-गैरआवासीय नेपाली संघमा मौलाएको स्वार्थ र प्रतिष्ठाको लडाईं, जित्नको लागि सँस्था धरापमा

गैरआवासीय नेपाली संघमा मौलाएको स्वार्थ र प्रतिष्ठाको लडाईं, जित्नको लागि सँस्था धरापमा

Hollywood Khabar September 28,2021 Comments

सेप्टेम्बर २९, २०२१

पृष्ठभूमि

सन् २००३ मा लण्डनबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) को घोषणा हुँदै गर्दा अध्यक्ष डा उपेन्द्र महतोले भन्नु भएको थियो, यो भावनाले चल्ने संस्था हो। उहाँले त्यतिबेला भन्नु भएको भावनाले चल्ने संस्था’को अर्थ खोज्दै जाँदा निकै फराकिलो हुन सक्छ। यसलाई संक्षेपमा मात्रै बुझ्ने हो भने प्रवासी नेपालीहरुको भावना एउटै हुन्छ, मातृभूमिको सेवा गर्ने, सक्दो योगदान गर्ने।

दार्शनिक रुपमा भावनाको व्याख्या गर्ने हो भने निकै ठूलो ग्रन्थ बन्न सक्छ। मान्छेलाई भावनाले डोर्याउँछ, भावनाले अगाडि बढाउँछ र भावनाले गति दिन्छ। भावना नहुने हो भने मानिस मानिस हुँदैन, ढुंगा हुन्छ, जीव हुँदैन अजीव हुन्छ, निर्जीव हुन्छ। संस्थामा भावनाको अर्थ हुन्छ, एक ठाउँमा बस्ने उपाय, जोडिने उपाय अनि मिलेर अगाडि बढ्ने उपाय।

यति पवित्र उद्देश्यसहित स्थापना भएको गैरआवासीय नेपाली संघमा यतिबेला अन्तरसंघर्ष फस्टाएको छ। प्रतिष्ठाको दाउपेच चलिरहेको छ। एकले अर्कोलाई सहयोग गरौं भन्ने नभई एकले अर्कोलाई कसरी नराम्रो सावित गर्ने र पछार्ने खेल शुरु भएको छ। जसले विश्वभर फैलिएका नेपालीहरुलाई अमिलो मन बनाउन बाध्य बनाएको छ।

भरत समेत नेपालको करिब एक तिहाइ जनसंख्या देश बाहिर छन् भनिन्छ तर यसको एकिन तथ्याङ्क छैन। नेपालमा शुरु भएको राष्ट्रिय जनगणनाले यसको निक्र्यौल गर्ने नै छ। विदेशमा जन्मेका र हुर्केकालाई छाड्ने हो भने पनि गरिखाने उमेर समूहको ठूलो हिस्सा विदेशमा छ भनेर भन्न कसैलाई पर्खिनु पर्दैन। नेपालमा महिनै पिच्छे झर्ने रेमिट्यान्सले पनि यसलाई देखाइरहेको हुन्छ। तर, तिनै नेपालीहरुलाई भावनाले जोड्ने अभियानसहित स्थापना भएको संस्था अहिले भने छुट्टै विषयमा बहकिएको छ। संस्थाको नेतृत्वमा पुगेका र पुग्न चाहेकाहरुको क्रियाकलाप त्यो भावनाको प्रतिनिधित्व गर्ने खालको देखिँदैन। पदमा पुग्ने, नेता बन्ने र आदेश जारी गर्ने बानीको विकास भएको छ। त्यसका केही कारण छन्।

भड्किलो राजनीतिक चुनाव

संघको नेतृत्व हरेक दुई वर्षमा हुन्छ। दशैंको आसपासमा हुने चुनावले नेपालमा एउटा छुट्टै रौनक ल्याउँछ। परदेशमा रहेका छोराछोरी नेपाल आउँछन्। दशैं मनाउँछन्। केही दिन परिवारसँगै बस्छन्। अनि केही दिन काठमाडौंमा भेला हुन्छन्, नेता छान्छन् र आफ्नो कर्मभूमिमा फर्किन्छन्। पहिलो देखि आठौं अधिवेशनसम्म पुग्दा करिव करिव यस्तै यस्तै थियो। नेपालको राजनीति र परिवर्तित परिवेश अनुसार थोरै थोरै गर्दै देखिन थालेको परिवर्तन नवौं अधिवेशनमा पुग्दा उत्कर्षमा पुग्यो। विदेश, त्यो पनि सभ्य र विकसित देशमा बसेर आएकाहरुले हायात होटलमा प्रदर्शन गरेको व्यवहार नसुहाउँदो नै थियो।

