-एनआरएनए एनसीसी साउदी अरबको कोभिड १९ संबन्धि गतिबिधि र रिपोर्ट जुन पहिलो हप्ता

एनआरएनए एनसीसी साउदी अरबको कोभिड १९ संबन्धि गतिबिधि र रिपोर्ट जुन पहिलो हप्ता

Hollywood Khabar June 05,2020 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वया परिषद (एनआरएनए एनसीसी) साउदी अरबले कोभिड १९ ब्यबस्थापनका लागि गरेका गतिबिधि र कोभिड १९ संक्रमतिहरुको जानकारी यहाँ जानकारीको लागि जारी गरिएको छ।

एनआरएनए एनसीसी साउदी अरबले कोरोना महामारिका कारण साउदी अरबमा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा अप्ठ्यारोमा परेका धेरै नेपालीहरु पीडित हुन पुगेको खबरहरु र गुनासोहरु संस्थामा आउने क्रम बढ्दो छ।

हाल सम्म साउदी अरबमा ९५,७४८ जना संक्रमित भएका छन भने। मृत्‍यु हुनेको संख्या ६४२ रहेको छ। संक्रमित हुने नेपालीहरुको संख्या १३६४ पुग्नुको साथै ९ जना नेपाली नागरिकको कोरोनाकै कारण ज्यान गएको पुष्टी भएको पछील्लो अवस्था हो। बिभिन्न सन्जाल तथा व्यक्ति मार्फत संक्रमित नेपालीको संख्या अझै बढेको बारे खबरहरु आएता पनि हाल सम्म सम्बन्धित निकायबाट पछिल्लो आधिकारिक खबर प्राप्त भएको छैन।

यो साता थप ३१ जना पीडितलाई खाद्यान्न उपलब्ध गराउनुको साथै हाल सम्म एनआरएनए एनसीसी साउदी अरब समक्ष आएका ३१२ जना पीडितहरु थिए। उनिलाई यहाँ स्थित नेपाली कुटनितिक नियोगहरुसंग समन्व्य र पैरवी पहल गर्दै तत्कालका लागि खाद्यान्न बितरण गर्दै आएको ब्योहरा सबैमा जानकारी गराउंछौँ। साथै ३०० भन्दा बढी पीडित संख्यामा आएका गुनासोहरु नेपाली राजादुताबास र महावाणिज्य दुताबस संग समन्वय गरी दुताबासको पहलमै समाधान र उध्दारमा कानुनी उपचार द्वारा समाधान भएका छन्।

साउदीका हरेक क्षेत्रका क्षेत्रीय समिती तथा स्थानिय समितिहरुलाई प्रत्येक हफ्ता पालैपालो जोडदै लैजाने पूर्व योजना अनुसार ५ जुन २०२० का दिन बसेको बैठकमा एनआरएनए एनसीसीका सम्पूर्ण पदाधिकारी, सल्लाहकार परिषद, आइसिसी पदाधिकारी लगायत मध्यक्षेत्र रियाद र अलकासिम क्षेत्रका क्षेत्रीय समितिहरुको उपस्थिती रहेको थियो।

बैठकमा उपस्थित सम्पूर्ण बक्ताहरुको चासोको बिषय चैं जती सक्दो छिटो साउदीमा फसेका नेपालीहरुलाई सरकारले स्वदेश फिर्तिको प्रबन्ध मिलाउनु पर्ने माग थियो। स्वदेश फर्काउने सरकारको तिब्र तयारी रहेको जानकारी प्राप्त भएतापनी साउदी अरबको लागि उडानको मिती नतोकिएको कारण अझै अन्योलता रहेको वक्ताहरुको ठहर थियो।

स्वदेश फर्किन पाउं भन्दै हाल सम्म झन्डै १० हजार भन्दा बढी नेपालीहरुले साउदी अरबमा रहेको नेपाली राजादुताबास रियाद र नेपाली महावाणिज्य दुतावास जेध्दामा निवेदन परेको छ। जसमा ६ हजार ५ सय पीडितहरु रोजगारी गुमाएका, बहिर्गमन भएर बसेका, भिजिट भिसामा आएका, नेपालमा आफन्त गुमाएका जस्ता उच्च प्राथमिकताका रहेका छन जसलाई सरकारले यथा शिघ्र स्वदेश फिर्ता लैजानु पर्ने बैठकको निस्कर्ष रहेको थियो।

साउदी अरबको बिभिन्न स्थानमा कोरोनाबाट प्रभावित नेपालीहरुको अवस्था,नेपाली कामदारहरुको जिबन रक्षा,स्वदेश फिर्ती साथै तत्कालका लागि पीडितहरुलाई मानवीय राहत सहयोग गर्दै साउदी अरब स्थित नेपाली राजदुताबास रियाद तथा महावाणिज्यदूतावास जेध्दा बिच समन्वयको छैटौं हफ्ता पार गरिसकेका छौं। यसलाई हाम्रो स्रोत साधनले भ्याएसम्म निरन्तरता दिने प्रतिबध्दता जनाउंदै।

साउदीमा अलपत्र परेका पीडितहरुलाई यथा शिघ्र उचित ब्यबस्थापनाका साथ स्वदेश फिर्ता गर्नको निम्ती नेपाल सरकार तथा सम्बन्धित सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउन चाहन्छौं।

बिष्णु न्यौपाने

प्रवक्ता

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वया परिषद साउदी अरब

जुन ६, २०२०