-NRNA ICC Official LOGO

NRNA को आशन्न निर्वाचन विश्लेषण लेख्ने लेखकको अभावमा फेसबुकके चलन आएछ

Hollywood Khabar October 07,2019 Comments

कृष्ण के सी/अमेरिका/१०/८/१९

आज अक्टुवर ८, २०१९, यो लेख्दै गर्ने व्यक्ति काठमाण्डौ भ्यालीको एउटा कुनामा दशैँ मनाउंदै छ। तर पनि जुरुक्क उठेर विगत ४ दिन देखि रोकिएको इनबक्स र इमेल हेर्दा भने घण्टौ पढ्नमा बिताइयो। उसै पनि स्लो नेट, त्यसमाथि बिचमा आउने कल सबैले उत्पातै मच्चायो।

पहिलो कुरा त गैरआवासीय नेपाली संघ (एनआरएनए) बारे नजिकबाट खेल्ने खेलाडी, उनका पछाडिको लुर्कन र मैदानमा उत्रेका चुनावी उम्मेदवारहरुबारे विश्लेषण गर्ने व्यक्ति थोरै मात्र छन्। दोश्रो कुरा, प्रमाण लिएर, श्रोतसँग कुरा गरेर त्यसैको आधारमा बिचमा बसेर बस्तुपरक लेख्ने लेखाडी भने झनै कम छन्।

यो लेख्दै गर्ने व्यक्ति लेख्नमा माहिर या अब्बल दर्जाको लेखनकर्ता होइन। तर एनआरएनएका सवालमा एउटा स्थान बनाउन सफल भने पक्कै हो। आज सम्मको लेखनमा लगभग १५००/२००० जति पटक यो संघबारे लेख्दा सिकेको कुराले एउटा आफ्नै मार्ग बनाएको छ। आफ्नै गोरेटो बनाएको छ अनि एउटा बिधि सिकाएको छ, एउटा विश्वासको धरातल बनाएको छ। कसैको लागि पत्याउन र कलेजको युनियन चुनावको जस्तो केटौले कुराको पछि लाग्नु जरुरि पनि छैन। हाल १५००/२००० पटक एनआरएनएकाबारे लेख्दा पछुताउनु पर्ने, खण्डन गर्नुपर्ने र आधाराहिन भनेर कसैले प्रमाण दिएको अवस्था छैन। कहिले काहिँ कसैले पालेका सिपाहीहरुको फेसबुक कमेन्टमा मैले रोकिनु जरुरी ठान्दिन। उसै पनि उनिहरुको हैसियत कमेन्ट पढ्नेले कुरीकुरी गरिरहेका हुन्छ, म बोल्नु जरुरी छैन।

तर समाचार, लेख र फेसबुक स्टाटस सबैलाई एउटै वर्ग समाचारको रुपमा बुझ्ने हाम्रो चलनले भने थुप्रै भ्रम फैलाएको छ। अर्को कुरा स्पोन्सर इनबक्सलाइ समाचार बनाउने, मान्ने अनि त्यसैलाई नयाँ र चुनावलाइ बनाइएका अनलाइनमा पोष्ट गरेको कुरा कति बेद र कति बाइबल हुने त्यो भने सबैले बुझ्नु जरुरी भएको छ।

तेश्रो कुरा, एनआरएनएमा प्राइमरी कुराको प्रमाण दिएर लेख्ने व्यक्ति कतिछन् त्यो हेर्नु जरुरी भएको छ। प्रमाण लिएर लेख्दा पक्ष र विपक्ष होइन श्रोतको आधरमा कसलाई महरा र कसलाई पहरा पर्छ त्यो कुरा श्रोतमा भरपर्छ। मैले प्रमाण लिएर, श्रोतसँग कुरा गरेर कुमार पन्त सर्वसम्मत गर्न प्रयास सुरु-भन्ने समाचार पोष्ट गरे। त्यो समाचार पोष्ट गरेरको १० मिनेटमा सान फ्रान्सिस्को एयरपोर्टमा मेरो फ्लाइट बोर्डिङ्ग कल भयो। त्यसपछि १३ घण्टा लगातार फ्लाइट, फ्लाइटको दुइ घण्टापूर्व लिएको भए फ्लाईटमा वाइफाइ चलाउन पाइने रहेछ। त्यो कुरा थाहा थिएन, सम्पर्क बिहिन भइयो। चाइनामा बिताएको करिव १५ घण्टामा सोसल मिडिया नचल्ने, सम्पर्क कठिन थियो।

जब नेपाल पुगियो, सांझ देखि एउटा इनबक्स आउन थाल्यो। त्यसलाई राम्रोगरि पढें। अनि एक पटक बेस्सरी हाँसे। कम्तिमा पनि एउटा लेखकले या यो एनआरएनएबारे लेख्ने विश्लेषकले त्यो पत्याउने त कुरै छाडौं सामान्य फेसबुक स्टाटस लेख्ने-पढ्ने व्यक्तिले पनि पत्याउन गारो थियो। अझै त्यसलाई समाचार बनाउनु त कुन महानता हो त्यो बुझिसक्नु थिएन।

अब के हुन्छ त ? जिज्ञासा थुप्रै छन्। अबको १०/१५ घण्टामा कुनै गतिलो जवाफ लिएर आउने छु। त्यतिन्जेललाइ यसो भनौ-पहिलो कुरा सर्वसम्मत गर्न पहल जारी नै रहेछ। दोश्रो कुरा, योगदान, क्षमता र दक्षताका आधारमा सहकार्य गर्दै चुनाव हुनेछ। तेश्रो कुरा, अक्टुवर १३/१४ सम्म अर्को समीकरण पक्का हुनेछ। पाँचौं कुरा, कुमार पन्तको प्यानल भएको अवस्था होइन। तर कुमार पन्तलाई समर्थन गर्दै उम्मेद्वारी दिनेहरु थुप्रै रहेछन् तर अर्का अध्यक्ष आचार्यको तर्फ खुलेर आएको अध्यक्षका उम्मेदवार आचार्य समेत जम्मा तिन जना मात्र भएको अवस्था रहेछ। छैठौं कुरा, कुनै उम्मेद्वारको प्यानलबारे कोठामा बसेर लेख्ने मनगढन्ते कुराले केहि घण्टा मात्र स्थान पाउँछ। त्यसपछि सबैभन्दा धेरै धक्का त्यसका प्रचारकर्ताको हैसियतमा लाग्छ।

विश्वको जम्मा दुइ देशका केहि एनआरएनएका बारे कपुरी क नजानेकाहरुको प्रचार नारा हराएको दुइ हप्ता भएको छ। कुरा जब खम्बाको हुन्छ, बुदुनाहरुको काम सिलिबिली गर्ने मात्रै हो। आज आदेशमा फुर्मान लेख्नेहरुको समाचार र लेख अक्टुवर १७ पछि पनि हेरौ अर्को चुनावमा विश्वासको तराजुमा राख्न काम लाग्छ। फेसबुकमा आएको आदेशलाइ प्रचार गर्ने भनेको भाडाका र ग्रासरुटकाले हो अनि धेरैतिर तेस्तो देखिएको छ। सबैजनालाइ दशैको शुभकामना !- कृष्णाअर्पण