-NRNA President Kumar Pant

गैरआवासीय नेपाली संघ:अध्यक्ष पन्तको ११ महिना र प्रतिज्ञा गरिएका २० कार्ययोजना सूची

Hollywood Khabar September 19,2020 Comments

कृष्ण के सी, अमेरिका/९/२०/२०

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसीसी) को अक्टुवर १७, २०१९ मा भएको निर्वाचनबाट कुमार पन्तको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको थियो।

अध्यक्ष कुमार पन्तले एनआरएनए आइसीसीको नेतृत्व लिएको ११ महिना ३ दिन पुरा भएको छ। २४ महिनाको कार्यकालमा अब बाँकी १३ महिना छ। यो अबधिमा के के काम पुरा भए त्यो कुरा आधिकारिक रुपमा बाहिर आउन बाँकी नै छ। तर पनि मुख्यगरी अहिले सम्म भएका कुराहरुमा आज केहि चर्चा गरिएको छ।

१. हाइलाइटमा भन्नुपर्दा बिचमा आएको कोरोना भाइरस डिजिज अर्थात् कोभिड १९ का कारण थुप्रै अप्ठेरा आए। यात्रा र प्रत्यक्ष रुपमा गएर गर्नुपर्ने काम हुन सकेनन। तर पनि केहि नयाँखाले मौका भने आएका छन् र केहि प्रयास भएका छन्। गत महाधिवेशनमा पुरा हुन नसकेको आर्थिक, बिधान लगायतका दस्तावेजहरुको निर्णयको लागि बिशेष साधारण सभा गर्ने निर्यण भएको छ।

२. सदस्यता, निर्वाचन प्रणाली र महाधिवेशन प्रतिनिधि चयनबारे नयाँ छलफल र दस्तावेज बनाउने क्रम सुरु भएको छ। बिधान संसोधन गर्ने कार्य सुरु भएको छ।

३. गैरआवासीय नेपाली नागरिकताको अन्तिम टुंगो लगाउन संसदमा पुगेको बिधेयक संसद रोकिनाले गर्दा पेण्डिङ्मा छ। सो बिषयलाई उपाध्यक्ष सोनाम लामाले ताकेता गर्दै रहेको जानकारी प्राप्त भएको छ।

४. क्षेत्रीय स्तरमा अमेरिकाज, ओसियानीयाका बैठक सम्पन्न भए। त्यसैगरी एसिया र युरोपका क्षेत्रीय बैठकहरु पाइपलाइनमा छन्। मध्यपूर्व र अफ्रिका क्षेत्रको बैठकको तिथिमिति आएको छैन। हरेक क्षेत्रीय बैठकमा ज्ञान सम्मेलनको सुरुवात भएको छ। यसबाट उत्पादन भएका बिषय कहाँ बिक्छन र सदुपयोग हुन्छन त्यो बिषय अनुत्तरित छ।

अमेरिकाज क्षेत्रको क्षेत्रीय बैठकले महिला र युबाहरुको बारेमा स्थान नदिंदा नराम्रो संदेश र उनीहरुको बिषयले जितेको राम्रो नजिर दियो। ओसियानीया क्षेत्रको बैठकलाइ सुन्दर मानिए पनि पुर्व अध्यक्ष शेष घले र वर्तमान उपाध्यक्ष डा बद्रि के सीबीचको रस्सा कस्सीले राम्रो संदेश दिएन। अन्यथा दुवै बैठकका आयोजकहरुले पाठ भने राम्रोसँग सिके। युरोपको क्षेत्रीय बैठकलाइ सुरुमा नै पत्रकार-संचारकर्मीहरुले असन्तुष्टि जाहेर गरेका छन्। संयोजक नारायण आचार्यलाइ त्यो ब्यबस्थापन गर्ने ठूलो मौका अझै छ। आसन्न एसिया बैठकलाइ सबैले नजिकबाट हेरिरहेका छन्।

Click this link for Gagan Thapa's attention to NRNA Leaders : https://www.youtube.com/embed/d_i4RXTTsRQ

