NRNA अमेरिका अध्यक्ष उम्मेदवार थापाको टीम समावेसी, शशक्त र सम्मानितहरु

Hollywood Khabar July 09,2017 Comments

कृष्ण के सी/क्यालिफोर्निया
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिकाको निर्वाचन नजिकदै छ। उसो त बजारमा हल्ला र सल्लाह पनि चौपट्टै बढेका छन्। एकातिर हल्ला बढ्नु अर्को तिर मिलापको खेतीगर्नु, एता आइज र उता गयो भन्नु सबै उस्तै-उस्तै भएको अवस्था हो।
युद्ध, खेल, मुद्धा र चुनावमा दोश्रो हुनु भनेको हार्नु हो। हरेक उम्मेदवारको सदिच्छा भनेको जित्नु नै हो। त्यसैले इतिहास जित्नेहरुको घोडा हो भनिन्छ। जसले जित्छ उसैको इतिहास फरक रुपले रहन्छ। तर जित्नुको पनि नियम हुन्छ, हरेक कुरा यहाँ सम्मकी युद्धको पनि नियम हुन्छ। चुनाव जित्नु पनि नियम कै कुरा हो। संस्थाको बिधान, समाजको रिति-बिधि र व्यक्तिहरुको आकांक्षा, मतदाताहरुको राय, इच्छा, समर्थन, अग्रज र जानिफकारहरुको सुझाव बुझेर निर्दिष्ट योजना लिएर जो आगाडि आउँछ त्यो नै इतिहासकोको पानामा पुग्छ।
कुरा गरौँ NRNA NCC अमेरिकाको चुनावको। उम्मेदवारी दर्ता गर्ने काम सकिएको छ। १३ जुलाई पछि प्राइमरी लिस्ट आउने काम हुनेछ। दावी बिरोध पनि पार गरेर अन्तिम लिस्ट आउन भने जुलाई २९ सम्म कुर्नु पर्नेछ। अन्तत अगष्ट ११ र १२ मा मतदान हुनेछ।
अध्यक्षमा ५ जनाले उम्मेदवारी बुझाएका छन् भनिएको छ। जति सुकै खोके पनि, इमान्दारसाथ् भन्ने हो भने जम्मा तीनजना मात्र उम्मेदवारहरुको चर्चा चलेको छ। डा केशब पौडेल, रबिना थापा र गौरी जोसी।
डा पौडेलले आफु जित्ने भन्ने तर मिलाई दिनुपर्यो भनेर नगुहारेको व्यक्ति सायदै होलान अमेरिकामा। तर पनि त्यो गुहारको सुनुवाई हुने अवस्था पटक्कै भएन। बरु उहाँ आफैले छोडेर मिलाउन तिर लागे सजिलो अवस्था हो, संभावना र समयको माग पनि त्यही हो, एउटा सफल व्यक्तिले नेतृत्व विकास गर्ने हो र उहाँले हाल गर्नुपर्ने पनि त्यही हो।
पहिलो दिन देखि लगानिसिल भएर लाग्ने, सबै बिधि पुरा गर्ने, हरेक मुख्य शहरमा पुग्ने, अग्रज देखि साधारण सम्म पुग्ने, सबैको कुरा सुन्ने अनि निर्णय गर्ने, कसैले बैसाखी टेकाइदिनु नपर्ने, हार्ने डरले सबैसँग मिलापको देउसी खल्नु नपर्ने अध्यक्षका प्रत्यासी मध्य केवल एउटा मात्र व्यक्ति रबिना थापा हो।
थापाको स्पस्ट भिजन छ, योजना छ, कार्यकालको अन्त सम्म संस्था कस्तो हुने भन्ने स्पस्ट लिखित खाका छ। यति मात्र होइन थापाले समयमै मिहेनत गरेको छ। जित्न आवश्यक मतदाताहरु भएको अवस्था छ। अन्य उम्मेदवारले भनेको जस्तो मनले आफु जित्छु भनेर हुन्न म्याथले जित्न संख्या चाहिन्छ त्यो म्याथ केवल थापासँग छ। उहाँको समर्थन गर्दै आएका सम्पूर्ण पदका उम्मेदवारहरु समाजमा सम्मानित छन्। शशक्त त छ नै अनि समावेसी पनि छ। अझै ठूलो कुरा त NRNA लाइ सँस्थागत रुपमा बिकास गर्ने दृढहरुको टीम छ।
मिलापको लागि झोली-तुम्बा देखि गुम्बा सम्म गुहार्नुको अर्थ मनले मात्र जित्न खोज्नु हो। मिलापको एउटा आधार हुन्छ, मिलापको लागि प्रस्ताब पठाउने तर छोडिदिनु पर्यो भनेर गुहार्ने काम भयो डा पौडेलबाट। आफुले जित्ने जिकिर पनि गर्ने अनि अरुलाई छोडिदिनु पर्यो पनि भन्नुको अर्थ आफू कमजोर भएको स्पस्ट कारण हो। अर्को कुरा उहाँले दिने अफर भनेको तीन महिना पछि कार्यबाहक दिन्छु भन्नु हो। त्यो कुरा पटक्कै सही र सुहाउने कुरा थिएन। कोही पनि बच्चा छैन एउटा व्यक्तिलाई हरेक तीन-तीन महिनामा दुइ/दुइ चुनाव जीताई दिनु किन पर्ने ?
