-NRNA:एनसीसी अमेरीकाको प्रोफेश्नल नेटवर्किंग कमिटीको पहिलो बैठक सम्पन्न

NRNA:एनसीसी अमेरीकाको प्रोफेश्नल नेटवर्किंग कमिटीको पहिलो बैठक सम्पन्न

Hollywood Khabar February 01,2020 Comments

यही फेब्रूअरी १, शनिबारको दिन फोन कन्फरेंस मार्फत् गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरीकाको प्रोफेश्नल नेटवर्किंग कमिटीको पहिलो बैठक सम्पन्न भएकोछ।

अमेरीकामा बिभिन्न पेशासंग आवद्ध रहेका दक्ष जनशक्तिहरूको बिचमा आपसी सन्जाल (Networking) स्थापनागरी वहॉहरूका पेशागत अनुभव, अनुसन्धान र ज्ञानलाई कसरी नेपाल तथा बिदेशमा बस्ने नेपालीहरूको हितमा उपयोग गर्न सकिन्छ भनेर उक्त बैठकमा गहण छलफल भयो।

उक्त नवगठित समितिका अध्यक्ष तथा एनआरएनए एनसीसी अमेरीकाका बोर्ड अफ डायरेक्टर सत्य नारायण चौधरीले सन्चालन गर्नु भएको उक्त बैठकमा सो कमिटिका पदाधिकारीहरूका साथै एनआरएनए एनसीसी अमेरीकाका अध्यक्ष सुनील साह, बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडे तथा महासचिब पशुपति पाण्डेको पनि उपस्थिति थियो।

सहभागीहरूको परिचयसंगै शुरू भएको सो बैठकमा नर्स मन्जु संग्रौला, ईन्जिनियर बायोस्ट्याटिस्टिसियन सृजना शर्मा, बायोटेक्नोलोजी रिसर्चर डा दिवाकर दहाल तथा सफल ईन्टरप्रेनियर राधेश पंडित आमन्त्रित पाहुनाको रूपमा उपस्थित हुनुहुन्थ्यो।

अमेरीकाका बिभिन्न प्रतिष्ठित संस्थानहरूमा उच्च तहमा धेरै नेपालीहरू पुगिसकेको बर्तमान अबस्थामा वहॉहरूका अनुभव, शिप, दक्षता एवं ज्ञानलाई कसरी नवआगन्तुक आप्रबासी नेपालीहरूको सहयोग, सल्लाह एवं परामर्शको रूपमा प्रयोग गर्न सकिन्छ भनेर उक्त बैठकमा छलफल भयो।

यसका अतिरिक्त, अमेरीकामा रहेका नेपालीहरूले गरेका बिभिन्न अनुसन्धनात्मक कार्यहरूलाई कसरी नेपाल र नेपालीको हितमा प्रयोग गर्न सकिन्छ भनेर उक्त बैठकमा गहन छलफल भयो। मेडिकल, नर्सिंग, ईन्जिनियरिंग, कानुनी लगायत बिभिन्न पेशागत संघ-संगठनका बीचमा आपसी समन्वय र सम्बन्ध स्थापित गर्दै एउटा कम्प्रिहेन्सिभ डाटाबेश बनाउन सकेको खण्डमा यसले अमेरीकामा रहेका सर्बसाधारण नेपाली लाभान्वित हुनेथ्यो भनेर उक्त बैठकका सहभागिहरूले आफ्नो राय राखे।

यही जुलाई ४ र ५ मा कोलोराडोको डेनभर शहरमा हुन लागेको एनआरएनए एनसीसी अमेरीकाको नबौं महाधिवेशनको दौरान एक दिन हुने भनिएको Knowledge Sharing Conference मा कसरी सहयोग र उपस्थिति जनाउन सकिन्छ भनेर पनि उक्त बैठकमा छलफल भयो। बिभिन्न पेशासंग सम्बन्धित ब्यक्तिहरूलाई आबद्ध गरी कलान्तरमा यस कमिटीलाई नेपाली थिंक ट्याङ्कको रूपमा विकास गरिनु पर्ने कुरा बैठकमा सहभागीहरूले आफ्नो राय राखे।

आगामी दिनहरूमा अल्पकालिन र दीर्घकालीन लक्ष्यहरू निर्धारण गरेर निश्चित कार्य-योजनाहरू बनाएर अगाडी बढ्नु पर्ने कुरामा उपस्थित पदाधीकारीहरू सहमत भए।

एनआरएनए एनसीसी अमेरीकाले निम्न ब्यक्तिहरू सम्मिलित Professional Networking Committee निर्माण गरेको छ।

१. अध्यक्ष- सत्य नारायण चौधरी: सिकागो स्थित नर्थवेस्टर्न युनिभरसिटीबाट ईन्फोरमेसन टेक्नोलोजीमा र रस युनिभरसिटीबाट पर्फ्यूजन टेक्नोलोजीमा मास्टर्स गर्नभए सत्य नारायण चौधरी हाल नर्थ बेष्टर्न बिश्वबिध्यालमा क्लिनिकल रिसर्च एशोशियटको रूपमा कार्यरत हुनुहुन्छ।वहॉ एनआरएनए अमेरीकाका हालको बोर्ड अफ डायरेक्टर पनि हुनुहुन्छ।