नेपालमा नै दलीय राजनीतिमा अभ्यस्त भएर विदेश जाने, प्रवासी नेपालीहरुको साझा संस्थाको रुपमा स्थापना भएको संघमा आबद्ध हुने, त्यहाँ भित्र पनि दलीय राजनीति घुसाउने, नेपालमा आउने र पुरानो दलको आबद्धताको बलमा अधिवेशन (निर्वाचन) मा शक्ति देखाउने प्रवृत्ति नवौं महाधिवेशनमा छताछुल्ल भयो। बल्खु, पेरिसडाँडा र सानेपाको शक्ति प्रयोग गर्ने र त्यसैका आधारमा नेतृत्वमा पग्ने क्रम पनि नवौं महाधिवेशनमा उत्कर्षमा पुग्यो। कसले जित्यो र कसले हार्यो भन्दा पनि किन त्यस्तो भयो र त्यसलाई कसरी रोक्ने भन्नेमा कसैको ध्यान पुगेन।

एनआरएनहरु माथि एउटा गम्भीर आरोप छ, त्यो हो धनीहरुको क्लब। दुई-दुई वर्षमा दशैं मनाउन नेपाल आउँछन्। विदेशमा कमाएको केही रकम खर्चिन्छन् र नेता बन्छन्। नेता बन्नका लागि उनीहरुले गर्ने खर्चमा कुनै कमी हुन दिँदैनन्। पैसा भए जे पनि गर्न पाइन्छ भन्ने नेपाली मानसिकता राम्ररी बुझेका एनआएनएहरुले नेपालका नेतादेखि सरकारी अधिकारवालाहरु सबैलाई मिलाउन सक्छन् भन्ने आरोप पनि लागिरहेको छ। कार्यक्षमता र दक्षताका आधारमा नेतृत्वमा पुग्ने ठोस कार्यविधि नभएका कारण चुनाव अगाडिका केही दिनमा गर्ने खर्च र लबिङकै भरमा नेता बन्ने परिपाटीले संघलाई आफ्नो आदर्श, भावना र मर्मबाट विचलित गराइरहेको देखिन्छ ।

परोपकार भर्सेज प्रतिष्ठा

गैरआवासीय नेपाली संघको प्रस्तावना, उद्देश्य र लक्ष्यलाई हेर्ने हो भने यो एउटा शुद्ध परोपकारी संस्था हो भन्ने बुझिन्छ। सुरुवाती दिनमा यसले गरेका काम र निर्धारण गरेका लक्ष्यहरुले पनि यसैलाई जनाउँछ।

नेपालको आर्थिक विकासमा साथ दिने, विदेशमा नेपाललाई चिनाउने, प्रवासमा रहेका नेपालीहरुलाई मातृभूमिसँग जोड्ने, ठाउँ र समस्या हेरेर सहयोग प्रदान गर्ने जस्ता कामले संस्थाको चर्चा र इज्जत चुलिएको थियो। चार वर्षअघि निर्माण गरिएको शंखमुल पार्क, भूकम्पका बेला नेपालमा पठाइएको सहयोग लगायतका विषयले एनआरएन वास्तवमै नेपाल र नेपालीको हितमा छ भन्ने पुष्टि गरेको थियो।

तर, पछिल्ला केही वर्षमा संघको नेतृत्वमा रहेकाहरुको व्यवहार र क्रियाकलाप परोपकारी भन्दा भन्दा पनि आफ्नै भकारी तर्फबाट केन्द्रित भएको पाइएको छ। नवौं महाधिवेशनमा देखिएको राजनीतिक अन्तरसंघर्ष र त्यसपछिका दुई वर्षमा नेतृत्वले गरेको व्यवहारले त अब एनआरएनए पहिलेको एनआरएनएको अवस्थामा रहेन भन्ने प्रष्ट देखिएको छ।

