-Krishna KC/कृष्ण के सी, अमेरिका/९/२३/२०

गैरआवासीय नेपाली संघ र गैरआवासीय नेपालीहरुको पुन:ब्याख्य गर्ने बेला भयो

Hollywood Khabar September 23,2020 Comments

नेपाल सरकारको पहलमा २००३ देखि सुरु भएको गैरआवासीय नेपाली संघ (NRNA) र गैरआवासीय नेपालीहरुको ब्याख्याले नेपालको संबिधानमा समेत स्थान पाएको छ। राजनैतिक बाहेक आरु अधिकारको ब्यबस्था गरेको छ। गैरआवासीय नेपाली नागरिकता दिने ब्यबस्था संबिधानमा छ तर नागरिकता दिएको अवस्था छैन।

नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको गैरआवासीय नेपाली संघलाइ अब नाम, यसको क्षेत्रमा पर्ने देश, गैरआवासीय नेपाली (NRNs) र डायस्पोराका नेपालीको परिभाषा पुन: गर्नुपर्ने बेला आएको छ। यति मात्र होइन डायस्पोराका नेपालीको बर्गिकरणको समेत ब्याख्या गर्नुपर्ने बेला भएको छ। अब देबकोटाको मुनामदन काल, ब्रिटिशको लाहुरेको समय होइन डायस्पोराका नेपाली, गैरआवासीय नेपाली र नेपाली मुलका गैरआवासीय नेपालीको समय भएको छ। समयसँगै परिस्थिति, प्रकृति र क्षेत्र पनि फेरिएको छ। भाषा फेरिएर ब्याकरण बदलिए झैं परिस्थिति अनुसार कानुन पनि परिमार्जन गर्नुपर्ने बेला भएको छ।

त्यसैगरी गैरआवासीय नेपालीको पुनर्ब्यखा, त्यसमा उनीहरुको हैसियत, अधिकार लगायतका बिषयमा फरक रुपले ब्याख्या गर्न छलफलको सुरुवात हुनुपर्छ। भलै यो बिषय २०१४ मा नै यो पंक्तिकारले लेखेको नै थियो। भलै त्यो भन्दा पहिला पनि यहि रुपमा त होइन तर शब्द चाहिं चलाएको पाइन्छ। त्यो बिषय कसैले सुनेन मात्र होइन अझै पनि छलफलको बिषय नै बनेको छैन। नेपाल सरकारले पनि यसलाई घनिभूत छलफल र ब्याख्या गर्नुपर्छ, संघिय सांसदहरुले संसदमा छलफल गरेर आवश्यक कानुन र ब्यबस्था पनि गर्नुपर्छ।

कारण र परिस्थति:

वर्तमान गैरआवासीय नेपालीको ब्याख्यालाइ बदल्नुपर्छ। यसलाई तीन भागमा ब्याख्या गर्नुपर्छ। डायस्पोराका नेपाली, गैरआवासीय नेपाली र नेपाली मुलका गैरआवासीय नेपाली।

१. डायस्पोराका नेपाली भन्नाले अल्पकालको लागि विदेशमा बस्ने, त्यो देशमा स्थायी वासिन्दा र नागरिक हुने कानुनी ब्यबस्था नभएका देशका नेपाली मात्र हुनुपर्छ। उनीहरु नेपाली पासपोर्ट नै चलाउने, नेपाली नागरिक मात्र रहेका, नेपालमा नै जन्मेका या उनीहरुका सन्तान जो अर्को देशमा जन्मिए पनि नेपालको नै नागरिक रहनुपर्ने कानुनी बध्याताको स्थिति छ, ती व्यक्ति हुनुपर्छ। यस्ता देशहरु भारत बाहेक जहाँ स्थायी वासिन्दा र नागरिक हुने मौका छैन ती देशहरु हुनुपर्छ। अन्य देशका नेपाली जसले त्यो देशको स्थायी वासिन्दा लिएका छैनन, नागरिक बनेका छैनन् भने उनीहरु पनि यसै बर्गमा पर्छन। उनीहरुको लागि नेपाल सरकारले आफ्ना कन्सुलर अफिस बढाएर अरु सेवा दिएर प्रत्यक्ष रुपमा रेखदेख गर्नुपर्छ।

२. गैरआवासीय नेपाली (NRNs) अर्थात शब्दको ब्याख्याले नै जो नेपाल देशको वासिन्दा होइन भन्ने कारणले गर्दा नेपाली मुलका जो कोहि पनि व्यक्ति अर्को देशको स्थायी बासिन्दा भएका, त्यो देशको नागरिक बनेका र उनीहरुका त्यो देशमा जन्मिएका सन्तानहरु हुनुपर्छ। जसलाई Person of Nepali Origin (PNO) भन्ने गरिन्छ।

३. नेपाली मुलका नेपाली भन्नाले नेपाली भाषा, कला संस्कृति र नेपाली पुर्खा भएकाहरु जो अन्य देशमा बर्षौं, पुस्तौं बिताएर बिचका भएका छन्। उनीहरुलाइ यो ब्याख्यामा अटाउनु पर्छ। नेपाली भुटानीहरु जो युरोप, क्यानाडा, अमेरिका, अष्ट्रेलिया लगायत देशमा पुगेका छन् उनीहरु पनि अटाउनुपर्छ। अब उनीहरुको दोश्रो देश नेपाल मात्र नै हो, भुटान होइन। वर्तमान गैरआवासीय नेपाली संघमा यो वर्गको पनि प्रतिनिधित्व हुनुपर्छ। खासै भन्नुपर्दा PNO मा यो वर्ग पनि पर्दछन। कालन्तरमा अहिलेका गैरआवासीय नेपाली र नेपाल बाहिएर बसेका भुटानी नेपालीबिच कुनै फरक आउने छैन।

४.गैरआवासीय नेपाली नागरिकता पनि स्पष्ट रुपमा वर्तमान रुपमा भएको गैरआवासीय नेपालीलाइ भन्नाले आपसमा बाझीएको छ। अहिले गैरआवासीय नेपाली २ वर्ष नेपाल बाहिर बसेकोलाइ भनिएको छ। अनि गैरआवासीय नेपाली नागरिकता चाहिँ अर्को देशको नागरीकता लिएका तर सार्क देश बाहिरका गैरआवासीय नेपालीलाइ भनिएको छ।

त्यसकारण अब गैरआवासीय नेपालीको परिभाषा पनि फरक हुनु जरुरी छ। यसलाई नेपाल सरकार र नेपालको संघिय संसदले फरक कानुन बनाएर अध्यावधिक गर्नुपर्छ। हालको गैरआवासीय नेपाली संघलाइ नेपाली मुलका नेपालीको मात्र प्रतिनिधित्व दिनुपर्छ। अमेरिकामा या बेलायतमा नै बसेर पनि स्थायी वासिन्दा भएका छैनन भने त्यो व्यक्ति गैरआवासीय नेपाली संघ (NRNA) को सदस्य हुन पाउनु हुँदैन।