-Kumar Pant, NRNA President

एनआरएनए अध्यक्ष पन्तको लागि विकल्पमा पुरक योजना

Hollywood Khabar March 02,2021 Comments

कृष्ण के सी, अमेरिका, मार्च २, २०२१

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तको नेतृत्वले आफना योजना राम्रोसँग कार्यान्वयन गर्न नपाएको कुरा उठेको छ।

पहिलो केहि महिनामा नै कोरोनाको महामारीले सबैजसो काम मात्र होइन संसार नै ठप्प भयो। सयौं, हजारौ र लाखौं मानिसहरु मेरे। अन्तत कोरोनाको लागि भ्याक्शिन पनि आएको छ। कोरोनाको कठिन घडिमा थुप्रै नेपालीहरुले विदेशमा नेपाली समुदायका लागि सकेको सहायोग गरेका थिए। यो क्रम अहिले पनि केहि ठाउँमा चलेको छ र अझै केहि समय चल्ला।

आफ्ना २० कार्ययोजना लिएर चुनावमा अगाडी आउनु भएका अध्यक्ष कुमार पन्तका थुप्रै कुरा बिचमा अल्झिए। दश अर्बको लगानी, बिज्ञ सम्मेलन, पर्यटन, भिजन २०२०, बैदेशिक रोजगारी स्वेत पत्र, अन्तराष्ट्रिय श्रम बजारको लागि सिप, बैदेशिक रोजगारी राहत कोष, गैरआवासीय नेपाली नागरिकता, विदेशका नेपालीको लागि मतदानको अधिकार, संघको निशुल्क सदस्यता, दोश्रो पुस्ताको लागि विशेष कार्यक्रम, महिला सहभागितामा र नेतृत्वमा जोड, बिधि-बिधान र सचिवालयको क्रियाशीलता, अनलाइन भोटिङ्ग लगायत गोर्खा सैनिकसँग संबन्धित योजान पनि थिए।

आफू अध्यक्ष पन्तको निर्वाचनका बखत क्याम्पेन सचिवालयमा मुख्य व्यक्ति मध्य एक भएर काम गरेकाले पनि यो बिषय संझाउनु कर्तब्य लागेर एक पटक यो प्रयास गरेको छु। भलै यो मेरो कुरा कसैलाई मन नपर्ला, कतिपयलाई असान्दर्भिक लाग्ला। तर पनि संझाउनु मेरो कर्तब्य हो र त्यो कर्तब्य पुरा गरेको छु।

हाल संघका अध्यक्ष कुमार पन्त, उपाध्यक्षहरु डा बद्रि के सी, अर्जुन श्रेष्ठ, सोनाम लामा, रबिना थापा लगायत थुप्रै पदाधिकारीहरु नेपालमा नै हुनुहुन्छ। यो बखत कम्तिमा पनि एउटा बैठक बसेर बाँकी ७ महिनामा गर्न सकिने कामको लिष्ट गरेर योजना गर्दै त्यो पुरा गर्नुमा नै उहाँको लागि उपयुक्त होला।

अब बाँकी रहेको ८ महिनामा करिब ७ महिना काम गर्न सकिन्छ। त्यो समयको लागि कम्तिमा पनि संसद चल्दै छ, गैरआवासीय नेपाली नागरिकता, आसन्न एनसीसी र क्षेत्रको निर्वाचनका ब्यबस्थापन, अन्तरिक विवादको साम्य, आइएलओ प्रोजेक्ट संबन्धि छानविन जस्ता कुरा गर्नु नै उहाँको लागि सजिला र सफलता तर्फ उन्मुख होलान। अन्यथा हेर्दा-हेर्दै उहाँको कार्यकाल पनि अमाप्त हुनेछ।

अध्यक्ष कुमार पन्तले चुनावका बखत प्रतिबद्धता गरेका २० कार्य योजना:

  • १.दश (१०) अर्बको सामूहिक लगानी कोष
  • २.विज्ञ सम्मेलनका निष्कर्ष कार्यान्वयन र निरन्तरता
  • ३.नेपालमा पर्यटन क्षेत्रमा लगानी, नेपाल भ्रमण वर्ष २०२०
  • ४.भिजन २०२० ले कल्पना गरेको एनआरएनए फाउन्ण्डेशन
  • ५.वैदेशिक रोजगारीमा श्वेतपत्र र नेपाल सरकारसँगको समन्वय
  • ६.वैदेशिक रोजगारीमा जानुअघि नै सीपयुक्त बनाई अन्तर्राष्ट्रिय श्रमबजारमा नेपाली जनशक्तिको सेवा सुविधा र मर्यादा अभिवृद्धिका प्रभावकारी कार्यक्रम नेपाल सरकारसँगको समन्वयमा कार्यान्वयन
  • ७. विदेशमा नेपालीको उद्धार र राहतका लागि वैदेशिक रोजगार राहत कोष वृद्धि
  • ८. गैरआवासीय नेपाली नागरिकता
  • ९. विदेशमा रहेका नेपालीको मतदानको अधिकार सम्बन्धी व्यवस्था
  • १०. गैरआवासीय नेपाली संघमा आबद्ध हुन निःशुल्क सदस्यता पञ्जीकरण
  • ११. नयाँ पुस्ताका गैरआवासीय नेपालीलाई संघका गतिविधिमा आकर्षित गर्दै स्वदेशसँगको सम्बन्धलाई कसिलो बनाउन विशेष ध्यान
  • १२. संघमा महिलाको उपस्थिति, सहभागिता र नेतृत्वलाई व्यापक र सशक्त बनाउन विशेष अभियान सञ्चालन
  • १३. संघको विधि, विधान र संस्थागत प्रक्रिया, सचिवायलको प्रभावकारिता र क्रियाशीलतामा ध्यान
  • १४. गैरआवासीय नेपालीको नेतृत्व चयनका क्रममा अनलाइन भोटिङ प्रणाली
  • १६. भिजन २०२० को प्रस्ताव कार्यान्वयन
  • १७. चालू परियोजनाको निरन्तरता, समापन र हस्तान्तरणलाई उच्च प्राथमिकता
  • १८. संघले आफ्नो मूल्य, मान्यता र परिकल्पनामा रहेर अगाडि बढाउन खोजेका परियोजनामा हाम्रो मात्र स्रोत-साधनले नपुग्ने भएमा अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग सहकार्य
  • १९. समान हक, हित र अधिकारका लागि संघर्षरत भूतपूर्व ब्रिटिस गोर्खाहरुको मागको पक्षमा उभिने
  • २०. गैरआवासीय नेपालीका समस्या, चासो र सरोकारलाई उच्चस्तरबाट सम्बोधन गर्न नेपालको राजनीतिक नेतृत्वसँग नियमित सम्पर्क र प्रभावकारी समन्वयका निम्ति स्थायी संयन्त्र स्थापना