कोभिड महामारीका कारण प्रभावित वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको राहत, उद्दार र पुनर्स्थापनाका लागि आइएलओले दिएको सहयोगमा नेतृत्वमै रहेका व्यक्तिले र्याल चुहाएको घटना होस् वा संघको साधारण (पन्जीकृत) सदस्यता वितरणमा गरिएको मनोमानी जस्ता विषयले संघको साख गिराउँदै लगेको छ। परोपकारी संस्थाको संस्थाको सदस्यता लिन कुनै पदाधिकारी विशेषको समर्थक हुनुपर्ने र नभएमा नपाउने परिस्थितिको सिर्जना हुनु आफैंमा लज्जास्पद हो भन्नेमा कसैको दुई मत नहोला।

गिर्दो साख, खुम्चिँदो संस्था

दुई वर्षअघि कुमार पन्तले नेतृत्वले सम्हाल्दा विश्वका ८४ वटा देशमा गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् थिए। अहिले यो संख्या झरेर ६४ मा पुगेको छ। बीस वटा देशका एनसीसी निष्कृय भएका छन्। अर्थात ती देशमा बस्ने प्रवासी नेपालीहरुले सदस्यता नवीकरण गरेनन् र संस्थालाई जीवित राख्न चाहेनन् । किन त ? नेतृत्वले जवाफ दिन सकेको छैन।

दक्षिण एसिया बाहेक अन्य मुलुकहरुमा रहेका नेपालीहरुले संघको सदस्यता लिन पाउँछन्। दशौं महाधिवेशनको पूर्वसन्ध्यामा करिव एक लाखको हाराहारीले मात्रै सदस्यता लिएका छन्, नवीकरण गरेका छन्। त्यसको पनि २०% त अमेरिका एक्लैले धानिदिएको छ। अमेरिका, क्यानाडा, बेलायत, अष्ट्रेलियाले जम्मा पंजीकृत सदस्यको ५०% हिस्सा लिएका छन्। तरपनि ति देशहरुलाई अहिले उपक्षा गरिएको देखिएको छ। विदेशमा रहेका भनिएका मध्ये करिव चार, पाँच प्रतिशत नेपाली मात्रै संघमा आबद्ध छन्। अन्य नेपालीहरुले यसमा जोडिनै चाहेका छैनन् या आउने वातावरण नै बनेको छैन। अघिल्लो अधिवेशनको तुलनामा यस अधिवेशनमा अझ कमले मात्रै सदस्यता लिएका छन्। संस्थाको साख गिर्दै जाँदा सदस्य संख्या पनि घटदै गएको छ। संस्था स्वयम् खुम्चिंदै गएको छ।

भजाउने एजेण्डा, भुलेको एनअरएनहरुको मुद्धा

संघमा उम्मेदवार हुँदा एजेण्डा बनाउने फेशन नै चल्ने गरेको छ। आफ्नै पदको जिम्मेवारी थाहा नहुने, सबै पदको एजेण्डा हुँदैनन भन्ने चाहिं थाहा नहुने पनि यति सुत्रिय एजेण्डा भन्दै उम्मेदवारी घोषणा गर्छन। ति सबै एजेण्डा जोड्ने हो भने अहिले सम्म गैरआवासीय नेपाली संघ स्वर्ग जस्तो हुनुपर्ने हो, तर भएको छैन।

यति मात्र होइन गैरआवासीय नेपालीहरुका मुद्धा नै फोकस गरिंदैन र उपेक्षा गरिन्छ।गैरआवासीया नेपाली नागरिकता १५ बर्ष सम्म किन टुंगोमा पुगेन ? नेपालमा लगानीको लागि अझै पनि सहज कानुन छैन। तर पनि संघका नेताहरुलाइ अर्बौं लगानी गर्न कुन दुलोबाट सहज भएको छ ? आफ्ना लागि जे पनि सहज हुन्छ तर आम गैरआवासीय नेपालीका एजेण्डा र मुद्धा किन पुरा हुँदैनन ?