समग्रमा भन्नुपर्दा क्षेत्रीय बैठक संबन्धि सामान्य व्याख्या संघमा भएता पनि आयोजना गर्ने सवालमा नीतिगत र ब्यबहारिक रुपमा क्षेत्रीय संयोजकहरुमा एकरुपता देखिएन। यसलाई संघको आफ्नै कार्यक्रम भएकोले संघका बिषयमा बढी छलफल र आवश्यक रुपमा निर्णय समेत लिने काम गर्दा सजिलो र फलदायी होला।

यस बिषयमा संघका महासचिव डा हेमराज शर्मालाइ ज्ञान सम्मेलन तथा बिजनेश कोलाबरेशनको लागि यो पंक्तिकारले सुझाव दिएको हो। त्यसबाट अरु धेरै फाइदा छन् तर संघले त्यो बिषय उठान गर्ला नगर्ला त्यो भने कुनै आशाको बिषय रहेन। तर पनि नेपालमा एउटा स्थानीय तहमा यसको पहिलो परिक्षण स्वरुप यस्तै कार्यक्रम गर्न म आफू नै लागि परेको छु। कार्यक्रम अन्तिम चरणमा पुग्न लागि सक्यो।

५. संघलाइ विभिन्न ८ वटा बिभाग बनाएर विभागीय जिम्मेवारी दिने काम भएको छ। केहि सक्रिय छन् त केहि अलमल्लमा छन्। बिचमा जो सकृय छ उसको जस खानेहरुको होड पनि चल्ने गरको छ।

६. त्यसैगरी, संघका महासचिव डा हेमराज शर्माद्वारा सार्वजनिक गरिएको संघका नेतृत्व देखि सदस्य सम्मको मर्यादाक्रम एउटा ऐतिहासिक सुरुवात भएको छ। कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक पाटोलाई पारदर्शी बनाउन आन्तरिक लेखा परिक्षण, नियमित रिपोर्ट लगायतका काम गर्दै-गरेको अवस्था छ। सचिव गौरी जोशीको संयोजनमा हुँदै आएको स्मार्ट एनआरएन प्रोजेक्टबारे परिमार्जन सहित अगाडी गएको छ।

७. संघमा पहिलो पटक महिला र युवाहरु पहिला भन्दा धेरै सकृय देखिए। अमेरिका क्षेत्रको क्षेत्रीय बैठकलाइ आयोजकहरुको कमजोरीले गर्दा संघका अध्यक्ष र महासचिव दुबैलाई कमजोरीप्रति माफी माग्न बाध्य बनाइदियो। यस संबन्धि प्रवक्ताले आधिकारिक रुपमा कमजोरी भएको विज्ञप्ति नै जारी गरेको अवस्था छ। यति मात्र होइन यो घटनाले कसैले माने या नमाने पनि संघका हरेक कार्यक्रममा महिला र युवाको स्थानबारे एउटा नराम्रो नजिर तर राम्रो हैसियत बसायो। बहिस्कारको घटना नराम्रो भए पनि उनीहरुको उठानको बिषयले जित पायो। जसलाई कमला पन्त, गगन थापा, पम्फा भुसाल जस्ता नेताहरुले पनि ध्यानाकर्षण गराएका छन्।

८. भिजिट नेपाल र अन्य गतिबिधिहरुको लागि नीतिगत निर्णय र कार्ययोजना लगायत आन्तरिक निर्देशन दिने काम भएको छ। तर त्यो काम कोरोनाको महामारीले गर्दा बिचमा रोकियो।

९. भारतले नेपाली भूमिलाई आफ्नो देशको नक्सामा राखेर गरेको मिचाहा प्रवृतिको बिरोध गर्न निर्देशन र प्रदर्शन अनि ज्ञापन पत्र बुझाउने काम भएका छन्। तर त्यसको पछिल्लो अपडेट केहि पनि छैन। प्राय तात्ने तात्ने र सेलाउने काम जस्तै भएको छ।

