NRNA:एनआरएनए जनसम्पर्क समिति अभियान अबैधानिक, काँग्रेसको उम्मेद्वार कोहि पनि हुन्न

0
shares

by Krishna KC | Updated: 09 Sep 2019

224 views
-NRNA VP and President Candidate 2019 Mr. Kumar Pant and Mr. Kul Acharya

कृष्ण के सी/अमेरिका/९/९/१९

गैरआवासीय नेपाली संघको २०१९-२०२१ कार्यकालका लागि अध्यक्षका आकांक्षी बनेका वर्तमान उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्य दुवैजना विदेश दौडाहामा व्यस्त छन्।

कुमार पन्त सुरु देखिने स्पष्ट र निर्दिष्ट रुपमा योजनाबद्ध रुपमा आएका छन्। उनले भनेका छन् अब मसँग कि बिदा हुने कि अध्यक्षमा उम्मेदवार हुने बाहेक विकल्प छैन। संघको जिम्मेवारीमा प्राय निर्विवादित रहेका पन्त यो पटक लामो समय देखि चर्चाको अग्रस्थानमा पनि छन्। विश्वका धेरै ठाउँमा पुगेर बस्तुस्थिति बुझेका पन्त यो पटक चुनाब प्रचार र भ्रमणमा पनि अग्र पङ्गतिमा रहेका छन्।

उनले हरेक पटक, हरेक ठाउँमा सँस्थाको मुद्धा उठाएका छन्। तिथि मितिको निर्णय भैनसकेको भए पनि अब छिट्टै अध्यक्षमा औपचारिक उम्मेद्वारी घोषाणा गर्ने तयारी गर्दैछन् पन्त। उनका निकटतमहरुबाट त्यसतर्फ तयारी हुँदै गरेको कुरा बुझिएको छ। संघको सबै मुद्धा र एजेण्डा सहितको उम्मेद्वारी घोषणाको तयारी भएको छ पन्तको।

उता अर्का आकांक्षी कुल आचार्य सुरुमा नेपाली काँगेसको प्यानल बनाएर भिड्ने ढोल पिटेर आए। त्यो प्रयास अबैधानिक हुने कुरा हलिउडखबर र थुप्रै मिडियाले पनि लेखे अनि सर्बत्र आलोचना समेत भयो। त्यसपछि उनले त्यो बिषय छोडेर गएर। पछि कुरालाई केलाएर कुल आचार्यको भन्दा कुमार पन्तको पक्षमा धेरै नेपाली काँग्रेसमा आस्थावान व्यक्तिहरु भएको प्रमाण सहित हलिउडखबरमा लेखेपछि चर्चा चुलियो र दुनियाँले फरक नजरले हेर्न थाल्यो। अझै त्यो लेखमा युरोप क्षेत्रका नेपाली काँग्रेसका महासमितिमा दुइ-दुइ पटक रहेका थुप्रै व्यक्तिहरुको नाम त कुमार पन्ततिर भएको उल्लेख गर्न बाँकी नै थियो। ऐले त्यो बिषय पनि बिलायो।

त्यसै कुराको विपक्षमा एकजनाले एनआरएनए जनसम्पर्क समिति अभियानको नाममा कसैको नाम भजाएर मेसेन्जर गरे। त्यो मेसेन्जरको आधिकारिकताको पनि अर्को ठूलो कहानी छ। कुनै दिन मौका मिले र सन्दर्भ परेमा त्यसको पनि पर्दाफास गर्नेछु। तर ऐले भने यो भन्दैछु कि यो एनआरएनए जनसम्पर्क समिति अभियान भन्ने कुरा नै पूर्ण रुपमा अबैधानिक छ भन्ने कुरा प्रमाणित भएको छ।

