-कोभिड १९ संकटकालमा एनसिसि हङकङका गतिविधिहरु

NRNA:कोभिड १९ संकटकालमा एनसिसि हङकङका गतिविधिहरु

Hollywood Khabar April 08,2020 Comments

बिश्वब्यापी रुपमा फैलिएको कोरना भाइरस (कोभिड १९) का कारण बिश्वकै मानवजाती माहामारीको चपेटामा परिरहेको छ।यसै क्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनसिसि हङकङ) मार्फत कोरना बिरुद्द लड्नका लागि नेपाल सरकारलाई सके जति सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै हङकङमा रहेका छन्।

नेपालीहरुलाई यो माहामारीबाट बचाउन एनसीसीले गर्नु पर्ने काम, सचेतनामुलक कार्यक्रमहरु, साबधानी बारे समुदायलाई जानकारी र नेपालीहरुको अवस्था बारे सर्कुलर गर्न एनसीसी हङकङले निम्न अनुसारको गतिविधिहरु गरेको छ ।

१) एनसीसी हङकङले २४ फेब्रवरी २०२० को दिन ७००० (सात हजार) प्रति मास्क र ३०० वटा हेन्ड सेनिटाईजर मुख्य त स्थानीय समुदाय र नेपाली समुदायलाई वितरण गर्यो।

२) नेपालीहरुको मुख्य बस्ति रहेको विभिन्न ९ स्थानमा कार्यसमितिको एक सदस्य सम्पर्क व्यक्ति तोकी नेपाली समुदायलाई कोरोनाबाट जोगिन सुसुचित गर्ने तथा आपतकालीन अबस्थामा सहयोग गर्न जिम्मेवारी दिइएको छ ।

३) कोरोना भाइरस नियन्त्रणमा हङकङले के कसरि नेपाल (मातृभूमि) लाई सहयोग गर्न सकिन्छ भनि अध्यन गर्न ५ जनाको कोभिड-१९ सहयोगबारे अध्यन समिति बनाई अध्यन गर्ने जिम्मेवारी दिइयो थियो र समितिबाट सुझाब प्राप्त गरियो।

४) यो महामारीको बेलामा कोभिड – १९ नियन्त्रण सहयोगबारे अध्यन समितिले रु ७५०,००० (सात लाख पचार हजार) बराबरको ४००० (चार हजार) वटा केएन ९५ मास्क र ५० (पचार) वटा इन्फ्रारेड थर्मोमिटर नेपाललाई दिदा उपयुक्त हुन्छ भन्ने प्रस्ताब एनसीसी, संरक्षक र सल्लाहकारहरुले सर्बसम्मत पारित गर्यो र तपसिल बमोजिमका समान आइसिसि मार्फत छिट्टै नै गोङ्गझाओ कन्सुलेटमा बुझाइने छ।

५) कोरना विरुद्ध लड्न एनसीसीले कोभिड-१९ आपतकालीन कोष खडा गरि रकम संकलन गर्ने काम सुरु गरेको छ l

माथी उल्लेखित गतिविधि र यस्तै कार्यहरुलाई एनसीसीले निरन्तरता दिदै कोभिड-१९ बाट सुरक्षित हुनको लागि एनसीसी हङकङले सम्भब भए सम्मका कार्यक्रमहरु गर्ने र नेपाली समुदायलाई सुरक्षित राख्न सहयोग गर्ने कार्य जारी राखेको छ।