-गैरआवासीय नेपाली संघ स्पेनको कोभिड १९ राहतको इतिवृतान्त

गैरआवासीय नेपाली संघ स्पेनको कोभिड १९ राहतको इतिवृतान्त

Hollywood Khabar June 23,2020 Comments

भोला लामीछाने/स्पेन,बार्सिलोना/६/२३/२०

गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद (एनआरएनए एनसीसी) स्पेनको बार्सिलोनामा रहेको कार्यालयमा संघले कोविड-19 बाट पिडितहरूको लागी खाद्यान्न सामाग्री वितरण गर्दै थियो। सोहि समयमा राईट नेपाल मिडियाले त्यहाको वस्तुस्थिति बुझेर संघका पदाधिकारीहरूसँग कुराकानी गरेको छ।

पिडीतका लागी राहत वितरण गर्न प्रत्येक सोमबारको साँझ ५ वेज देखी ८ बजे सम्म छुट्याईएको समयमा पुग्दा कोषाध्यक्ष गोविन्द तिमील्सिना, सदस्य विदुर गौतम, अर्का सदस्य शालिकराम डुम्रे (राहत वितरण संयोजक) यो भोला लामीछाने र हाम्रो नेपाल हामी नेपाली सामाजिक संस्थाका अध्यक्ष सन्त बहादुर क्षेत्रीलाई स्वागत गर्दै कार्यालयमै आई संघले गरेका गतिविधिहरूको चासो राखेकोमा धन्यवाद ब्यक्त गरे।

केही समय पछी संघका मनोनीत सल्लाहकार अर्जुन आचार्य संघको कार्यालयमा प्रस्थान गरे। एनआरएनए एनसीसी संघले स्पेनमा कानुनि अड्चन भएका, आपत परेका, एनआरएनए एनसीसी पदाधिकारीहरूसग सम्पर्कमा आएका र एनआरएनए एनसीसी कार्यालयमा राहतको लागी आउने जो कोहीलाई पनि रित्तो नफर्काएको दोस्रो चरणको राहत वितरण गर्दैगर्दाको स्थिती उनले बताए।

पहिलो चरणमा गरिएको राहत वितरणको बारेमा बुझ्दा अध्यक्षज्यूको पसलबाटै राहत वितरण गरिएको थियो। त्यो समयमा नेपाली जनसम्पर्क समिती स्पेन एनआरएनए एनसीसी संग-सगै मिलेर एकद्वार प्रणालीबाट राहत वितरण नगरी आफै कस्सिएको थियो। एनआरएनए एनसीसी स्पेनको दोस्रो चरणको राहतमा आईपुग्दा जनसम्पर्क समिति पनि समेटिएको थियो। यो क्रममा एनआरएनए एनसीसी स्पेनले अप्रिल १, २०२० देखि बितरण गर्ने भनिएको राहत वितरण गर्न सकेन। यसको मुख्य कारण भनेको बैठक बस्दै समय बितेको र बैठकमा राहत कमिटीमाको कुन-कुन पदमा रहने भन्ने निचोड निकाल्दैमा बैठक गर्दै ढिलो गरिएको बताईएको छ।

पहिलो चरणमा एनआरएनए एनसीसी स्पेनले १२० जनालाई खाद्यान्न राहत बितरण गरेको संयोजकले बताए। एक जनालाई पाच किलो लार्गो (सस्तो चामल) चामल दुई केजी दाल, सहीत एक लिटर तेल, नुन एक प्याकेट, पास्ता १ पिस गरेर वितरण गरिएको उनले बताए।

दोस्रो चरणमा ८५ जनालाई राहत बितरण गरिएको छ। तर यी ८५ जना पहिलो चरणमा राहत पाउने १२० मध्य पिडितहरू नै दोहोरिएका हुन। संघले आफ्नै कार्यालयबाट राहत वितरण गर्न भने पछि त्यही नजिकका पिडितहरूले मात्र पहिलो दोस्रो र तेस्रो पटक सम्म दोहोर्याएर राहत लगेको संयोजक शालिक राम डुम्रेले बताए। यो क्षेत्रीय समितीहरू बाहेकको हिसाब हो उनले थपे।

यसैगरी फुन्दासियो बांक डेल्स आलिमेन्स् (खाद्यन्न राहत संस्था) स्पेनिस संस्थाबाट सहयोग १ सय जना ब्यक्ति तथा २० बालबालिकाका लागि सबै खाद्यान्न समाग्रीहरु समेत एनआरएनए एनसीसी स्पेनमार्फत नै बितरण गरिएको भनेर एनआरएनए एनसीसीले सुचना दिएकोबारे कोषाध्यक्षले करिब करिब १० जना जतीलाई मात्र बितरण गरिएको बताएका छन्।

राहतको यातायात समितीले घरघरमा पिडितहरूका लागी जोखीम मलेर राहत वितरण गर्न सक्दैन, लक डाउनको समयमा कोही बाहीर निस्कने अवस्था थिएन। त्यस कारण हामीले राहत घरघरमा लगेर वितरण गर्न नसकेका हौ। संचारमा आएको ट्रेन पासको कुरा टिकट दोहोरो तर्फको ४ यूरो ७० सेन्ट (एक जोन) को लाग्छ। यो सत्य हो तर हामीले त्यो अफ्ठ्यारो समयमा सहज गर्न सकेनौ। ब्यबस्थापन समितीको पहिल्यै बैठकले निर्णय गरिसकेकोले हामीले केही परिवर्तन गर्न सक्ने वातावरण तयार नभएको चाही हो। वितरण संयोजक डुम्रेले बताए ।

यसैगरी आजका मितीसम्म कती राहत वितरण गरियो, आर्थिक पाटोको बारेमा प्रश्न गर्दा यो बिषयमा छिटै समितीको बैठक बसेपछि हामीले एनआरएनए एनसीसी स्पेनको फेसबुक पेजबाट सार्वजनिक गर्नेछौ। केही समय धैर्य गर्नुहोस। संघकै कोषाध्यक्षको यस्तो जवाफ पछि हामी फर्कियौं।