नेपाली काँग्रेसको भात्रीसँस्था नेपाली जनसम्पर्क समितिले गैरआवासीय नेपाली संघमा यस्तो अभियान गर्न मिल्दैन। जनसम्पर्क समिति र नेपाली काँग्रेस मात्र होइन कुनै पनि राजनैतिक दल र अन्य संस्थाले यस्तो अभियान गर्न मिल्दैन। यसलाई नेपाल र संसारका कुनै पनि देशका कानुनले छुट दिंदैन। यस्तो कानुन बिपरित गएर गरिएको प्रचारले कुल आचार्यलाइ फाइदा भन्दा घाटा धेरै पुर्याउने प्रष्ट नै देखिएको छ।

तर पनि मैले नेपाली काँग्रेसका नेताहरुसंग एनआरएनए जनसम्पर्क समिति अभियानका बिषयमा आधिकारिकता माग्ने काम गरे। नेताहरुले त्यो अभियान भन्ने कुरामा कुनै आधिकारिकता नभएको जवाफ दिए। त्यो मात्र होइन, यसलाई आधिकारिकता दिने कुनै पनि आधार नै छैन भने। यस्तो अभियान कमिटी गठन गर्न नै मिल्दैन भन्छन उनीहरु। अनि यसलाई नेपाली काँग्रेस पार्टीबाट आधिकारिक पत्र लिने हैसियत कुनै पनि व्यक्तिसँग छैन। धर्ती फाटे पनि त्यो पत्र आउनेवाला छैन र हुँदैन। यो चाहिँ ठाडो चुनौती भयो। अब आधिकारिक नै नभएको अभियानले दिने बक्तव्यको आधिकारिकता, औचित्य र प्रभात कति ? यो कुल आचार्यको लागि तेश्रो पटक फेल भएको प्रमाण हो।

मेरो बुझाइमा विगत या वर्तमानको राजनैतिक आस्थाले गर्दा कतिपय डेलिगेट्सले कुनै उम्मेद्वारप्रति नजिक हुने कुरा भने नकार्न सकिन्न। त्यो पनि सबैजनामा होइन केहि व्यक्तिहरुमा, यो कुरा मात्र लजिकल्ली ठीक हो। तर पनि यसको सबैभन्दा ठूलो उदाहरण गत निर्वाचनमा नेपाली काँग्रेसका जनसम्पर्क समिति अभियानका ३ मध्ये २ जनालले औपचारिक रुपमा नै तत्कालिन नेपाल कम्यूनिष्ट पार्टी एमालेमा प्रवेश गरेका अध्यक्षका उम्मेदवारलाई मत माग्दै प्रचार गरेका हुन्।

लजिक होइन म्याथ (नम्बर) को कुरा गर्ने हो भने १४० भन्दा धेरै नेपाली काँग्रेसको बहुमत भनेर लगिएका एनसीसी अमेरिकाको डेलिगेट्सबाट डेमोक्र्याट्स प्रयास भनिएकी जमुना गुरुङले कति मत पाएको र भबन भट्टले कति मत पाएको त्यो रेकर्ड हिसाब हेर्दा छर्लंङ्ग हुन्छ। धामी बसेर जोखाना हेर्नु पर्दैन।

यसलाई थप प्रमाणित गर्न अध्यक्षका वर्तमान प्रत्यासी कुल आचार्य स्वयंले अघिल्लो पटक अमेरिकाबाट आफूले ३४ मत मात्र पाएको, अझै तपाइहरु डेमोक्र्याटको कुरा गर्नुहुन्छ भनेर क्यानाडामा दुखेसो पोखेको प्रमाण हामी सँग छ।

अबश्य पनि लजिकले चुनावमा स्ट्राटेजीको थोरै भागमा असर गर्छ। तर चुनाब भनेको आफैंमा एउटा म्याथ हो। जसको हिजास बढी उसैले जित्ने। यसको अर्थ यो होइन कि आस्थामा रहने व्यक्तिले व्हिप जारिको आदेश खानुपरोस। अनि गैरआवासीय नेपाली संघका कुनै राजनैतिक आस्थाका उम्मेद्वारलाइ आस्थाका आधारमा फरक धारका आस्था मान्ने व्यक्तिलाइ मत दिएको कारण कुनै कारबाही गंरे या चुनौती दिने हैसियत नेपालको निर्वाचन आयोगले कुनै पनि राजनैतिक पार्टीलाई दिएको छैन। यदि कुनै राजनैतिक पार्टीले यस्तो बिषय उठायो मात्र भनेपनि पार्टी आफैमा कानुनि समस्यामा पर्छ।

