-Hom Pandey, NRNA Oceania Regional Coordinator

गैरआवासीय नेपाली संघ ओसियानिया क्षेत्रको बैठक सेप्टेम्बर १२-१३ मा हुने

Hollywood Khabar September 06,2020 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) ओसियानिया क्षेत्रको क्षेत्रीय बैठक सेप्टेम्बर १२-१३ , २०२० मा हुने भएको छ।

क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) होम पाण्डेका अनुसार बैठक सेप्टेम्बर १२ र १३ गरी दुइदिन सम्म हुनेछ। बैठकमा ज्ञान सम्मेलन, संघका अन्तराष्ट्रिय परिषदका बिषय, क्षेत्र र राष्ट्रिय समन्वय परिषद (एनसीसी) लगायत अन्य बिषयहरुमा समेत छलफल र जानकारी दिने कार्य हुनेछ।

जुम प्रबिधिबाट हुन लागेको यो बैठक प्रत्येक दिन दिउँसो ३:०० बजे देहि साँझ ७:०० बजे सम्म संचालन हुनेछ। निशुल्क रुपमा उपस्थत हुन सकिने बैठकमा संघका सम्पूर्ण सदस्यहरुलाई रजिष्ट्रेशन लिंक इमेलबाट पठाइएको बताइएको छ।

ओसियानिया क्षेत्रमा Australia, New Zealand, Papua New Guinea र Vanuatu गरि चारवटा देशहरुमा दुइवटा राष्ट्रिय समन्वय परिषद पर्दछन।