२. सह-अध्यक्ष- अरूण धिताल: दुई दशक देखि कम्प्युटर ईन्जिनियरको रूपमा कार्यरत अरूण धिताल नेटबर्किंग बिषयका बिशेषज्ञ हुनुहुन्छ।

३. सह-अध्यक्ष- दिलु पराजुली: बिभिन्न ब्यापार- ब्यावसाय संचालन गरेर बस्नु भएका दिलु पराजुली एनआरएनए केन्टुकी च्याप्टरका अध्यक्ष हुनुहुन्छ।

४. सदस्य- जितेन्द्र राणा: रूजबेल्ट बिश्वबिध्यालय सिकागोबाट एमबिए गर्नु भएका जितेन्द्र राणा लेखा ब्यबसायसंग सम्बन्धित हुनुहुन्छ। वहॉ सिकागो स्थित बिभिन्न स्थानीय संघसंस्थाहरू मार्फत् समाजसेवामा सकृय हुनुहुन्छ।

५. सदस्य- कृष्ण सेढाई: युके बाट ब्युजनेस ईकोनोमिक्सका ग्रयाजुएट कृष्ण सेढाई बिभिन्न किसिमका आफ्नै ब्यबसाय संचालन गरेर बस्नुभएकोछ।

६. सदस्य- डा मेदनी संग्रौला: ब्रूकहेभेन नेस्नल ल्याबोरेटरीमा रिसर्च साईन्टिस्टको रूपमा कार्यरत डा. मेदनी संग्रौला ईलिनोई ईन्टिच्यूट अफ टेक्नोलोजीबाट भौतिक शास्त्रमा बिध्याबारिधी गर्नुभएकोछ। पुल्चोक ईन्जिनियरिंग क्याम्पस लगायत बिभिन्न कलेजमा अध्यापन गराउनु भएको वहॉसंग म्यासेट्चुसेट ईन्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा पोस्टडक्टोरल रिसर्च एशोसिएटको रूपमा पनि कार्य गर्नभएको अनुभव छ।

७. सदस्य- निरंजन अधिकारी:युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्क्लिबाट कानुन बिषयमा स्नातकोतर गर्नु भएका निरंजन अधिकारी आफ्नै ल फर्ममा काम गर्नुहुन्छ। ईमिग्रेसन कानुन, एन्टी-ट्रस्ट ल, एमए, अन्तराष्ट्रिय कानुन आदि बिषयमा बिशेष दख्खल राख्नुहुने निरंजन अधिकारी बिभिन्न कानुनी तथा सामाजिक संस्थासंग सम्बन्धित हुनुहुन्छ।

८. सदस्य- पुस्कर मान प्रधान: युनिभर्सिटी अफ आयोवा, टेक्सासबाट कम्प्युटर साईन्समा मास्टर्स गर्नु भएका पुस्करमान प्रधान ईनटेल, डेल, नाईके, प्रोक्टर & ग्याम्बल जस्ता दर्जनौ फोरचुन ५०० कम्पनीमा कार्य गरिसक्नुभएकोछ। सिनियर आईटी आर्किटेक्टको रूपमा ERCOT, टेक्सासमा कार्यरत वहॉ हाल अस्टिन टेक्सासका बिभिन्न स्थानीय सामाजीक संध-संस्थासंग सम्बन्धित हुनुहुन्छ।

९. सदस्य- राजीव श्रेष्ठ: एईरोनोटिकल ईन्जिनियर राजीब श्रेष्ठ F35 फाईटर प्लेनको ईन्जिन बनाउने कम्पनीमा रकेट साईन्टिस्टको रूपमा कार्यरत हुनुहुन्छ।

१०. सदस्य- सन्तोष लामिछाने: डाटा साईन्टिस्टको रूपमा कार्यरत सन्तोष लामिछाने हाल नेपाली अमेरीकन फ्रैन्डसिप एसोशिएसन म्याडिसनको अध्यक्ष हुनुहुन्छ। किताब लेखन तथा कला क्षेत्रमा पनि वहॉको लगावछ।

११. सदस्य- डा. शंकर घिमिरे: वेस्टर्न मिचिगन युनिभर्सिटीबाट ईकोनोमिक्समा बिध्याबारिधी गर्नुभएका डा. शंकर घिमिरे हाल वेस्टर्न ईलिनोई युनिभरसिटीमा एसिस्टेन्ट प्रोफेसरको रूपमा कार्यरत हुनुहुन्छ। बैदेशिक सहयोग, रेमिट्सान्स, माईग्रेसन र माईक्रोफाईनान्स बिषयमा बिशेष दक्षता राख्नुहुने वहॉका धेरै लेखहरू बिश्वप्रसिद्ध पत्रिकाहरूमा प्रकाशितछन्।

१२. सदस्य- टंक दहाल: बिश्वप्रसिद्ध कम्पनी माईक्रोसोफ्टमा सिनियर सोफ्टवेयर ईन्जिनियरको रूपमा कार्यरत टंक दहाल हाल एनआरएनए वासिंगटन च्याप्टरको सचिवको रूपमा कार्यरत हुनुहुन्छ।

आवश्यक्ता अनुसार यस कमिटीमा सदस्यहरू थप गरिंदै लगिने कुरा यस एनआरएनए प्रोफेस्नल नेटवर्किंग कमिटिका अध्यक्ष सत्य नारायण चौधरीले बताउनुभयो।