-एनआरएनए अमेरिकाको सभा, उपाध्यक्ष डा के सीको धम्कि, बिधान रोक्न सर्वोच्चमा पिटिशन हुने

एनआरएनए अमेरिकाको सभा, उपाध्यक्ष डा के सीको धम्कि, बिधान रोक्न सर्वोच्चमा पिटिशन हुने

Hollywood Khabar July 06,2021 Comments

कृष्ण के सी, अमेरिका, जुलाई ६, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको १० औं साधारणसभामा भएको विवादको बिषयलाइ लिएर सामाजिक संजाल, संचार र अन्य क्षेत्रमा आएका कुरालाइ लिएर सबैको ध्यानाकर्षण भएको छ।

न्यूयोर्कमा प्रवासी एकता मंच अमेरिका र एमाले प्रवासी मंचले आयोजना गरेको लन्च कार्यक्रममा आइसीसी उपाध्यक्ष डा बद्रि के सीले अमेरिकाको २५% प्रतिनिधि रोकिदिने धम्कि दिएको कुरा आएको छ। के यो सत्य नै हो त ? जब कुनै कुरा उठ्छ तब त्यसबारे जानकारी पाउने अधिकार सबैलाई हुन्छ।

एनआरएनए एनसीसी अमेरिकाले जुलाई ३-४, २०२१ मा आफ्नो १० औं साधारण सभाको आयोजना गरेको थियो। न्यूयोर्कको शेराटन होटलमा आयोजित कार्यक्रममा अमेरिकाका लागि नेपालका महामहिम राजदूत डा युवराज खतिवडा प्रमुख हुनुहुन्थ्यो।

कार्यक्रमबारे:

  • १. केहि ढिला गरेर सुरु भएको कार्यक्रममा कार्यक्रमको स्क्याजुल बितरण गरिएको थिएन। केवल ३ एजेण्डामा मात्र थिए। उद्घाटन, महासचिवको प्रतिवेदन र आर्थिक प्रतिवेदन बिधान संसोधनको मस्यौदा।
  • २. सुरुमा निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदभार ग्रहण राखिएता पनि पछि त्यसलाई हटाइएको थियो। त्यसको कारण पछिमात्र थाहाभयो। संघका अन्तराष्ट्रिय महासचिव डा हेमराज शर्मा र सचिव गौरीराज जोशीको सुनियोजित रुपमा सपथ गर्न नदिने निर्देशन रहेछ। त्यसलाई निवर्तमान अध्यक्ष सुनील साहले पनि मान्दै जानुभयो।
  • ३. उद्घाटन सत्र सकिन लाग्दा, कुनी के अवार्ड कमिटीको केहि व्यक्तिलाइ अवार्ड गर्ने भनेर डेढ घण्टाको समय कटाइयो।
  • ४. सचिव गौरी जोशीले हल्ला र हुल-दङ्गा गर्नको लागि बोलाएका केहि व्यक्तिहरुले आफ्नो हर्कत देखाउँदै थिए। रक्सीले मातेर हो-हल्ला गर्ने सचिव जोशीका व्यक्तिहरु लवी, हलवेमा अपशब्द बोलेर वातावरण उत्तेजित देखाउन लागि परेका थिए। यसमा कार्यसमितिकै केहि व्यक्ति, ३ जना आइसीसी सदस्यहरु पनि थिए।
  • ५. उनीहरुबाट एनसीसी अमेरिकाको निर्वाचित कार्यसमितिलाइ सपथ ग्रहण गर्न नदिने, निर्वाचन आयोगलाइ इनपिच गर्ने जस्ता कुरा उठेका थिए। अमेरिकाको निर्वाचन आयोग साधारणसभा या अधिवेशनबाट मात्र बन्ने हुनाले कार्यसमितिले केहि गर्न नसक्ने बैधानिक अङ्ग हो। निर्वाचन आयोगलाई फाल्ने भन्ने बिधानमा ब्यबस्था नै छैन। तर साधारणसभा या अधिवेशनले चालु बिधान फेरेर सेक्रेटरी अफ स्टेटबाट बिधान स्वीकृत भएपछि भने नयाँ बिधान अनुसार हुन सक्छ। अन्यथा त्यस्तो हुँदैन र संभव पनि छैन र थिएन।
  • ६. धेरै चर्को स्वर गर्नेहरुमा अध्यक्षमा पराजित कृष्ण लामिछाने, तिलक के सी र संबद्ध पक्ष, निर्वाचन हारेका १/२ जना व्यक्ति, २ जना राज्य च्याप्टर जितेका अध्यक्ष, एमालेको प्रवासी मंचका अध्यक्ष प्रभु थापा नेपाली, निर्वाचित उपाध्यक्ष विकास उप्रेती (सपथ ग्रहण पछि सामान्य), टेक्सस र न्यूयोर्कका केहि चुनावमा पराजय भएका केहि व्यक्ति थिए।
  • ७. यस्तो बितण्डा मच्चाउने योजना होटलको एउटा कोठामा भएको र त्यसमा आइसीसी उपाध्यक्ष डा बद्री के सी र सचिव गौरी जोशी समेत उपस्थित रहेको एक सहभागीले जुलाई ५ मा मलाइ बताए।
  • ८. यसपूर्व जुलाई ३, २०२१ बिहान (निवर्तमान) अध्यक्ष सुनील साह, (निर्वाचित) अध्यक्ष बिद्धि सुबेदी, प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा केशब पौडेल, संरक्षक तथा पूर्व अध्यक्ष खगेन्द्र जिसी, निर्वाचन आयोगका प्रमुख आयुक्त विश्व बराल, (निवर्तमान) उपाध्यक्ष तथा कन्भेनर बिआर लामा, अन्तराष्ट्रिय उपाध्यक्षहरु सोनाम लामा र रबिना थापा लगायत केहि सल्लाहकारहरु समेत बसेर सहमतिमा उद्घाटन सत्र सम्पन्न भएपछि सपथ ग्रहण गराउने, त्यसपछि २ वटा प्रतिवेदन पेश गर्ने र अन्तमा पदभार हस्तान्तरण समेत गर्ने कार्यक्रमको तय भएको थियो।
  • ९. तर सभा त्यसरी चलेन, महासचिव पशुपति पाण्डेले अन्तै कता-कता लैजाने मात्र होइन आफूले आफैंलाइ समेत सम्मान ग्रहण गराउने काम गरियो। सामान्यतया यस्तो सम्मान निर्वाचित कार्यसमितिले पदभार लिएपछि धन्यवाद स्वरुप आउट गोइन टिमलाई दिने चलन हुन्छ। तर सुनील साहको टिमले आफूलाई आफैंले सम्मान गर्यो।
