-NRNA:एनआरएनका महासचिव वान म्यान आर्मी, प्रवक्ता हराएको र अध्यक्ष बेखबर रहेको आरोप

NRNA:एनआरएनका महासचिव वान म्यान आर्मी, प्रवक्ता हराएको र अध्यक्ष बेखबर रहेको आरोप

Hollywood Khabar February 03,2020 Comments

कृष्ण के सी/अमेरिका/२/३/२०२०

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्त संघका धेरै कुरामा बेखबर रहने, महासचिव वान म्यान आर्मीको रुपमा हावी हुने गरेको र प्रवक्ता हराएको आरोप आउन थालेको छ।

गैरआवासीय नेपाली संघको वर्तमान नेतृत्वमा रहेका सबैजसो पदाधिकारी र संघमा टुप्पीबाट मनोनयन खान आएका बाहेक दर्जनौं अन्तराष्ट्रिय समन्वय परिषदका परिषद सदस्यहरुसंग मेरो व्यक्तिगत चिनजान छ। अध्यक्ष कुमार पन्त र यो कार्यकालका मात्र होइन यस अगाडिका नेतृत्वहरुसंग पनि छोटो-तिनो चिनजान भएकै हो। हालका अध्यक्ष पन्तको नेतृत्वको पदावधीले पनि ४ महिना पुरा गर्न लाग्यो।यो कार्यकालको नेतृत्वलाइ एनआरएनहरुले धेरै आशा गरेको थिए र छन् पनि। तर पछिल्लो समय परिषद भित्रैबाट गरेको गुनासो हलिउडखबरलाइ प्राप्त भएको छ।

उनीहरुका अनुसार वर्तमान महासचिव डा हेम राज शर्मा कम्युनिष्ट पार्टीको महासचिव प्रणालीको जस्स्तो हावी हुने भएका छन्। प्रवक्ता डिबी क्षेत्री संचार र संस्थाको गतिबिधिबाट नै हराएका छन्। अनि ति सबै कुरामा अध्यक्ष पन्त बेखबर रहेको आरोप लगाएका छन्। यो आरोप पत्याउन सजिलो भने छैन। तर हरेक कुराको नतिजा इण्डिकेटरले देखाउँछ भनेझैं पछिल्ला ५-७ वटा गतिबिधिका इण्डिकेटर हेर्दा भने यी आरोप सहि पो हो कि भन्ने आसंका लागेको छ।

भनिन्छ जहाँ लगानी छ त्यहाँ बढी मन जान्छ। २०१० देखि सामान्य रुपमा हुँदै अन्तिमका ७ बर्ष गैरआवासीय नेपाली संघमा मेरो बुद्धि, विवेक र समय बाक्लै रहनगयो। गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्षहरु डा उपेंन्द्र महतो र पछिका अध्यक्षहरु क्रमश: देवमान हिराचन, जिबा लामीछाने, डा शेष घले, भबन भट्ट र कुमार पन्त। त्यसैगरी वर्तमान उपाध्यक्षहरु बद्रि के सी, अर्जुन श्रेष्ठ, सोनाम लामा, रबिना थापा, मन के सी, महासचिव डा हेम राज शर्मा, सचिवहरु गौरी जोशी र राजेन्द्र शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, प्रवक्ता डिबी क्षेत्री लगायत अरु थुप्रै अभियन्ताहरुले दिएको जस्तो योगदानको हैसियतको भने मेरो पटक्कै होइन।

तर पनि दिने भनेको कुरा भएकोमा केहि भाग दिने हो, हुँदै नभए के नै दिने हो र ? जोसँग जे छ, उसले त्यसैको केहि भाग दिने हो। उहाँहरुसँग धेरै थियो भएको धेरैमा थोरै दिनुभयो, मसँग थोरै थियो भएको थोरैमा पनि कटाएर दिंदा धेरै दिएको जस्तो लाग्छ। गणितीय हिसाबमा जोख्दा र तौलिंदा पक्कै घटिबढि होला। तर त्यसको संस्थागत मूल्यमा गएर हेर्ने हो भने पक्कै सोच्नु पर्ने हुन्छ भने मेरो जिकिर छ। हुन त योगदानको कदर एक न एक दिन, कहिं न कतै, जिउंदै हुँदा या जीवनको अन्तपछि पक्कै हुन्छ भनिछ। यहाँ यो पटक कदर नभएकाहरु पनि धेरै देखिए। तर पनि भगवानका अगाडि एक दिन सबैले शिर झुकाउन नै पर्ला भन्ने मेरो विश्वास छ। आज सबै जमिन माथि छौं, कालले बालक, जवान र बृद्ध भन्दैन। भोलि सबैजना माटो मुनि नै जाने हो। जहाँ हामी सबैले जति बेइमानी या इमान्दारी गरेता पनि काललाई भने कसैले रोक्न सक्दैन। फरक यत्ति हो कि त्यो दिन दुनियाँले बल्ल मर्यो नभनुन।