परराष्ट्रमा उजुरी खुल्दै पर्दा

परोपकारी संस्थाको मूल आकर्षण नै सेवाभाव हो। सेवा गर्न चाहने जो सुकै पनि यस्ता संस्थामा संलग्न हुने गर्दछन्। तर, समयक्रमसँगै संघमा सदस्य बनिदिने र बनाइदिने क्रम हावी हुँदै गएको छ। एनसीसीहरुमा एकथरिलाई नेता बनाउने र आइसीसीमा अर्कोथरिलाई नेता बनाउने होड चलिरहँदा सदस्यताकै विषय विवादित हुन पुगेको छ।

सदस्यहरुको योगदानमा आधारित संस्था भएपनि कुनै अमुक नेतृत्वको निगाहमा संस्था चल्न थालेको छ। नेतृत्वको नाममा जसले आफ्नो प्रभाव विस्तार गरिरहेको छ, उसैले नै नयाँ नेतृत्व चयनमा चासो राख्नु अन्यथा होइन। अहिले संघमा भइरहेको ठ्याक्कै यही हो। आसन्न १० औं महाधिवेशनबाट आफू नेतृत्वमा पुग्नैका लागि कार्य समितिकै केही पदाधिकारीहरुले दायाँबायाँ गर्दा संघ भित्रको विवाद एनसीसी, आइसीसी हुँदै परराष्ट्र मन्त्रालयसम्म पुगेको छ।

संघका तीन जना अभियन्ताहरु वेदप्रसाद खरेल (अमेरिका), जानकी गुरुङ (बेल्जियम) र नवराज ओली (कतार) ले सदस्यता, एनसीसीहरुको चुनाव, महाधिवेशन प्रतिनिधि चयन लगायका विषयमा धाँधली भएको कुरा उठाउँदै परराष्ट्र मन्त्रालयमा उजुरी दिएका छन्। २४ भदौको उनीहरुको उजुरीपछि २५ भदौमा नै मन्त्रालयले आइसीसीको नाममा पत्र लेख्दै विवाद नसुल्झिएसम्म निर्वाचन सम्बन्धी कुनै पनि प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको छ।

आइसीसीका लागि तोकिएको निर्वाचन आउन अब ठीक एक महिना बाँकी छ। तर, आइसीसीका केही पदाधिकारीहरुका निजि स्वार्थका कारण सृजित समस्याले गर्दा दुई दर्जन भन्दा बढी एनसीसीहरुमा विवादमा धकेलिएको छ। यी विवाद आइसीसी भित्रै पहिले नै सुल्झिनु पर्ने हो। तर, झण्डै एक महिना लामो प्रयासमा पनि सचिवालयले ध्यान नै नदिएपछि परराष्ट्र मन्त्रालय गुहार्नु परेको एक पक्षले बताइरहँदा सचिवालयका कमजोरी छरपष्ट भएका छन्। संसारभरका नेपालीहरुलाई समन्वय गर्दै मातृभूमिको सेवा र समृद्धि अभियानमा नेतृत्व गर्छु भन्ने पदाधिकारीहरुको यो हदसम्मको कमजोरी सार्वजनिक हुँदा संघको सदस्यता लिएका र नलिएका प्रवासी नेपालीहरुलाई लज्जाबोध भइरहेको छ।

प्रयास गरौं सुधार्न सकिन्छ

संस्था हुकिँदै जाँदा अनेक सोच भएका व्यक्तिहरुको सहभागिता पनि थपिन्छ। व्यक्तिका महत्वाकांक्षा पनि फरक फरक हुनु स्वभाविकै हो। तर, कस्तो व्यक्तिले नेतृत्व गर्दै छ भन्ने विषय प्रधान हो ।

पूजारी खराब पर्यो भने मन्दिरप्रतिको आस्था र विश्वासमा आँच आउन सक्छ। पूजारीले सही रुपमा अर्थ्याउन सक्यो भने बाटो छेउको ढुंगामा पनि भगवानसँगको आस्थामा जोडिन्छ। अहिले भएको यस्तै हो। एनआरएनए पवित्र मन्दिर हो। भएको यत्ति मात्रै हो कि अहिलेका पूजारीहरु खराब परे। पूजारी खराब भए भनेर मन्दिरको आलोचना गर्नु उचित होइन, पूजारी परिवर्तन गर्नु प्रमुख दायित्व हो।

