-कोभिड १९ पछि लाप्राक नमुना बस्तीको कार्य स्थानीय बेरोजगार युवाको सभागीतामा सुचारु

कोभिड १९ पछि लाप्राक नमुना बस्तीको कार्य स्थानीय बेरोजगार युवाको सभागीतामा सुचारु

Hollywood Khabar June 06,2020 Comments

मिति: २५ जेष्ठ , २०७७

कोरोनाको महामारीको कारण गैरआवासीय नेपाली संघको लाप्राक नमुना बस्ती परियोजनाको कार्य स्थानीय बेरोजगार युवा तथा लाभग्राहीहरुलाई रोजगारी प्रदान गर्दै साढे दुई महिना पछि पुनः आज देखि सुरु भएको छ ।

स्थानीय युवा तथा लाभाग्राहीहरु कोरोनाको असरले बेरोजगार भई गाउँमै बस्ने बाध्य भएको बेला गैर आवासीय नेपाली संघको उपाध्यक्ष तथा लाप्राक नमुना बस्ति परियोजनाको संयोजक सोनाम लामाज्युको नेतृत्वमा गएको टोलीले धार्चे गौपलिकाको अध्यक्ष सन्तोष गुरुङ र धार्चे गाउपलिका वडा नं ४ अध्यक्ष राज गुरुङसंग तथा लाभग्राहीहरु संग छलफल गरी लाप्राक नमुना बस्तिको निर्माण कार्य संचालनमा स्थानीयलाई रोजगारी प्रदान गर्ने गरी मिति २३ जेष्ठ २०७७ मा बसेको बैठकले निर्णय गरेको थियो ।

उक्त टोलीमा संघको कार्यकारी निर्देशक राजेश राणा र पुर्व परियोजना व्यवस्थापन समिति सदस्य श्याम तामांग तथा धार्चे गाउँपालिका वडा नं ४ को बुद्धिजीवी तथा अत्याधिक लाभग्राहीहरुको उपस्थिति रहेको थियो । सोही क्रममा लाप्राक स्वास्थ्य चौकीलाई कोभिड १९ रोकथामको लागि आवश्यक केही स्वास्थ्य सुरक्षा सम्बन्धी सामाग्रीहरु हस्तान्तरण गरियो । सो भेलामा केहि महत्वपुर्ण छलफल भएको र निम्न निर्णयहरु भए ।

निर्णयहरुः

  • मौसम प्रतिकुल भएको कारणले धार्चे गाउँपालिकाको नेतृत्वमा परियोजनालाई ३ महिना भित्र सक्ने सहमति गाउँपलिकासंग गरिएको छ ।
  • काठको तला थप्नको लागि गाउँपालिकाको नेतृत्वमा लाभाग्राहीहरुले आफै काठको व्यवस्थापन गरि निर्माण कार्य गर्ने र उनीहरुको ज्याला बराबरको रकम गाउँपालिकाको खातामा गैरआवासीय नेपाली संघले जम्मा गरिदिने सहमति गरिएको छ ।
  • शौचालय निर्माणको बाकी कार्य तथा घरमा विद्युत जडान गर्ने कार्य गाउँपालिकाको नेतृत्वमा तालिमप्राप्त लाभाग्राहीहरुले गर्ने र सो काममा लाग्ने सामग्री तथा ज्याला बराबरको रकम गैरआवासीय नेपाली संघले उपलब्ध गराउने सहमति गरिएको छ ।
  • लाप्राक नमुना बस्तीमा राष्ट्रिय प्रशारण लाईनको बिद्युत आपूर्ति गर्न गाउँपालिका तथा गैरआवासीय नेपाली संघले संयुक्त रुपमा पहल गर्ने निर्णय गरिएको छ ।
  • लाप्राक नमुना बस्ति परियोजनामा पूर्वाधार विकासको लागि राष्ट्रिय पुनर्निर्माण प्रधिकरणबाट प्राप्त हुने सहयोगको लागि गाउँपालिका तथा गैरआवासीय नेपाली संघले संयुक्त रुपमा पहल गर्ने निर्णय गरिएको छ ।

सचिवालय

गैरआवासीय नेपाली संघ