-यो फोटोको जस्तै मिलापको संदेशको आवश्यकता ऐलेको माग हो

NRNA:अध्यक्ष भट्टको संयोजनमा अग्रज र वर्तमान एकै एजेण्डामा उभिए भने संघमा कायापलट हुनेछ

Hollywood Khabar August 03,2019 Comments

कृष्ण के सी/अमेरिका/८/४/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं महाधिवेशन तथा विश्व सम्मेलन अक्टुवर १३-१६, २०१९ काठ्माण्डौमा हुँदैछ। चुनावी गर्मी बढ्दै गएको छ। फेसुबुकमा घोषणा आउने क्रम जारी छ।

मैले एनआरएनएबारे हलिउडखबरमा प्रमाणहरुको अध्ययन, कुराकानी र आकांक्षीहरुसंग भालाकुरासी गरे पश्चात एउटा टुंगोमा पुगेर लेख्ने गरेको छु। हल्का र नामका लागि अनि प्रचारका लागि आउनेहरुलाइ कुनै स्थान दिने गरेको छैन। अनि जसका बारे पक्का गरेर आधारहरु समेत लिएर मैले लेख्न नभ्याउँदै कुनी के के संदेश भनेर धराप थापेर बसेकाहरुले मोडिफाई पोष्ट गरेको पनि नदेखेको होइन। उसो त अमेरिकाबाटै पनि स्पन्सर मिडिया चलाएझैं आफूलाई कुल घरानियाँ मिडियाका हौँ भनेर अन्धकारमा घुँयत्रो हान्नेहरुको पनि कमि छैन।

रमाइलो कुरा त फेसबुकमा नै चुनाव जिताइदिने छोटे डनहरु सलबलाएको देख्दा त लाग्छ अब यो एनआरएनए भन्ने संस्थामा सबै उनीहरुको चल्छ। आफूलाई मनलाग्दी फ्लायर बनाएर थाहा नै नदिएर जथाभावी उम्मेद्वार घोषणा गरिदिने अनि फ्लायरको खर्च भनेर मागेको भन्ने पनि नसुनेको होइन। गत तीन दिन देखि अमेरिकामा यस्तो आतंक नै मच्चिएको छ। उनीहरुले प्रचार गरेका मध्ये त एक जना त सो पदका लागि बैधानिक रुपमा क्वालिफाइ नै छैनन।

अनि एकाथरीले भने यो पटक बाम र प्रजातान्त्रिक लडाइ लड्ने भन्दै उर्लेको देख्दा भने उदेक लागेको छ। नेपालको एक तिहाइ जनसंख्याको प्रतिनिधित्व गर्ने संस्था गैरआवासीय नेपाली संघमा यी सबै हुँदा-हुँदै, यस्तो हालत देख्दा-देख्दै अझै नपुगेर राजनैतिक रत्यौली खेल्नु जरुरी छ र ? त्यस्तो बिजयको हालत त ऐलेको भबन भट्टजीको नेतृत्वले भोगेकै कुरा हो। एकाथरी बडार्ने र अर्कोथरीले जित्ने हो भने व्यक्तिको जित र सँस्थाको भने हार हुन्छ। जस्तोको क्रान्ति गरेर जित्नेहरुको बिजयको उल्लास मनाउने भन्दा पिडा र मृत्यूको कोलाहल मच्चाउनेको भिड धेरै हुन्छ। त्यहाँ बिजय जुलुसको के अर्थ ? सबैलाई मारेर राजा बनेर को माथि शाशन गर्नु ?

यदि नेपाली काँग्रेसका समर्थकहरुले मरिमेटेर लागे भने यो गैरआवासीय नेपाली संघमा यो पटक होइन २०२१ भने एकलौटी जित्न सक्छन। तर बामपन्थी र नेपाली काँग्रेस दुवै अर्थात राजनीति भन्दा टाढा रहेका एनआरएनहरुको जनसंख्या दोब्ब-तेब्बर भन्दा धेरै छ। भारत समेत जोडेर हेर्दा नेपाल बाहिर बास्ने नेपाली मुलकाहरुको संख्या एक करोड भन्दा धेरै हुन आउँछ। भारतीय सेना र प्रहरीमा गएका नेपालीहरुको संख्या नै लाख भन्दा माथि होला। नेपालको जम्मा जनसक्ख्याको एक तिहाइ त नेपाल बाहिर छ। अब त्यो ठूलो करोडौं जनसंख्याको प्रतिनिधित्व गर्ने एउटा सरकार जस्तै नै हुन आउने संस्थामा बाम र प्रजातान्त्रिक भनेर नेतृत्व बनाउन लडियो भने सपोर्ट गर्ने सकृय संख्या १०/१५ हजार भन्दा कम हुन आउँछन। के यो उचित हो ? प्रतिशतमा भन्नुपर्दा १०% या त्यो भन्दा कम। प्रजातन्त्रमा ९०% को इच्छा ठूलो कि १०% को ?

