-एनआरएनए एनसीसी चिलीको निर्वाचन लुटियो, भर्बल भोटको लागि चुनौती

एनआरएनए एनसीसी चिलीको निर्वाचन लुटियो, भर्बल भोटको लागि चुनौती

Hollywood Khabar July 31,2021 Comments

अमेरिका, अगष्ट १, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद् (एनआरएनए एनसीसी) चिलीको स्थापना २०१६ मा भएता पनि निर्वाचन भने २०२१ मा पहिलो पटक भएको हो।

१६५ जना पंजीकृत सदस्य एमआइएसबाट बनाएर निर्वाचनमा गएको द अमेरिकाज (उत्तर र दक्षिण अमेरिका) क्षेत्रमा पर्ने चिलीमा पहिलो पटक अनलाइनबाट निर्वाचन भएको हो। निर्वाचनको लागि कुन भेण्डर हो थाहा नै नदिएर जुलाई ३१ मा गरिएको अनलाइन भोटिङ्गमा भोट गरेको उल्टो नतिजा हतार-हतार निर्वाचन नै सम्पन्न नहुँदै पब्लिक गराइएको थियो हो।

खसेको मतमा एकलौटी रुपमा भोटको ठीक उल्टो नतिजा आएपछि पिडित पक्षले त्यसलाई नमान्ने भन्दै संघका अध्यक्ष कुमार पन्तलाइ पत्र पठाएका छन्। साथै उनीहरुले जुममा आएर आफ्नो मेम्बर आइडी भन्दै भर्बल भोट गर्न तयार रहेको चुनौती दिएका छन्।

 

निवेदनको कपि:

३१ जुलाई २०२१

श्रीमान् अध्यक्ष ज्यू

गैरआवासीय नेपाली संघ

काठ्माण्डौ, नेपाल

बिषय-एनसीसी चिलीको निर्वाचन तेश्रो भेण्डरबाट पारदर्शी रुपमा पुन:गराइयोस

महोदय;

उपरोक्त बिषयमा, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद् चिलीको स्थापना २०१६ मा भएता पनि निर्वाचन भने २०२१ मा पहिलो पटक भएको हो।

जुलाई ३१, २०२१ मा भएको निर्वाचनमा यहाँको इलेक्शन भेण्डर नै को हो थाहा नभएको स्थति हो। आएको लिंक स्मार्ट एनआरएनए भनेर आउने, सो लिंकमा गडबडी गरेर निर्वाचनको नतिजा नै अनर्थ र उल्टो गर्दै एकातर्फी रुपमा ल्याइएको छ।

निर्वाचनपछि अप्रत्यासीत रुपमा, एकातर्फी रुपले निर्वाचन नतिजा उल्टो परिणाम गरेर, धाँधली गरेर प्रकाशति गरिकाले यो नतिजा हामीलाई स्वीकार छैन। १६५ जना जम्मा पंजीकृत सदस्यमा लुकीछिपी मतदान अन्यत्रबाट गराएर निर्वाचनको फर्जी नतिजा ल्याइएकाले यो जातिजा हाम्रो लागि स्विकार्य छैन।

त्यसैले यहाँको निर्वाचन पारदर्शी रुपमा संघ भन्दा अन्य भेण्डरबाट पुन: गराइनुपर्छ भन्ने निवेदन गर्दछु। अन्यथा हामी जुमभिडियोमा आएर, सबैसामु, संचारकर्मी र संघका जिम्मेवार व्यक्तिहरु समेतको उपस्थितिमा प्रत्यक्ष रुपमा आइडी नम्बर भन्दै, हात उठाएर भर्बल भोट गर्न पनि तयार छौं। सो भर्बल भोटमा नतिजा जे आउँछ त्यसको लागि हामी स्वीकार गर्न तयार छौ।

यो निर्वाचन पुन:गराइयोस अथवा हाम्रो चुनौती स्वीकार गरेर जुममा आएर भर्बल भोटको लागी तयार हुनुपर्यो।

 

निवेदक

 

अध्यक्षक अप्रत्यासी रामजी लामिछाने

महासचिवका प्रत्यासी श्याम गाहा

कोषाध्यका प्रत्यासी गुरुदत्त सापकोटा

युवा संयोजक प्रत्यासी गिरिराज पाण्डे

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद्, चिली

 

जानकारीको लागि:

१. राजन त्रिपाठी, क्षेत्रीय संयोजक, अमेरिकाज

२. राम पोख्रेल, क्षेत्रीय उपसंयोजक, अमेरिकाज