-एनआरएनए एनसीसी साइप्रसको ९ औं महाधिवेशन जुलाई १८ मा निर्वाचन कार्य तालिका सहित

एनआरएनए एनसीसी साइप्रसको ९ औं महाधिवेशन जुलाई १८ मा निर्वाचन कार्य तालिका सहित

Hollywood Khabar June 08,2021 Comments

युरोप, साइप्रस, जुन ९, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) साइप्रसको ९ औं राष्ट्रिय महाधिवेशन जुलाई १८, २०२१ आइतबार हुने भएको छ।

एनआरएनएको युरोप क्षेत्रमा पर्ने देश साइप्रसको ९ औं राष्ट्रिय महाधिवेशन जुलाई १८, २०२१ आइतबार गर्ने निर्णय जुन ६, २०२१ को बैठकले गरेको छ। एनआरएनए एनसीसी साइप्रसको निकोसियामा बसेको उक्त बैठक उपाध्यक्ष अन्तेश राउतको अध्यक्षतामा बसेको थियो। बैठकले २०२१-२०२३ कार्यकालको लागि नेतृत्व समेत चयन गर्नेगरी सो महाधिवेशनको तयारी सुरु गरिएको कुरा जनाएको छ।

एनआरएनए एनसीसी साइप्रसका प्रवक्ता दिनेश गौतमले दिएको जानकारी अनुसार महाधिवेशनको कार्यतालिक यस प्रकार छ:

  1. सुरेश कुमार साहलाइ निर्वाचन कमिटीको प्रमुखमा मनोनयन गरिएको छ
  2. एनआरएनए सदस्यता एमआईएस सिष्टमबाट गत मे २१ देखि जुन २१, २०२१ सम्म एक महिनाको लागि खुलाइएको थियो। समितिको अर्को बैठकले जुन २७, २०२१ सम्मको लागि म्याद थप गरेको छ।
  3. जुन २८ देखि ३० सम्म पंजीकृत सदस्यहरुको नामावली प्रकासन, नाम सच्चयाउने र दावी-बिरोध गर्ने
  4. जुलाई २ देखि १२, २०२१ सम्म उम्मेदवारी दर्ता
  5. जुलाई १३ देखि १५ सम्म दाबी विरोध
  6. जुलाई १६, २०२१ उम्मेदवारहरुको अन्तिम नामावली प्रकासन
  7. जुलाई १८, २०२१ मा राष्ट्रिय महाधिवेशन र नयाँ नेतृत्व चयन गर्ने

एनआरएनए एनसीसी साइप्रसका लागि निम्न पदहरुमा निर्वाचन हुनेछ:

  1. अध्यक्ष -१
  2. उपाध्यक्ष -२ जना (१ जना महिला)
  3. महासचिव -१ जना
  4. कोषाध्यक्ष -१ जना
  5. युवा संयोजक - १ जना
  6. महिला संयोजक- १ जना
  7. सदस्य -७ जना