नेतृत्वमा रहेका केही पदाधिकारीले कमजोरी गरे भनेर सिंगो संस्थालाई नै बदनाम गर्नु उचित होइन। यसका आफ्ना सिद्धान्त छन्। मार्गदर्शन छन्। विधि छन्। प्रक्रिया छन्। तिनै मार्गदर्शन पछ्याउँदै अगाडि बढ्ने हो। असल नेतृत्व चयन गर्ने हो। खराब प्रमाणित भइसकेका व्यक्तिहरुलाई संस्थाबाट नै बिदा गर्नु पर्दछ र नयाँ तथा आशा लाग्दो व्यक्तिलाई नेतृत्वमा ल्याउनु पर्छ। १० औं महाधिवेशनले आइसीसीमा उचित नेतृत्व चयन गर्न सकेको खण्डमा यसबीचमा खस्केको संस्थाको साख फेरि उचाइमा पुग्न सक्दछ। संस्थाप्रति मातृभूमिले राखेको अपेक्षा पूरा हुन सक्दछ।

संबन्धित समाचार

एनअरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनको संरक्षक परिषद र अध्यक्ष पन्तको जिम्मामा, आधिकारिक

एनआरएन:धाँधलीको सुनुवाइ नभए पछि वाध्य भएर परराष्ट्र मन्त्रालय पुग्नु प-यो

एनआरएनएको महाधिवेशन अनुगमनमा मन्त्रालय टोलीले अडिट लग सहित सयौं कुरा हेर्ने

एनआरएनए निर्वाचन अक्टुवर २० मा, भेण्डर फाइनल, सेल्फिको लफडा सहितको प्रेस विज्ञप्ति

एनआरएनएका सबै तहका महाधिवेशनका बाँकी गतिबिधि रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन

एनआरएन जापानको धाँधलीपूर्ण निर्वाचन रद्द गर्न माग

अध्यक्षकै नाम प्रतिनिधिबाट हटाएपछि एनआरएनए युकेको कानुनी बाटो लिने चेतावनी

एनआरएनए महाधिवेशन प्रतिनिधि चयनमा धाँधलीको प्रमाणसहित परराष्ट्रमा उजुरी

https://www.hollywoodkhabar.com/nrna-10thagm-deligatsden

https://www.hollywoodkhabar.com/nrna10th-deligets-primarylistcontronrna

गैरआवासीय नेपाली संघमा विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशीको बिषय प्रवेश हुन्छ

एनआरएनए बिधानको अपव्याख्या, ६५% महाधिवेशन प्रतिनिधि २०२१ को एनसीसीले गर्ने हो

एनआरएनएका महासचिवको संलग्नतामा अमेरिकाको डाटा दुरुपयोग, रिपोर्टिङ्ग हुने

गैरआवासीय नेपाली संघ अमेरिकाको लोगो र नाम दुरुयायोग भएकोमा एनसीसीको ध्यानाकर्षण

एनआरएनएको इतिहासमा असफल महासचिव डा शर्मा, प्रसङ्गमा ८ र १२, अपसगुन कुरा

नेपाली राजदूतावास अमेरिकाको आयोजनामा ब्रेनगेन कार्यक्रम सम्पन्न

एनआरएनएको बैधानिक बिधि नपुगेका कारण मन्त्रालयबाट बिधान स्वीकृत नहुने

एनआरएनए अमेरिकाको २५% प्रतिनिधिमा राज्य च्याप्टर सहभागी गराउने सहमति

एनआरएनएको सदस्य बन्ने एमआइएसमा चरम दुरुपयोग, सर्वत्र बिरोध, अध्यक्ष पन्त मौन

एनआरएनए युरोप संयोजक आचार्यले MIS मा चरम दुरूपयोग भएको भन्दै अध्यक्ष पन्तलाइ पत्र लेखे

गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधि संबन्धि धेरै भ्रमभयो अमेरिकामा, बस अब पुग्यो!