१०. यसबाहेक, संघले पूर्णता पाउन २१ जना अन्तराष्ट्रिय परिषद सदस्यको मनोनयन गर्न क्षेत्रीय संयोजकहरुबाट नाम सिफारिस लिने काम गरेको थियो। पहिलो पटक मनोनित हुने आइसीसी सदस्यहरुको योग्यता, उनीहरुको संघमा इतिहास र गर्नु पर्ने या दिन सक्ने योगदानको कुरा उल्लेख गरिएको भएता पनि मनोनयनमा योग्यता र संघमा योगदानको कुनै मुल्यांकन गरिएन। भटाभट भर्खर सदस्य भएका जिन्गदीभरी संघको काममा सहभागी नभएकाहरु मनोनयनमा परे। उनीहरु मध्ये सबैजसोले मनोनयन पछि संघलाइ केहि पनि योगदान दिएनन्। मनोनयनमा क्षमता र संघको लागि व्यक्तिको आवश्यकताको पाटोलाई बढी महत्व नदिंदा अध्यक्ष कुमार पन्तलाइ नै मनोनयनले सर्मिन्दा बनायो।

११. त्यसैगरी विभिन्न कमिटी र बिशेष कार्यदलहरुको गठन गरिएका छन्। तिनीहरु मधे धेरै सक्रिय र कतिपय बन्नका लागि बनेका छन्। प्रवक्ताको संयोजनमा रहने मिडिया कमिटीमा यो लेख्ने व्यक्ति नै सह/उप संयोजक हुँदा-हुँदै पनि हाल सम्म एउटा पनि बैठक बसेको छैन भनेर लेख्नुपर्दा म आफैंलाइ लज्जाबोध भएको छ। तर पनि म आफैले सुरु गरेको फेसबुक लाइभमा गतिबिधि अपडेट गर्ने कार्यक्रम भने चर्चित भएर केहि जानकारी दिने काममा योगदान भएको कुरा स्वीकारिएको छ।

१२. सचिवालयका कर्मचारीहरुको मुल्याङ्कन गरि ब्यबस्थापन लगायतका काम गरिएको र केहि गर्न बाँकी भनिएको छ।

१३. संघको इतिहासमा सबै भन्दा धेरै संघको बिधान र नियम-विनियमहरु बनाउन योगदान गरेको व्यक्ति नै वर्तमान महासचिव डा हेमराज शर्मा हुनुहुन्छ। त्यसैले सँस्था कार्यालय, सचिवालय अनि संघको प्रशाशनलाइ चुस्त, दुरुस्त र दरिलो बनाउने कुराको अपेक्षा सबैले गरेका थिए। तर त्यो अनुपातमा उहाँ सानोतिनो कुरामा अल्झेर बसेको आरोप लगाउने धेरै छन।

१४. बिचमा उपाध्यक्ष डा बद्रि के सीको संयोजनमा थुप्रै व्यक्ति संलग्न आइएलओ प्रोजेक्ट सुरु भएको छ। उहाँको सक्रियता कोभिड १९ का बेला रिपार्टेशनमा बढी देखियो। उपाध्यक्ष अर्जुन श्रेष्ठको चर्चा कतै पनि छैन भने उपाध्यक्ष मन के सीलाइ संस्थाको काम भन्दा धेरै नेपाली काँग्रेसका नाममा भजाउन आयोजित जुम बैठकमा बढी सकृय भएको आरोप छ।

१५. कोरोनाका बेला नेपालीहरुलाइ सहयोग, हेरचाह गर्न र देश फर्काउन पनि संघको पहल सबैजसो ठाउँमा भएका हुन्। बिशेष गरि मध्येपूर्वमा त्यहाँका नेपालीहरुको योगदान उल्लेखनीय छ। कोभिड १९ मा नेपाल सपोर्टको लागि मकाउ, हङकङ, दक्षिण कोरियाका राष्ट्रिय समन्वय परिषदहरुको योगदानको प्रसंसा गर्नुपर्ने देखियो। रिपार्टेशनमा नेपाल सरकारका नजिक बसेका बिचौलीयाहरुले विभिन्न बहानामा दु:ख दिएको पनि स्पष्ट नजिर छन्।

१६. त्यस बाहेक, अध्यक्ष पन्तले चालू अवस्थामा रहेका प्रमुख प्रोजेक्टहरुको सम्पन्न गर्न विभिन्न स्तरमा बैठक र टाइमलाइन दिने प्रयास गरेको देखिएको छ। नयाँ प्रोजेक्टहरुको सुरुवात हुने अवस्था तत्काल देखिएका छैनन्। गौरी जोशीले संयोजक गरेको ब्लड बैंकको प्रोजेक्ट चर्चामा छ।

