-NRNA:अमेरिकाको डेलिगेट्सको छानविन गर्न क्षेत्रीय आरसी जोशीको छानविन कमिटी

NRNA:अमेरिकाको डेलिगेट्सको छानविन गर्न आरसी जोशीको छानविन कमिटी

Hollywood Khabar September 26,2019 Comments

कृष्ण के सी/अमेरिका/९/२७/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाले संघको बिश्व सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशनका लागि गरेको डेलिगेट्स छनोटप्रति ब्यापक असन्तुष्टि बढेको छ।

यसै बिषयलाई लिएर संघका अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक गौरी जोशीले प्रेस बिज्ञप्ति नै जारि गरेका छन्। जोशीको बिज्ञप्तिको पूर्णपाठ:

प्रेस बिज्ञप्ती

आदरणीय अमेरिकाबासी गैर आवासीय नेपाली दिदीबहिनी तथा दाजुभाईहरु,

सर्व प्रर्थम यहॉंहरु सबैलाई मेरो तर्फबाट हार्दिक नमस्कारको अभिवादन ब्यक्त गर्दछु।

यतिखेर हामी गैरआवासीय नेपालीहरु आफ्नो साझा संस्था अन्तराष्ट्रिय समन्वय परिषदको नवौं सम्मेलनको पुर्व सन्ध्यामा छौ। आफ्ना प्रतिनिधीहरु मार्फत हरेक संघ संस्थाको नयॉं नेतृत्व चयन हुने बिश्वब्यापी सर्वमान्य प्रजातान्त्रिक मान्यता र प्रचलन नै हो।

गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको आगामी ओक्टुवर १५-१७ काठमाण्डौमा सम्पन्न हुने अन्तराष्ट्रिय सम्मेलनमा अमेरिकाको तर्फबाट सहभागी हुने प्रतिनिधी छनौटका सम्बन्धमा हामिले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाका जिम्मेवार पदाधिकारी र सिंगो संस्थालाई संघले तोकेको मापदण्ड, बिधी, निर्णय र प्रक्रियाका बारेमा पटक पटक जानाकारी र अनुरोध गरेकै हो।

तर हाम्रो दुर्भाग्य अन्तराष्ट्रिय समन्वय परिषदको मापदण्ड, बिधि बिधान र निर्णय बिपरित प्रतिनिधी छनौट गरी बाहिर निकाली सकेपछि मात्र हामीले थाहा पाउनु पर्ने बाध्यता गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका र यसमा संलग्न रहि लामो समय देखि काम गर्दै आउनु भएका तपाई हामी सबैका निम्ति एउटा अस्वाभाविक र दुखद् घटना हो।

म यस अमेरिकाज् क्षेत्रको क्षेत्रीय संयोजकको हैसियतले संस्थाको पारदर्शिता, बिश्वशनियता र अन्तराष्ट्रिय समन्वय परिषदले निर्धारण गरेको मापदण्ड, बिधान र यस अघि गरिएका निर्णयहरुको अक्षरस पालना गर्नु र गराउनु मेरो पहिलो महत्वपुर्ण कर्तब्य र दायित्वबाट बिमुख रहन सकिन।

त्यसैले संघको बिधान, यस पुर्व भएका निर्णय र मापदण्ड बिपरित प्रतिनिधी छनौट गरिएकाले गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य श्री प्रकाश सापकोटाज्यूको संयोजकत्वमा निम्न तल उल्लेखित सदस्यहरु रहेको जॉंचबुझ, छानबिन तथा पुन:सिफारिस समिति गठन गरेको ब्यहोरा यसै बिज्ञप्ति मार्फत जानाकारी गराउँदछु।

साथै उक्त समितिले भोलीको मिति देखि पॉंचदिन भित्र प्रतिनिधी छनौटमा प्रक्रियामा भएका त्रुटीलाई पुनरावलोकन गरी हाम्रो संघले निर्धारण गरेको मापदण्ड बमोजिम प्रतिनिधी छनौट गरी अमेरिकाज् क्षेत्रीय संयोजकलाई पठाउनु हुन हार्दिक अनुरोध गर्दछु।

हाललाई यस बारेमा थप निर्णय र निर्देशन नआए सम्म कुनैपनि प्रक्रिया अगाडी नबढाउनु हुन गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकालाई यसै मार्फत निर्देशन गरिन्छ।

  • श्री प्रकाश सापकोटा (संयोजक) सदस्य, गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद,
  • श्री धर्म भट्टराई (सदस्य) सदस्य, गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद,
  • श्री राजन त्रिपाठी (सदस्य) सदस्य, गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद,
  • श्री जेदू पोख्रेल (सदस्य) सदस्य, गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद,
  • श्री प्रमोद सिटौला (सदस्य) सदस्य, बिधान समिति गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद,

बोधार्थ:-

श्री भवन भट्ट

(अध्यक्ष)

गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद,

श्री सुनिल कुमार साह

(अध्यक्ष)

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद,अमेरिका

गौरीराज जोशी

(क्षेत्रीय संयोजक)

अमेरिकाज् क्षेत्र