अनि नेपाललाइ नै फेल बनाउने नेपालका राजनैतिक पार्टीका नेताको उर्दी हामीले किन मान्नुपर्ने ? उनीहरुकै पार्टीका सभासदले मान्दैनन हामी किन दास हुन लाइन बसेर हाजिरी दिन किन जिकिर गर्ने ? जब उनीहरुलाई आफ्नै पार्टी चलाउन आउँदैन, देश कसरी चलाउने त्यो जान्दैनन् भने हामीलाई के सिकाउलान ? सिङ्गापुरको भन्दा नेपालको प्रजातन्त्र पुरानो हो। ६९ बर्षमा राजनीति गरेर देशमा स्थिरता दिन नसक्नेहरुबाट के आशा गर्ने, उनीहरुलाई आदर्श किन मान्नु पर्ने ? एनआरएनका नेताहरु आफैमा सफल आदर्श छन्। दहि खाने मोही माग्ने भने झैं भएको छ। डा उमेन्द्र महतो, जिबा लामीछाने, डा शेष घले, भबन भट्ट, जमुना गुरुङ लगायत सयौं व्यक्ति आफैमा सफल आदर्श छन्। अनि उनीहरु नै एकठाउँमा बसे त कुरा गयो नि ?

चुनाव एउटा प्रजातान्त्रिक पद्धती हो। तर चुनाव भनेको अन्तिम विकल्प पनि हो, यसपूर्व सहमति खोज्नुपर्छ। नेपालको यो अवस्था र सँस्थाको वर्तमान स्थितिलाइ मध्ये नजर गर्दै यसका अग्रजहरु डा उपेन्द्र महातो, जीवा लामीछाने, देवमान हिराचन, डा शेष घले र वर्तमान अध्यक्ष भबन भट्ट अनि अरु केहि अग्रज बसेर सँस्थाको लागि एउटा सहमतिमा पुग्न सकिन्न ?

के त त्यो तर्न नै नसकिने खोला हो ? वर्तमान अध्यक्ष भबन भट्टजीले संयोजन गर्ने र अग्रजहरुले अलिकति थप जिम्मेवारी संझेर जाने हो भने त्यो कुरा कठिन होला तर असंभव भने देख्दिन।

यसलाई सफल गर्न नेपालका राजनैटिक पार्टी र तिनबाट प्रचारित व्यक्तिहरुको उपस्थिति निषेध गर्नु र उनीहरुको टिकेट स्पन्सर गर्न बन्द गर्नु पहिलो खुड्किलो हो। लाइनमा बसेका पहिलो दर्जाका उपाध्यक्ष कुमार पन्तलाइ सहमतिको अध्यक्ष दिएर बाँकी पदमा क्षमता र योगदानका आधारमा जिम्मेवारी दिने कुरा मिलाए कुनै धर्ति फाट्ने अवस्था देखिदैन। यसबाट झन् सबैतिरको प्रतिनिधिव हुने र संघमा सबैको सकृयता बढ्ने देखिन्छ।

वास्तवमै भन्ने हो भने सधै नेतृत्वमा पुग्नेहरुका लागि काम गरिदिनुपर्ने, मिलाई दिनुपर्ने, भनिदिनु पर्ने, लेखिदिनु पर्ने र गल लगाएर गति दिनुपर्ने अनि मृत्त झैं भएकाहरुलाई सास भरेर बेलुन झैं उडाइ दिनुपर्ने काम गर्ने एकाथरी व्यक्तिहरु संघमा पछाडी परेका छन्।

यदि मैले भने झैं भगवानले आशिर्वाद दिए भने, बार्षिक रुपमा अक्टुवर ११ मा NRN Day भन्दै पशुपति र स्वयंभूमा भगवानको पूजाको लागि लाइन लाग्ने हामीहरुलाई त्यो ज्ञान खुल्यो भने कुराले कोल्टे फर्न सक्छ। यो पटकको पुजा झनै आशिर्वाद्पूर्ण हुनेछ। यदि प्रसंगले कोल्टो फेर्यो भने, फ्लाइट टिकेट मागेर नेता हुन पुगेकाहरुको फर्कने टिकेट पनि रद्द नहोला भन्न सकिनन्। फेसबुकका छोटे डन र फलानासँग महत्वपूर्ण बिषयमा छलफल भनेर फोटो पोष्ट गर्नेहरुको हैसियत हेर्न लायकको हुनेछ। मेरो उनिहरुसंग लडाइ होइन घृणा छ।

मैले आकांक्षी र योगदान दिनेहरुको मोटा-मोटी लिष्ट बनाएको छु। सबैको माग रहेछ र धेरैलाई भाग पनि पुग्ने रहेछ। यसबाट अग्रजहरुलाई खुशी मिल्ने छ, अध्यक्ष भबन भट्टजीले आफैले घोषणा गरेझै संस्था सहि हुनेछ। बल्ल सँस्था सबैको लागि प्रतिनिधिमूलक हुनेछ भन्ने मेरो विश्वास छ। के यतातिर ध्यान जाँदैन त ?