अब अरु अध्यक्षका प्रत्यासीकाबारे कुनै टिक्का-टिप्पणी गर्न तिर लागिएन यो पटक। जब समाज र मतदाको चासो नै छैन भने मैले किन लेखुं ? जे बिक्छ त्यो टिप्ने हो। किन की उहाँहरु आफै त्यो रुपमा आउनु भएको छैन। केवल एउटा वाक्य नै काफी छ- “रहर, लेख, कथा, कहानी, बैसाखी र बिधान फरक कुरा हुन्।”
जंगलको रुखमा बसेर काफल पाक्यो भनेर चरा कराउँदैमा काफल फलेकै हुन्छ र पाकेकै हुन्छ भन्ने छैन। चरा कराउनु र काफल पाक्नु दुइ फरक परिस्थितका उपज हुन्। NRNA अमेरिकाको अध्यक्ष हुने पनि त्यस्तै हो। गाइ कि त्रिशूल गरेर, तान-तुन गरेर हिलोको डल्लो तान्दैमा सबै डल्ला आलु नै हुन्छ भन्ने छैन, त्यो ढुंगो पनि हुन सक्छ। त्यो कुरा डा पौडेल र जोसी दुवैले बुझ्ने कुरा हुन्।
रविना थापाको जस्तो शशक्त, समावेसी र दरिला समर्थकहरुको टीम अरु कोही प्रत्यासीको छैन। यति मात्र होइन उहाँहरुलाई टिम पुर्याउन भ्यागुत्ताको धार्नी जोहो गर्नु परेको सबैले देखेकै कुरा हो। हरेक दिन एउटा तान्दै अर्को फाल्दै गेरको पनि देखेकै हो।धेरै जसो त प्रत्यक दिन फरक पदमा आउनेहरु छन्। आफ्नो टिममा खडेरी परेको स्थिति डा पौडेल र गौरी जोसी दुवैको हो। आफ्नो साथ दिने गतिला व्यक्ति नभएर पछि, डा पौडेलले “म टिम बनाउदिन” भनेको कुरा सबैले बुझेकै छन्, केवल प्रतिकृया दिएनन्। उसै पनि उहाँको पछि लाग्नेहरुले धमाधाम मुर्दालाई जुम्राले छोडेको जस्तो गर्दैछन।   
उहाँहरु दुवै अध्यक्षका प्रत्यासीहरुले रविना थापाको टिममा रहेकाहरुलाई कहिले कसलाई कहिले कसलाई मेरो टिममा आइजो भनेर फोन गरेको कारणले नै को कति पानीमा भन्ने प्रस्टै हुन्छ। मनले, योग्यताले, बिधानले, मतले, इज्जतले, बिचारले र इच्छा शक्तिले भरिपूर्ण व्यक्तिहरुको उम्मेदवारी छ रविना थापाको टिममा।
आफुसंग चुनाव लड्ने एउटा दरिलो उम्मेदवार छैन, आफुले गर्ने योजना छैन, भिजन छैन, केवल आफुलाइ मत देउ भनेर भैली खेलेर, भाषण गरेर खादा ओडेर हिड्दै हुने कुरा त पक्कै होइन। साथ् दिने व्यक्तिहरु औँलामा गन्न सकिन्छन, टोकनको भरमा प्रचार गरेर अगाडि छु भन्नु भनेको सुन्निएर मोटाउँदा खुसी हुनु जस्तै हो। समाजले पत्याउने सहज र सम्मानित व्यक्तिको साथ छैन भने मनले जित्छु भन्नु भनेको चौतारोमा बसेर नानीहरुलाई सातवटा बाघ मारेको कथा बाचे जस्तै हो।
यो सबै परिस्थितको नतिजा या सिकाइ भनेको डा पौडेल दोहोरिनु उहाँ आफैलाई घाटा छ, उहाँको बाटो ओरालो लागेको छ। गौरी जोसी एक-कार्यकाल अन्य पदमा बसेर सिकेर आउनु पर्थो। अब त्यो समय गैसक्यो, जुलाई २९ सम्म अन्तिम लिस्ट कुर्नु भन्दा कुनै बाटो देखिन्दैन।