NRNA Official Seal/Logo

NRNA: गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय पत्रकारीता पुरस्कार ब्यबस्थित गर्न कमिटी गठन

Hollywood Khabar February 09,2019 Comments

गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय पत्रकारीता पुरस्कारलाई व्यवस्थित गर्न प्रवक्ता भुषण घिमिरेको संयोजकत्वमा कमिटी गठन गरिएको छ ।

एनआरएन अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार लामो समय देखि स्थापित भएता पनि यस पुरस्कारलाई थप व्यवस्थित गर्नको लागि संघका प्रवक्ता भूषण घिमिरेको संयोजकत्वमा एक समिति गठन गरिएको हो ।

संघको गत महिना काठमाण्डौंमा सम्पन्न ६५ औं परिषद वैठकद्धारा गठित सो समितिको सदस्यहरुमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, एनआरएनए आइसीसी सदस्य रामशरण सिमखडा, एनआरएनए एनसीसी युकेका अध्यक्ष योगकुमार फगामी, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपांगी, एनआरएनएए मिडिया एण्ड पब्लिकेशन कमिटीका समाचार संयोजक चिरन शर्मा, पत्रकारहरु हेमन्त काफ्ले र फडिन्द्र भट्टराई रहेका छन्।

एनआरएनए एनसीसी युकेको पाचौं कार्यसमितिको सकृयता र नेपाल पत्रकार महासंघ युके शाखाको सहकार्यमा स्थापना भएको सो पुरस्कारको लागि १६ लाख रुपैयाँ अक्षयकोष रहेको छ। सो कोषबाट हरेक दुई वर्षमा नेपालबाट गैरआवासीय नेपालीहरुको हकहितको लागि कलम चलाउने एक जना र विदेशमा कार्यरत एक जना पत्रकारलाई पुरस्कृत गरिन्छ ।