-एनआरएनए अमेरिकाको १० औ साधारणसभा, प्रमुख अतिथि राजदूत डा खतिवडा

एनआरएनए अमेरिकाको १० औ साधारणसभा, प्रमुख अतिथि राजदूत डा खतिवडा

Hollywood Khabar July 02,2021 Comments

गैरआवासीय नेपाली नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिका को १० औं साधारणसभा जुलाई ३-४, २०२१ न्यूयोर्कको शेराटन होटलमा हुँदैछ।

अमेरिकाको लागि नेपालका महामहिम राजदूत डा युवराज खतिवडाको प्रमुख आतिथ्यतामा एनआरएनए एनसीसी अमेरिकाको १० औं साधारणसभा न्यूयोर्कको शेराटन होलतमा हुँदैछ। एनआरएनए अन्तराष्ट्रिय परिषदका उपाध्यक्षहरु डा बद्रि के सी, सोनाम लामा, रबिना थापा र सचिव गौरी जोशी समेत उपस्थित भैससक्नु भएको छ।

कार्यक्रम अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा युवराज खतिवडाको प्रमुख आतिथ्यतामा उद्घाटन सत्रबाट सुरु हुनेछ।

त्यसपछि नयाँ निर्वाचित भएका ५० मध्ये २९ राज्य च्याप्टर, एनआरएनए एनसीसी अमेरिकाको कार्यसमिति सबैलाई एकैपटक सपथ ग्रहण तथा पदभार ग्रहण गराइनेछ।

दोश्रो शेशन बन्दसत्रमा सांगठानिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछन। दुवै प्रतिवेदनहरु इमेलबाट सम्पूर्ण पंजीकृत सदस्य तथा प्रतिनिधिहरुलाई पठाई सकिएको छ। त्यसैले त्यसमा खासै समय खर्च हुनेछैन। अन्तिममा बिधान संसोधन मस्यौदा प्रस्तुत र छलफल हुनेछ। जुलाई ४ मा नयाँ निर्वाचितहरुको फिजीका बैठक, योजना तर्जुमा, मनोनयन हुनेछ।