छुद्र भाषामा भन्नुपर्दा, गत स्थानिय निर्वाचनमा भरतपुर नगरपालिका नेपाली काँग्रेस पार्टीका सभापति शेर बहादुर देउबाले २० करोडमा प्रचण्डलाइ बेचे भन्ने हावादारी आरोप छ। यो कुरा सभापति देउबा बाहेक प्राय सबै काँग्रेस र पूर्व माओवादी वृतमा छाएको छ। अनि त्यो कुरा कसैले प्रमाणित गर्छ त ? २०१७ को गैरआवासीय नेपालीसंघको निर्वाचनमा नेकाँ नेत्री डा आरजु देउबाले घरमा बोलाएर औपचारिक रुपमा एमालेमा प्रवेश गरेका भबन भट्टलाई सघाउनु भन्ने आदेश दिएको अर्को आरोप छ। यदि त्यो कुरा सहि हो भने कारबाही आरजुलाइ गर्नु परेन ? कसैले त्यो आदेश बाहिर ल्याउन सक्छ त ?

फरक प्रसँग, सँस्था बिधि, सोच, योजना र कार्यान्वयन अनि अनुगमनले चल्ने र चलाउने हो, राजनीतिले होइन। अनि योजना गर्नु भन्दा नेताको घर धाउनुको कुनै तुक छैन। त्यो खालको प्रचलन दुरुत्साहि मात्र होइन अन्त नै गर्नुपर्छ। अन्यथा डेलिगेट्स र मतदानको के अर्थ ? सँस्थामा योगदानको के अर्थ, क्षमता र योग्यताको के अर्थ ?

त्यसैले, यो नेपाली काँग्रेसले कुल आचार्यको प्यानल बनाउने भन्ने कुराको कुनै आधिकारिकता छैन। यतिमात्र होइन कदापि हुनेवाला पनि छैन। यदि यो प्रचार बधाउन थाले भने भोलि नेपाली काँग्रेस प्रवक्ताले आधिकारिक रुपमा सो प्रचार आधिकारिक होइन भनेर प्रेस बक्तब्य दिन बेर छैन। उसो त अरु पार्टीले पनि त्यसो गर्नेवाला छैनन्। गरे भने त्यसलाई प्रमाण लिएर ति पार्टीहरुलाई कारबाहीको दाहेरामा ल्याउन प्रयास गरौँ। कसैले सुटुक्क गरेको बैठकमा पनि स्टिङ्ग अपरेशन गरौँ।

आधिकारिक डेलिगेट्स भएको व्यक्तिले कुनै पनि उम्मेदवारको प्रचार र सपोर्ट गर्न मिल्छ। तर राजनैतिक पार्टी र अन्य अर्को संस्थाले भने त्यसो गर्न मिल्दैन।

From our sponsors

लघुकथा परिवर्तन

बिहानै पल्लाघरकी माईली बुहारी सासुससुरालाई धारे हात लगाई लगाई सराप्दै थिईन्।निहुथियो दुध हालेको चिया खान ईच्छा गरेको कुरा ।सासु  महिनौं भईसकेको थियो थला परेको ।घरमा बिहान बेलुका गरेर पाथी दुध दिने गाई थियो तर उनले कहिल्यै एक कप दुध भेट्टाउन्नथिन।खै के मनमा आएर आज बिहानै दुध हालेको चिया खान पाए हुन्थ्यो चनेर के बोली भुईंमा मात्र चुहिएको थियो बुहारीको महापुराण शुरु भयो ।