-NRNA VP and President Candidate 2019 Mr. Kumar Pant

NRNA:उपाध्यक्ष कुमार पन्तको अध्यक्षमा औपचारिक उम्मेद्वारी घोषणा कार्यक्रम

Hollywood Khabar September 17,2019 Comments

कृष्ण के सी/अमेरिका/९/१८/१९

गैरआवासीय नेपाली संघको (एनआरएनए) २०१९-२०२१ कार्यकालका लागि अध्यक्षका आकांक्षी बनेका वर्तमान उपाध्यक्ष कुमार पन्तले आफ्नो औपचारिक उम्मेद्वारी घोषणा कार्यक्रमको आयोजना गरेका छन्।

उम्मेद्वारी घोषणा कार्यक्रम सेप्टेम्बर २०, २०१९ का दिन दिनको १२ बजे काठमाण्डौको होटल याक एण्ड यतिमा हुने भएको छ। उक्त उम्मेद्वारी घोषणा कार्यक्रममा एनआरएनए आइसीसी र अन्य व्यक्तिहरु सहित थुप्रै व्यक्तिहरुको उपस्थिति रहने जानकारी दिइएको छ।

उपाध्यक्ष पन्तले कार्यक्रममा सम्पूर्ण गैरआवासीय नेपाली, संचारकर्मी-पत्रकार र मिडिया हाउसहरुलाई समेत हार्दिक निमन्त्रणा गरेका छन्। अध्यक्षका आकांक्षी पन्तले यो पटक खासगरी संघको संरचना, प्रशाशन, संघको आन्तरिक ब्यबस्थापन र नेपालका बारेमा बिशेष फोकस गर्ने कुरा बताएका छन्।

लामो समय देखि गैरआवासीय नेपाली संघमा थुप्रै जिम्मेवारी पुरा गरेका पन्त अन्तराष्ट्रिय उपाध्यक्षमा नै दोश्रो कार्यकाल पूरा गरेका छन्।