-NRNA President Mr Kumar Pant

NRNA:गैरआवासीय नेपाली संघलाइ दलाल र भुमाफीयाले फसाए:अध्यक्ष पन्त

Hollywood Khabar February 23,2020 Comments

भोला लामिछाने, यूरोप/२/२४/२०

ग़ैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तराष्ट्रिय परिषद अध्यक्ष कुमार पन्तले एनआरएनलाई दलाल र भु माफीयाले फसाएको वताएका छन्।

ग़ैरआवासीय नेपाली संघ स्पेनको आयोजनामा बार्सिलोनामा आयोजित एक अन्तरक्रीया कार्यक्रममा एनआरएनएको भवन निर्माण गरिएको बालुवाटारको जग्गा प्रकरणको वास्तविकता के हो भनी सहभागीहरूको प्रश्नमा पन्तले हामीलाई दलाल एवं भुमाफीयाहरूले षड्यन्त्र पुर्वक फसाएको बताएका हुन्।

चुनाव ताका जस्तो जोश जाँगर हराएको हो की जस्तो देखीने अध्यक्ष पन्तले दुखेसो पोख्दै उक्त जग्गा खरीद गर्नु पुर्व हामीले विश्वासको भरमा काम गर्यौ , यो नै हाम्रो गल्ती भयो उनले थपे ।

संस्थापक अध्यक्ष उपेन्द्र महतो, पुर्व अध्यक्ष शेष घले, जिवा लामीछाने, सबैसग मैले सम्पर्क गरेको छु। निवर्तमान अध्यक्ष भवन भट्टसग कुराकानी हुन पाएको छैन, छिटै कुराकानी गर्दै छु। मार्चको अन्तीम हप्ता काठमाडौमा छलफल तय भएको छ,पन्तले वताए।

आफुले कसैलाई पनि नचिनेको भित्र-भित्र बुझ्दै जादा जग्गा कसको हो अझै पत्ता लागी नसकेको पनि पन्तले बताए। एकले अर्कालाई, अर्काले फेरी अर्कोलाई देखाई रहनु भएको छ। मैले कसैलाई पनि चिन्दीन। एनआरएनए आइसीसी लगायत एनसीसीहरूमा पनि यो धेरै छलफलको बिषय बनेको छ। धेरै एनआरएन साथीहरुले सोधीरहनु भएको छ। छिट्टै हामीले यसको वास्तविकता बताउने छौ, पन्तले भने।

अध्यक्षमा निर्वाचित भएसगै कतार र त्यसपछि बार्सिलोनामा पहिलो औपचारिक कार्यक्रममा आफूले भाग लिएको कुरा उनले बताए। अध्यक्ष पन्तले संस्थाको आर्थिक विषयमा धेरै कुराहरू आईरहन्छन् तपाईहरूको ५/५ डलरको सहयोग जम्मा भएर नै संस्था चल्ने हो।

हामीले थुप्रै आयोजनाहरू बनाईरहेका छौ। कतिपय शुरूवातको क्रममा छन्। एनआरएनले गरेका सबैजसो आयोजनाहरूको पहिला बजेट अनुमान एउटा हुने र सम्पन्न हुदैगर्दा लागतमा बृद्दी हुने देखीएको छ। यसलाई पुरा गर्न फेरी चन्दा संकलन गरेर पुरा गर्नुपर्ने बाध्यत्माक स्थितिले आर्थिक कारोबारहरूमा प्रश्न चिन्ह आउने गरेका हुन्।

काठमाडौमा सुविधासहितको नमुना शौचालयहरू बनाउन लागेका छौ। करिब ५ वर्ष हाम्रै स्वामित्वमा रेखदेख संरक्षण गरिने गरी महानगरपालीकासग सम्झौता पनि भएको छ। यी सबै तपाईहरूको सहयोगबाट नै पुरा हुनेहुन्। यसको लागि सबैसग सहयोगको अपेक्षा समेत गरेको छु । अरबौको लगानी हामी नेपाल लग्दैछौ पन्तले थपे।

एनआरएन चुनावमा धेरै पैसाको चलखेल हुने गरेको विषय सत्य रहेको र एनआरएनको मतदानको विषयमा पन्तले अबका चुनाव बिना पैसा सदस्य बन्न पाउने र चुनावमा भोट दिन काठमाडौ नगई जहा बसेको छ त्यही देशबाट अनलाईन सिस्टम मार्फत मतदान गर्न पाउने बताए।

धेरै पैसा हुने अध्यक्ष अली कम हुने उपाध्यक्ष यसरी समाजमा विकृति ल्याउने र संस्थाको भबिष्यमा समेत प्रश्न चिन्ह खडा हुन कत्ती पनि बेर छैन। संस्था दिगो रूपमा जोगाउन यसतर्फ ध्यान दिनु जरूरी छ, पन्तले थपे ।

कार्यक्रम नेपाल सरकारका परराष्ट मन्त्री प्रदीप कुमार ज्ञवालीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो। मन्त्रि ज्ञवालीले ग़ैरआवासीय नेपालीहरूलाई जहा जसरी रहनु भएको छ त्यही आफ्नो कामलाई दक्षता हासील गर्दै बढाएर केही समय तथा लगानी नेपालमा पनी गर्नु अनुरोध गरे। त्यसो गर्न सकेको खन्डमा नेपालमा पनि रोजगारी सृजना हुने र दोहोरो फाईदा हुने बताउदै बताए। नेपाल सरकार डायस्पोरामा रहेका नेपालीहरूको सुख-दु:ख हरेक समस्यामा साथ दिने प्रतिबद्धता जनाए ।

उनले स्पेनले नेपाली दुताबास पाएको बताउदै काठमाडौमा स्पेनीस दुताबास निर्माण गर्न पहल गर्ने समेत बताए। निटक भविस्यमै समय मिलाएर स्पेनका परराष्ट कुटनितीक लेवलमा आफुले भ्रमण तय गर्ने वताउदै दुईदेश बिचको कुटनैतिक सम्बन्धलाई अझ बिस्तार गर्ने कुरा उनले बताए।

ग़ैर आवासीय नेपाली संघ स्पेनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्पेन लगायत पोर्चुगल, बेल्जीयम, जर्मनी, नेदल्यान्ड लगायतका बिभीन्न संघ संस्थाका प्रतिनीधीहरूको उपस्थित रहेको थियो।