु भएका छन्। सदस्यहरुमा शम्भु कार्की, आलोक शर्मा, रबिलाल पान्डे, चन्द्र न्यौपाने, हेमाङ्ग लामा र निम बलायर चयन भएका छन। संघको संरक्षकमा बिदुर खनाल र सल्लाहकारमा डा बिशालनाथ उप्रेती चयन भएका छन्। संघले गत बर्ष झै यस बर्ष पनि लुसाकामा नेपाल पर्यटन प्रबर्द्धन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।