-NRNA:अधिकाँस काँग्रस नेता कुमार पन्ततिर, कुल आचार्यको नाममा नेपाली काँग्रेस हार्दै

NRNA:अधिकाँस काँग्रस नेता कुमार पन्ततिर, कुल आचार्यको नाममा नेपाली काँग्रेस हार्दै

Hollywood Khabar October 14,2019 Comments

कृष्ण के सी/काठमाडौं/१०/१६/१९

गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्षका प्रत्यासी कुमार पन्तलाइ नेपाली काँग्रेसका अधिकांस प्रभावशाली नेताहरुले समर्थन गरेका छन्।

एनआरएन को ९ औं अधिवेशन सुचारु छ। आज अक्टुवार १६ मा हुने निर्वाचनमा ८१ देशका २६५६ प्रतिनिधिहरुले नेतृत्वको लागि मतदान गर्नेछन।

नेपाली काँग्रेसका केहि बिचौलीयाहरुले पार्टीको उम्मेदवार बनाउने भनेर पार्टी सभापति शेर बहादुर देउबालाइ गलत सूचना दिए। वास्तवमा त्यो कुरा एनआरएन जस्तो सँस्थामा अबैधानिक हुँदा-हुँदै पनि व्यक्तिगत इगोले गर्दा राजनैतिक लडाइमा पार्टी लगेर होमेका छन्। यसको परिणाम अब हारको भागीदार पनि नेपाली काँग्रेस पार्टी हुने भएको छ।

अक्टुवर १५ को राती गरिएको प्रतिनिधिहरुको समर्थनको गणना अनुसार कुमार पन्तको जित सुनिश्चित भएको छ। पन्तले कम्तिमा ६५% देखि ६९% र उच्चतममा ७०% भन्दा माथि प्रतिशत मतको फरकले बिजय हासिल गर्ने देखिएको छ। पन्त आफैंमा १५ वर्ष निरन्तर संघमा विभिन्न जिम्मेवारी पुरा गर्दै आएका व्यक्ति हुन्। दुइ-दुइ पटक उपाध्यक्ष भएका पन्त आफैंमा अध्यक्ष हुन सक्षम व्यक्ति पनि हुन्। उनका सहकार्य गर्ने अन्य उम्मेद्वारहरु हिक्मत थापा, सपिला राजभण्डारी र सोनाम लामा, महासचिवका उम्मेद्वार डा हेमराज शर्मा, कोषाध्यक्षका उम्मेदवार महेश श्रेष्ठ जस्ता व्यक्तिहरु नेपाली काँग्रेस समर्थक र हस्ती नै हुन्।

यति मात्र होइन नेपाली जनसम्पर्क समितिका महुमत प्रतिनिधिहरु कुमार पन्तका समर्थक छन्। धेरैले त टि-सर्ट र ब्यानर नै लिएर पन्तलाइ मत माग्दै हिंडेका छन्। नामै लिएर एक-एक गणना गर्दा पनि २० भन्दा धेरै नेकाँ समर्थक उम्मेदवारहरु पन्ततर्फ रहेका छन्। उनीहरुमध्ये धेरै त नेपाली कंग्रेसको दुइ-दुइ पटक महासमिति सदस्य भएकाहरु पनि छन्। ति व्यक्तिहरु हावाका भरमा पन्ततिर गएका होइनन पन्त आफैंमा सक्षयम भएका कारण गएका हुन्।

अन्तिम ४ दिनमा भएको पटक-पटकको भेटघाट र जानकारी लिने क्रममा नेपाली काँग्रेस सभापति शेर बहादुर देउवाका नजिक रहेका नेताहरुको सुझबुझले नयाँ मोड लिएको छ। आफैं १७ पटक प्रधानमन्त्री हारेका नेता रामचन्द्र पौडेल र केहि उनका पछौटेहरुको जिद्धिका कारण सिङ्गो नेपाली काँग्रेस पार्टीलाइ एनआरएनको निर्वाचनमा राजनैतिक रङ्गमा होमेको हो। त्यसैले अब हारको भागीदार पनि सिङ्गो नेपाली काँग्रेस हुनु पर्ने भएको छ।

यो पंतिकारको रोहबर र आफै भएको कुराकानीमा नेकाँका धेरै नेताहरुले यो निर्णय गलत भएको भनेका छन्। सिङ्गो पार्टी अनावश्यक हारको भागिदार हुन नहुने भन्दै आफूहरुको समर्थन कुमार पन्त र उनीसंग सहकार्यमा रहेका नेपाली काँग्रेस समर्थक उम्मेद्वारहरुलाई हुने कुरा बताएका छन्।