एनआरएनए जापानको १७०० सदस्य एमआइएसबाट हेरफेरी, जवाफ कुनचाहिँ राजले दिने?

एनआरएन विश्वो सम्मेलन तथा १० औँ साधारणसभा अक्टोबर २३-२५ मा हुने

एनअरएनए बहराइनमा चुनावी नाङ्गो नाँच, अध्यक्ष पन्तज्यू जवाफ दिनुहोस, एकापक्षद्वारा बहिस्कार

गैरआवासीय नेपाली संघको विधानमा महासचिवको मनपरी व्याख्या

एनआरएनएका बैधानिक महासचिव डा शर्माले अबैधानिक तनाव दिन थाले

एनआरएनए अमेरिकाको सभा, उपाध्यक्ष डा के सीको धम्कि, बिधान रोक्न सर्वोच्चमा पिटिशन हुने

एनआरएनएका बैधानिक महासचिव डा शर्माले अबैधानिक तनाव दिन थाले

एनआरएनए एनसीसी अमेरिकाको चुनाव रोक्न माग गर्दै अदालतमा मुद्धा, महासचिव शर्माको संलग्नता

एनआरएनए:बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध, महासचिव शर्मामाथि छानविन गरिने

एनआरएनएले अमेरिकाको सदस्यता मात्र छानविन गर्ने कि बेलायतको पनि

एनआरएनए:हाम्रो काममा प्रश्न उठाउनेजति सबैलाई कारबाही हुनुपर्छ अध्यक्षज्यू

एनआरएनए ILO प्रोजेक्ट अनियमितताको पराकाष्ट, ९५७ जनालाई १९ लाख भुक्तानी

एनआरएनए ILO प्रोजेक्ट:७० लाखको अर्को प्रश्न, ILO ले आफ्नै अडिटर पठाउन माग

एनआरएनए ILO प्रोजेक्टको यूएइपछि एनआरएनको साउदीमा अर्को घोटाला

एनआरएनए ILO प्रकरण, एनसीसी यूएइका अध्यक्ष र उपाध्यक्ष निलम्बित

एनआरएनए ILO प्रोजेक्ट अनियमितता छानविन कमिटी नै शंकास्पद

गैरआवासीय नेपाली संघ:अनियमिततामा शून्य सहनशीलता, छानविन र अडिट दुवै गर्छु, कोषाध्यक्ष श्रेष्ठ

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय संयोजक प्रविन गुरुङको विज्ञप्ति

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय उपसंयोजक गोर्खालीको ध्यानाकर्षण

एनआरएनएको बिधान: महाधिवेशनमा १ जना मात्र उपस्थित भए पनि गणपुरक हुने

एनआरएनए महासचिव डा शर्मा विभेदकारी, भाइगिरी बढ्यो, अधिकार माथि प्रतिबन्ध

एनआरएनए:बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध, महासचिव शर्मामाथि छानविन गरिने

एनआरएनएका निरिह १३८ जना परिषद सदस्यलाइ महाधिवेशनबारे एक दर्जन प्रश्न

एनआरएनए महाधिवेशनमा प्रतिनिधिलाइ उपस्थित हुन नदिने सड्यन्त्र महासचिव डा शर्माको

एनआरएनए बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध गर्नेलाइ कारबाही हुनुपर्छ, महाधिवेशन भनेको के हो

एनआरएनएको महाधिवेशनमा २ प्रतिवेदन पास, बिधान संसोधन अक्टुवरमा मात्र

एनआरएनए महाधिवेशन: ३.०८% सहभागी, ९२% Nay, ८% Yea, अनि सर्वसम्मत

गैरआवासीय नेपाली नागरिकताको घोषणा हेर्न तलको यूट्यूब भिडियो हेरौ:

https://www.youtube.com/watch?v=rSCCyclARX8

गैरआवासीय नेपाली भनेका नेपाली मुलका बिदेशी, पिआर, ३ वर्ष भन्दा धेरै विदेश बसेका मात्र हुनुपर्छ