  • १०. बल्ल-बल्ल हजार प्रयासपछि कन्भेनर लामालाइ स्टेजमा बोलाएर माइक हस्तान्तरण गरियो। उहाँले निर्वाचन आयोगका प्रमुखलाइ बोलाएर सपथ ग्रहण गराउनको लागि अनुरोध गर्नुभयो। अमेरिकाको बिधानमा निर्वाचन पहिला हुने त्यसपछि साधारण सभा भएपछि सपथ खाए पनि या नखाए पनि स्वतह पुरानो कार्यसमितिको पदावाधि समाप्त हुन्छ र नयाँको सुरु हुन्छ।
  • ११. निर्वाचन आयोगका प्रमुख विश्व बरालले आफ्नो निर्वाचन आयोगका सबै आयुक्तहरु, अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी, उपसंयोजक राम पोख्रेल र एनसीसी अमेरिकाक आउट गोइन अध्यक्ष सुनील साह, निर्वाचित अध्यक्ष बुद्धि सुबेदीलाइ स्टेजमा बोलाउनुभयो।
  • १२. अध्यक्ष साहले माइकबाट आफूलाई यस्तो थाहा नभएको भनेपछि २/३ जना व्यक्तिहरुले हल्ला गरेर। त्यसमा उपाध्यक्ष निर्वाचित विकास उप्रेती, अध्यक्ष हारेका कृष्ण लामिछाने, आइसिसी सदस्य प्रमोद सिटौला, सचिव गौरी जोशीले साहको समर्थनमा हुडिङ्ग गरे। त्यसपछि निर्वाचितहरु राज्य च्याप्टर देखि केन्द्र सम्मका व्यक्ति र प्रतिनिधिहरु समेत सयौंले त्यसको बिरोध गरे।
  • १३. यतिकैमा केहि व्यक्ति र आइसीसी सदस्यहरु प्रमोद सिटौला, प्रकाश सापकोटा, होम गौतम, सचिव गौरी जोशी, अध्यक्षमा पराजित कृष्ण लामोछाने पनि स्टेजमा चढेर हल्ला गर्न उक्साउन बोलाउन थाले। केहि व्यक्ति स्टेजमा हल्ला गर्न पुगे अनि धेरैजना भिड रोकेर शान्त पार्नको लागि पुगे। पूर्व अध्यक्ष खगेन्द्र जीसीले सबैलाई स्टेजबाट निस्कन बारंबार अनुरोध गर्नुभयो। बिचमा पूर्व अध्यक्ष डा केशब पौडेलले आइसीसी सचिव भएर गौरीजी के गर्नुभएको भनेर सोद्ध उल्टा सचिव जोशीले तँ शब्द पछि अन्य अपशब्द बोलेको रेकर्ड कतिपयको लाइभमा सुन्न सकिन्छ।
  • १४. त्यसलाई रोकेर कार्यक्रम नियमित हुनदिनको लागि आइसीसी उपाध्यक्ष सोनाम लामा, एनसीसीका पूर्व अध्यक्ष खगेन्द्र जीसी, डा केशब पौडेल लगायत सयौंले शान्त पार्न जोडले पहल गर्नुभयो।
  • १५. साहको समर्थनमा स्टेजमा पुग्नु भएका आइसीसी उपाध्यक्ष डा बद्रि के सीलाइ आइसीसी सदस्य होम गौतमले निकालेर अन्तै गुप्त स्थानमा लैजानुभयो।
  • १६. स्थिति शान्त भएपछि निर्वाचन आयुक्तले अध्यक्ष बुद्धि सुबेदीलाइ एनसीसी अमेरिकाको अध्यक्षको सपथ ग्रहण गराउनुभयो। साथै उहाँले सुबेदी एनसीसी अमेरिकाको अध्यक्ष भएको घोषणा गर्दै पूर्व कार्यसमिति निवर्तमान भएको समेत बताउनुभयो। बाँकी निर्वाचिलाइ सपथ ग्रहण गराउन अध्यक्ष सुबेदीलाइ निर्देशन दिनुभयो। अध्यक्ष सुबेदीले बाँकी सबैलाई सपथ ग्रहण गराउनुभयो।
  • १७. सपथ ग्रहणमा आउन बरिष्ठ उपाध्यक्ष कृष्ण जिवी पन्थलाइ आइसीसी सदस्य प्रमोद सिटौलाले रोकेता पनि जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ्गले सिटौलालाइ स्टेजबाट तल ओराल्नुभयो। अनि पन्थ अगाडी जानुभयो। सपथ ग्रहणपछि सुबेदीले छोटो संबोधन गर्नुभयो र बाँकीलाइ सपथ ग्रहण गराउनुभयो। निर्वाचित सबैलाई अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले शुभकामान दिनुभएको थियो।
  • १८. त्यसपछि सांगठानिक र आर्थिक प्रतिवेदन पारित गर्दै सभालाइ सामान्य रुपमा बिसर्जन गरियो।

