-गैरआवासीय नेपाली युवाहरुको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने, प्रथम पुरस्कार एक लाख

गैरआवासीय नेपाली युवाहरुको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने, प्रथम पुरस्कार एक लाख

Hollywood Khabar October 04,2020 Comments

गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रबर्द्धन समिती र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पदाधिकारीहरुको संयुक्त अनलाइन सम्पन्न भयो। बैठकले आउदो श्रीपन्चमीका दिन उन्नाइस बर्ष मुनिका गैरआवासीय नेपाली युवाहरूबिच अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता संयुक्त रुपमा आयोजना गर्ने निर्णय गरेको छ।

बिजयी प्रथम हुने युवा कविलाई रु एक लाख र प्रमाणपत्रले पुरस्कृत गरिने छ भने त्यसै गरि द्दितिय हुनेलाई पचास हजार, तृतीयलाई पच्चीसहजार र अङ्ग्रेजी बिधा तर्फका उत्कृष्टलाई पच्चीस हजार र प्रमाणपत्रले पुरस्कृत गरिने छ।

कार्यक्रम आयोजना गर्न गठन गरिएको संयुक्त समितिको संयोजकमा सर्बज्ञ वाग्ले (अमेरिका) र सदस्यहरु महेश्वर पन्त (अमेरिका), तिर्थ सङ्गम राई (कतार), डा केशव शर्मा (अस्ट्रेलिया), बिमला निरौला (अमेरिका), गणेश खडका (अफ्रिका ), गिरिजा गैह्रे (जापान ), बिष्णु माया बिभु (नर्वे) र महता घिमिरे चापागाईं (अस्ट्रेलिया) रहनु भएको छ।

त्यसैगरी समितीको सल्लाहकारमा प्रा डा हेमनाथ पौडेल (नेपाल प्रज्ञा प्रतिस्ठान), गैरआवासीय नेपाली संघका भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिका अध्यक्ष हिक्मत थापा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष प्रकाश पौडेल माइला रहनु भएको छ।

बैठकमा अनेसासका अन्तर्राष्ट्रिय समितीका अध्यक्ष प्रकाश पौडेल माइला, वरिष्ठ उपाध्यक्ष गोबर्द्दन पुजा, महासचिव सर्बज्ञ वाग्ले लगाएत पदाधिकारीहरु र एनआरएनए भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिका अध्यक्ष हिक्मत थापा, उपाध्यक्षहरु महेश्वर पन्त, हरि पौडेल, बेलुकाजी थापा, सदस्य सचिव भगवती बस्नेत लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो। बैठकले नेपाली भाषा र साहित्यको प्रबर्द्धनका लागि आगामी दिनहरूमा संयुक्तरुपमा कार्यक्रमहरु गर्द लैजाने समेतमा छलफल गरेको थियो।