१७ यसैबीच संघको अन्तराष्ट्रिय परिषदको बैठक, पधाधिकारीहरुको नियमति बैठकहरु र निर्णय हुने गरेका र भएका छन्। यो कार्यकालको बिशेष साधारण सभा पनि नजिक आउँदैछ। त्यसबाट अरु थुप्रै कुराहरु निर्णय हुने अपेक्षा सबैले गरेका छन्।

यसबाहेक अरु थुप्रै काम भएका छन् जसको अध्याबधिक यहाँ गरिएको छैन। राष्ट्रिय समन्वय परिषदहरु, हरेक कमिटि र बिभागका गतिबिधि आएका छैनन्। प्राप्त भएको/दिएको रिपोर्टका आधारमा त्यो पाटो पनि अर्को पटक आउने नै छ।

स्मरणको लागि संघका अध्यक्ष कुमार पन्तले चुनावका बखत प्रतिज्ञा गरेका २० कार्ययोजनालाइ यहाँ स्मरण गराउन पोष्ट गरिएको छ। यसलाई हेरेर तपाइँ आफैले के के पुरा भए के के भएनन् त्यो मुल्क्यांकन गर्दै अध्यक्ष पन्तसँग पश्न गर्न सक्नुहुनेछ। यो सबैको अधिकारको बिषय हो।

१.दश (१०) अर्बको सामूहिक लगानी कोष

२.विज्ञ सम्मेलनका निष्कर्ष कार्यान्वयन र निरन्तरता

३.नेपालमा पर्यटन क्षेत्रमा लगानी, नेपाल भ्रमण वर्ष २०२०

४.भिजन २०२० ले कल्पना गरेको एनआरएनए फाउन्ण्डेशन

५.वैदेशिक रोजगारीमा श्वेतपत्र र नेपाल सरकारसँगको समन्वय

६.वैदेशिक रोजगारीमा जानुअघि नै सीपयुक्त बनाई अन्तर्राष्ट्रिय श्रमबजारमा नेपाली जनशक्तिको सेवा सुविधा र मर्यादा अभिवृद्धिका प्रभावकारी कार्यक्रम नेपाल सरकारसँगको समन्वयमा कार्यान्वयन

७. विदेशमा नेपालीको उद्धार र राहतका लागि वैदेशिक रोजगार राहत कोष वृद्धि

८. गैरआवासीय नेपाली नागरिकता

९. विदेशमा रहेका नेपालीको मतदानको अधिकार सम्बन्धी व्यवस्था

१०. गैरआवासीय नेपाली संघमा आबद्ध हुन निःशुल्क सदस्यता पञ्जीकरण

११. नयाँ पुस्ताका गैरआवासीय नेपालीलाई संघका गतिविधिमा आकर्षित गर्दै स्वदेशसँगको सम्बन्धलाई कसिलो बनाउन विशेष ध्यान

१२. संघमा महिलाको उपस्थिति, सहभागिता र नेतृत्वलाई व्यापक र सशक्त बनाउन विशेष अभियान सञ्चालन

१३. संघको विधि, विधान र संस्थागत प्रक्रिया, सचिवायलको प्रभावकारिता र क्रियाशीलतामा ध्यान

१४. गैरआवासीय नेपालीको नेतृत्व चयनका क्रममा अनलाइन भोटिङ प्रणाली

१६. भिजन २०२० को प्रस्ताव कार्यान्वयन

१७. चालू परियोजनाको निरन्तरता, समापन र हस्तान्तरणलाई उच्च प्राथमिकता

१८. संघले आफ्नो मूल्य, मान्यता र परिकल्पनामा रहेर अगाडि बढाउन खोजेका परियोजनामा हाम्रो मात्र स्रोत-साधनले नपुग्ने भएमा अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग सहकार्य

१९. समान हक, हित र अधिकारका लागि संघर्षरत भूतपूर्व ब्रिटिस गोर्खाहरुको मागको पक्षमा उभिने

२०. गैरआवासीय नेपालीका समस्या, चासो र सरोकारलाई उच्चस्तरबाट सम्बोधन गर्न नेपालको राजनीतिक नेतृत्वसँग नियमित सम्पर्क र प्रभावकारी समन्वयका निम्ति स्थायी संयन्त्र स्थापना

नोट: यो निजि लेखन हो