-NRNA:एनआरएनहरुको महाधिवेशन र चुनावी माहोल, कसको पल्लाभारी?

NRNA:एनआरएनहरुको महाधिवेशन र चुनावी माहोल, कसको पल्लाभारी ?

Hollywood Khabar October 14,2019 Comments

कृष्ण के सी/काठ्माण्डौ/१०/१५/१९

गैरआवासीय नेपाली संघको ९ औं अन्तराष्ट्रिय सम्मेलन तथा विश्व महाधिवेशनको उद्घाटन सम्माननीय राष्ट्रपति श्रीमती बिद्या देवी भण्डारीबाट अक्टुवर १५, २०१९ मा सम्पन्न भयो।

ह्यायात होटलमा हुँदै गरेको ९ औं सम्मेलन अक्टुवर १७ मा समापन हुनेछ। सम्मेलनमा ८१ देशका राष्ट्रिय समन्वय समितिहरुबटा २५०० जना प्रतिनिधिहरु उपस्थितरहेका छन्।

बिशेष गरि चुनावी माहोलले तातेको ह्यायात होटलमा अध्यक्षका उम्मेद्वारहरु कुमार पन्त र कुल आचार्यको प्रचार बढेको देखिन्छ। सुरुका दिन देखि नै १५ वर्ष देखिको योगदान, दुइ-दुइ कार्यकाल उपाध्यक्ष र अरु थुप्रै योगदानका कारण कुमार पन्त अगाडि देखिएका छन्।

ह्यायात होटाल परिसर पन्तमय भएको छ। मिनिरल वाटर बोतल देखि विभिन्न प्रचार सामाग्री प्रयोगमा ल्याएर आएका पन्तका सपोर्टर यत्र-तत्र देखिएका छन्। केहि बिषयहरुको छलफल र प्रस्तुति हुँदै गर्दा पनि चुनावी माहोलले भने वातावरण तातेको छ।

उसो तो हरेक उम्मेदवारहरु प्रचारमा व्यस्त देखिएका छन्। बाहिरी माहोल र प्रचार अनि स्वत स्फुर्त मत माग्नेहरुको अवस्था हेर्दा पन्तको पल्ला भारी भएको प्रस्ट रुपमा देखियो।

उपाध्यक्षका आकांक्षीहरुमा अलिकति धेरे प्रतिस्पर्धा भएको अवस्था छ। महिला उपाध्यक्षमा अब रविना थापा मात्र एकल रुपमा मैदानमा देखिएकी छन्। उसो त सपिला राजभण्डारी दोश्रो कार्यकालका लागि आउने निश्चित जस्तै देखिएको छ।

खुल्ला तर्फको उपाध्यक्षमा डा बद्रि के सी, सोनाम लामा र हिक्मत थापा अग्र पङ्गतिमा देखिएका छन्। त्यसैगरी चौथो उपाध्यक्षमा धर्म अधिकारी, मन के सी, अर्जुन कुमार श्रेष्ठ, किरण बिक्रम थापा, नरेन्द्र भाट र डा केशब पौडेलको प्रतिस्पर्धा देखिन्छ।

महासचिवमा डा हेम राज शर्मा र जानकी गुरुङ प्रतिस्पर्धी छन्। सचिवमा सबै भन्दा अगाडी गौरी जोशी देखिएका छन्। आरके शर्मा र शिव बरुवालबीच प्रतिस्पर्धा हुने देखिन्छ।

कोषाध्यक्षमा महेश श्रेष्ठले बाजी मारेको अवस्था देखियो। अक्टुवर १४, २०१९ मा उनको कर्पोरेट सिटी एक्सप्रेसले दिएको डिनर पार्टीमा हजारौ प्रतिनिधिहरुको उपस्थिति थियो। सुदिप थापा र सोम सापकोटा श्रेष्ठका प्रतिस्पर्धी हुन। अन्य पदमा उम्मेदवारहरु आउने/जाने क्रम जारि छ।