-NRNA President Mr Kumar Pant

NRNA:एनआरएनए अध्यक्ष पन्तले कोभिड १९ बारे मन्त्रीहरुसँग कुराकानी गर्नु भएको छ

Hollywood Khabar April 03,2020 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले अहिलेको विश्व ब्यापी रुपमा भएको कोरोनाको महामारीमा आपसी सहयोग नै गैरआवासीय नेपालीहरुको प्रमुख कार्य भएको बताउनु भएको छ।

हाल विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना रोगबाट हामी गैरआवासीय नेपाली पनि अछुतो रहन सकेनौ। कति शहरमा लक डाउन छ, कति शहरमा घरमा नै बस्नु पर्ने अवस्था छ। त्यसैगरी धेरै ठाउँमा नेपालीहरु पनि संक्रमति भएका छन्। केहिको दु:खद देहान्त पनि भएको छ। यो समय हामीहरुले आपसी सहयोग र संक्रमित हुनबाट जोगिने बेला नै हो। यसबाट दु:खका घटना कम हुने र संक्रमित कम हुन सक्छ, एनआरएनए अध्यक्ष कुमार पन्तले भन्नु भएको छ।

अर्कोतिर मातृभूमी नेपालमा पनि कोरोनाको संक्रमण सुरु भएको छ। हामी गैरआवासीय नेपालीहरुले पनि संयुक्त रुपमा एक करोड नेपाली रुपैयाँ केन्द्रिय कोषमा दिने निर्णय गरेका छौं। सोहि अनुरुप सहयोग पनि संकलन हुँदै गरेको छ। यो पटक देखि अनलाइनमा नै आफ्नो क्षमता अनुसार रकम दान गर्न सक्नु हुनेछ।

यसैबीच अध्यक्ष पन्तले नेपालका विदेश तथा संस्कृतिमन्त्री र पर्यटन तथा नागरिक उड्यनमन्त्रीहरुसंग सो विषमा कुराकानी गर्नु भएको छ। उहाँले विदेशमा नेपालीहरुको वर्तमान अवस्थाबारे जानकारी गराउनु भएको छ। यतिमात्र होइन उहाँले बैदेशिक रोजगारीमा रहेका र केहि देशबाट बिधार्थीहरुलाई समेत उद्धार गर्नुपर्ने समस्या रहेको कुरा जानकारी गराउनु भएको थियो।

कोरोनाको महामारीले हरेक देश र शहरमा पारेको प्रकोप र नेपाली समुदायलाइ पर्ने समस्या फरक फरक छन्। गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय र राष्ट्रिय समन्वय परिषदहरुले नेपाली समुदायलाइ थुप्रै प्रकारले सुरक्षति रहन सपोर्ट गरेका छन्। उहाँले दुवै मन्त्रीहरुसँग ति प्रमुख कुराहरु र अन्य गतिबिधिबारे ब्रिफिङ गर्नुभयो।

मन्त्रीहरुले अध्यक्ष पन्तमार्फत सम्पूर्ण नेपालीहरुलाई तत्काल जहाँ बसेको हो त्यहाँ नै सुरक्षित रुपले बस्न बताउनु भएको थियो। यसैबीच नेपाल सरकारले नेपाली राजदूताबास र मिशनहरु मार्फत आवश्यक सहायोग गर्न पनि निर्देशन दिएको कुरा बताउनु भएको छ। नेपालीहरुले आवश्यकता पर्दा नेपाली दूतावास र मिशनहरुमा सम्पर्क गर्न समेत जानकारी गराउनु भएको छ। यसका साथै मन्त्रीहरुले नेपाली समुदाय र आपसी सहयोगको लागि धन्यवाद समेत व्यक्त गर्नु भएको छ, अध्यक्ष पन्तले बताउनु भयो।

अध्यक्ष पन्तले नेपाल सरकारलाइ तत्काल योजना सहित आउन आफूले अनुरोध गरेको जनाउनु भएको छ। त्यसका लागि गैरआवासीय नेपाली संघ सधैं सपोर्टको लागि रहेको बताउनु भएको थियो। नेपाल सरकारका काउनटरपार्टसंग यस्तो सम्पर्क र रिपोर्टिङ नियमित रहने छ जनाउनु भएको छ।

अन्तमा, अध्यक्ष पन्तले हामी गैरआवासीय नेपालीहरु आपसमा मिलेर, एकिकृत भएर र आपसी सहयोग गरेर सुरक्षित रहन, बच्न र बचाउनका लागि अनुरोध गर्नु भएको छ। यो नै हामी अन्तराष्ट्रिय र राष्ट्रिय समन्वय परिषदहरुको अहिलेको प्रमुख भूमिका हो। साथै थुप्रै एनसीसीहरुले नेपाली मिशनहरुसँग समन्वय गरेर गर्नुभएको योगदानप्रति आभार समेत व्यक्त गर्नु भएको छ।

कृष्ण के सी

उपसंयोजक

सूचना तथा संचार

गैरआवासीय नेपाली संघ

एप्रिल ४, २०२०