Hollywoodkhabar advertisement

गैरआवासीय नेपाली संघ युरोप संयोजक नारायाण आचार्यसंग प्रत्यक्ष संवाद सम्पन्न

-गैरआवासीय नेपाली संघ युरोप संयोजक नारायाण आचार्यसंग प्रत्यक्ष संवाद सम्पन्न
0
shares

गैरआवासीय नेपाली संघ (NRNA) युरोप क्षेत्रका संयोजक (RC) नारायाण आचार्यसंग प्रत्यक्ष संवाद मे २३, २०२० शनिबारका दिन सम्पन्न गरिएको छ।

म, आफू कृष्ण के सी NRNA को सूचना तथा संचारको प्रमुख जिम्मेवारी लिएका कारण संघका विभिन्न पदाधिकारी र जिम्मेवार व्यक्तिहरुसंग यस्तो संवादको आयोजना नियमित रुपमा गर्ने गरेको छु। यसबाट संघका विश्वभरिका गतिबिधिहरुलाई सबैको सामु प्रत्यक्ष रुपमा पुर्याउन सहयोग हुने विश्वास लिइएको छ।

यस पटक NRNA युरोप क्षेत्रका RC नारायाण आचार्यसंग सो क्षेत्रमा उहाँको कार्यक्रम योजना, कोभिड १९ ले गरेको असर र सो संबन्धि गरिएका गतिबिधिहरु बारे छलफल गरिएको छ।

यस अघि संघका अध्यक्ष कुमार पन्त, उपाध्यक्षहरु डा बद्रि के सी, सोनाम लामा र कोषाध्यक्ष महेश श्रेष्ठसंग प्रत्यक्ष संवाद सम्पन्न गरि सकिएको छ। ति लाइभ कुराकानी हेर्न संघको लाइक पेज https://www.facebook.com/NRNAOfficial मा क्लिक गर्न सक्नुहुनेछ। यो पटक संघका युरोप क्षेत्रका संयोजक (RC) नारायाण आचार्यसंग प्रत्यक्ष संवाद गरिएको हो।

लाइभ भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस:

https://www.facebook.com/NRNAOfficial/videos/1378838268966573/?vh=e&d=n