त्यसपछि के भयो ?

  • १. जुलाई ४ का दिन एनसीसी अमेरिकाको बुद्धि सुबेदीको अध्यक्षतामा पहिलो बैठक बस्यो र प्रवक्ता नियुक्ति लगायत थुप्रै निर्णय एकमतले गरेको छ।
  • २. जुलाई ४, २०२१ मा एमालेको प्रवासी मंच अमेरिका र आइसीसी सचिव गौरी जोशीले ज्याक्शन हाइटमा एक लन्चखाने भेला आयोजना गर्नुभयो। ८/९ घण्टा सम्म चलेको त्यो भेलामा झुक्याएर केहि व्यक्तिलाइ बोलाएको पनि गुनासो आएको थियो। त्यहाँ कृष्ण लामिछाने, प्रमोद सिटौला, तिलक के सी, बिष्णु सुबेदी, प्रवासी मंच अमेरिकाका पदाधिकारी र एनसीसी अमेरिकाका केहि निर्वाचित पदाधिकारी समेत रहेका थिए।
  • सबैका लामा आफूहरुलाइ अमेरिकाबाट फोटा नआउने लगायतक कुरा सुनेर जवाफमा आइसिसी उपाध्यक्ष डा बद्रि के सीले अमेरिकाका २५% प्रतिनिधि आफूले प्रारित हुन नदिने ठोकुवा गरेको कुरा सहभागीले बताए।
  • स्मरणिय कुरा, अमेरिकाबाट आइसीसीमा सोनाम लामा र रविना थापा गरि २/२ जना उपाध्यक्ष छन्। त्यसमध्ये उपाध्यक्ष सोनाम लामा न्यूयोर्ककै निवासी हो। सचिव गौरी जोशी समेत अमेरिकाकै हुनुहुन्छ। अनि आइसीसीमा अरु पदाधिकारी छन्। त्यहाँ भन्दा माथि अध्यक्ष कुमार पन्त हुनुहुन्छ। के त्यसो भन्नु उपयुक्त थियो ?
  • यो अमेरिकाको लागि ठाडो चुनौती भएन र ? सचिव गौरी जोशीलाइ त्यो चुनौतीमा ताली पिट्दा श्रीमती बलात्कार गर्नेले खुशी मनाएको जस्तो भएन र ?
  • ३. एमालेको प्रवासी मंच अमेरिका, माओवादीको प्रवासी एकता मंचले डा बद्रि के सीको लागि अमेरिकाका केहि शहरमा अन्तरक्रिया आयोजना गरेको पोष्टर देख्न सकिन्छ। त्यसलाई जनसम्पर्क समिति अमेरिकाका संबद्ध केहि व्यक्तिहरु बिशेषगरि चुनाव हारेका कृष्ण लामिछाने लगायतले सपोर्ट गरेका छन्।
  • ४. खासमा संघका उच्च पदिय व्यक्ति आउँदा सम्मानमा कार्यक्रम राख्नु राम्रो कुरा हो र राख्नुपर्छ। तर समान हैसियतका अरु २ उपाध्यक्षलाइ वास्तै नगरी यसरी गर्नु चाहिं ठिक भएन। एनआरएन अमेरिका २९ राज्यमा राज्य च्याप्टर सहित छ। उनीहरुलाइ बाइपास गरेर प्रवासीमंच आयोजक हुनुको पछाडी के अर्थ छ ?
  • ५. के त अब डा बद्रि के सी कम्युनिष्टका उम्मेदवार हो त ?
  • ६. अब सचिव गौरी जोशीले आफू आमेरिकाको सदस्य भएर आफ्नै अमेरिकालाई ध्वस्त गरेर अरुलाई पोश्नुले के पाउने भन्ने प्रश्न उब्जेको छ। यसको पछाडी के के कारण छन् त ?
  • ७. अबको स्थिति भनेको चुनावी रुपमा गएको छ। चुनव जित्नैका लागि यो हर्कत गर्नु आफैंलाई कम्जोर बनाउनु हो।
  • ८. सदस्य बन्ने सिष्टम आफ्नै अनि चुनाव अनलाइन हुँदा त्यो सिष्टम पनि आफ्नै होला नि त ?
  • ९. अब प्रश्न उठेको छ कि, संघका अध्यक्ष कुमार पन्तले बैठक बोलाएर सचिव गौरी जोशी र महासचिव डा हेमराज शर्मालाइ यो सबै हर्कतको लागि स्पष्टीकारण गर्न पर्ने कि नपर्ने ?

अन्तमा;

केहि दिनमा नै, गैरआवासीय नेपाली संघको वर्तमान बिधान बिधि नपुगी आएकोले यसको खारेजी माग गर्दै २०१७ को बिधान फर्काउन नेपालको सर्वोच्च अदालतमा पिटिशन दर्ता हुने भएको छ। यसका लागि कानुन ब्यबसायीहरुसंग परामार्श गरिएको कुरा बुझिएको छ।

**यो भिडियो पनि हेरौं चर्तिकला गर्ने को को रहेछन, आफैं थाहा हुन्छ।

https://fb.watch/v/6088ateI4/