-NRNA:गैरआवासीय नेपाली संघद्वारा कोभिड १९ को लागि (PPE) Sets वितरण

NRNA:गैरआवासीय नेपाली संघद्वारा कोभिड १९ को लागि (PPE) Sets वितरण

Hollywood Khabar April 16,2020 Comments

आज मिति २०७७ बैशाख ५ गते गैरआवासीय नेपाली संघले आफ्नो सचिवालयबाट ७ वटा अस्पतालहरुलाई १२५ वटा Personal Protective Equipment (PPE) Sets वितरण गरेको छ।

उक्त वितरण कार्यक्रममा संघको तर्फबाट उपाध्यक्ष सोनाम लामा, एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठ, एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय उप-संयोजक खगेन्द्र न्यौपाने, स्वास्थ्य समितिका उप-संयोजक शक्ति चौरसिया, प्रमुख कार्यकारी आधिकृत डा हेमन्त दबाडी र प्रमुख लेखा अधिकृत रबिना महर्जनको उपस्थिति रहेको थियो l

उक्त PPE हरु निम्न प्रदेशका अस्पतालहरुको लागि वितरण गरिएको हो।

प्रदेश नं-२ मा

नारायणी अन्चल अस्पताल - २५

सगरमाथा अन्चल अस्पताल - २०

जनकपुर अन्चल अस्पताल - २०

बारा जिल्ला अस्पताल -१०

रौतहट जिल्ला अस्पताल - १०

बागमती प्रदेश मा

केन्द्रीय कारागार अस्पताल -१५

भरतपुर क्यान्सर अस्पताल - २५

 

सचिवालय

गैरआवासीय नेपाली संघ

१७ अप्रिल २०२०