अन्तिमका केहि बिषयमा मात्र होइन संघका धेरै कुरामा वर्तमान महासचिव डा शर्मालाइ अनावश्यक हावी हुने गरेको आरोप छ। क्षेत्रीय संयोजक र अन्य पदाधिकारीहरुको क्षेत्राधिकारमा बल मिचाई गरेको कुरा छ। प्रवक्ता क्षेत्रीलाई लंगडो बनाएर दुला-भित्र थुनेर राखेको अनि बाहिर प्रवक्ताले काम गर्दैन भन्ने भ्रम फैलाएको आरोप छ। आधिकारिक सूचनालाई प्रवक्ताको नाम हटाएर मिडियामा पठाएको भन्ने पनि आरोप छन्। गत पोखरा बैठकका निर्णय पनि प्रवक्ताले सार्वजिक गरेपछि उनको नाम हटाएर मिडियामा पठाएको, संघको फेसबुकमा पोष्ट गरेको समेत आरोप छ।

यति मात्र होइन महासचिवाले आफ्नो क्षेत्रको काम चाहिं गरेनन भन्छन उनीहरु। क्षेत्रीय बैठक र भेलाहरुलाई निर्णय गराएर क्यालेण्डरमा राख्न काम भएन। एनसीसीहरुको विवाद घट्नुको सट्टा बढेको छ त्यसमा उनको ध्यान गएन। एनसीसी मास्टर बाइलज, संघका आसन्न बैठक र प्रशाशन, कर्मचारी ब्यबस्थापन, संघका सदस्यता संबन्धि मुद्धा, गैरआवासीय नेपाली नागरिकता लगायतका बिषय उनका क्षेत्रका हुन्। त्यसमा लागि परेका छैनन् अनि पटक्कै बोलेका पनि छैनन। यति मात्र होइन धेरै कुरा त बैठकमा एजेण्डामा नै पारेनन्। तर फेसबुक र मिडियामा भने अरुको आधिकारिक रिलिजमा नाम काटेर पठाउँछन् भन्ने आरोप पनि छ। बेलायतका केहि संचारकर्मीहरुले त महासचिव डा शर्माको हस्ते महासचिव चलाउने उनका परिवारका अरु दोश्रो व्यक्ति उपमहासचिव छन् भन्ने आरोप लगाएका छन्।

परिषद पदाधिकारी मध्येकै एकजनाले गत पटक २१ जना आइसिसी सदस्यहरुको मनोनयन अन्तिम लिष्ट आइइएस बैठकमा अध्यक्ष पन्तले एउटा सुनाएका थिए। त्यसको केहि घण्टाको बिचमा बसेको आइसीसी बैठकमा हेराफेरी गररेर झड्केला बनाएर पठाउने पनि महासचिव शर्मा नै हुन् भनेका छन्। उक्त बैठकमा सहभागी एकजनाले भने, बिचमा कोहि छिरेर मनोनयन गर्ने सदस्यको नाम उल्टा सिधा गरेर पठाएको थियो। यस्ता आरोप छन् महासचिवलाइ।

उता संघका प्रवक्ता डिबी क्षेत्रीले पनि जिम्मेवारी नसंझेका हुन् या के हुन् उनि संचारमा पटक्कै आएका छैनन्। जिम्मेवारी लिएको यति धेरै महिना भयो तर पनि एउटा मिडिया कमिटी पनि बनाउन सकेका छैनन। एउटा प्रेस रिलिज पठाए अनि अरु केहि पत्तो छैन।

यो कार्यकालमा आफ्नो पदिय र चुनावी प्रतिबद्धता चाहिं केवल कोषाध्यक्ष महेश श्रेष्ठले मात्र पुरा गर्न थालेका छन्। उनले जे सुकै भएपनि संघको हिसाब-किताबको अडिट गरे। आर्थिक प्रतिबेदन सार्वजनिक गरे। अब उनेल सम्पूर्ण एनसीसीहरुलाई पनि आर्थिक पारदर्शिताको दाएरामा ल्याउने भएका छन्। यसमा पनि महासचिव डा शर्माले रिलिजमा भएको कोषाध्यक्ष महेश श्रेष्ठको नाम काटेर छिर्की प्रचार गरेर मिडियामा पठाएको प्रमाण चाहिं नभएको होइन।

यी सबै कुरा हुँदा-हुँदै पनि अध्यक्ष पन्त भने मुकदर्शक र बेखबर रहने गरेको आरोप अर्का दुइजना पदाधिकारीले लगाए। उनीहरुको आरोपमा चाहिं यो पदावादिको अन्तमा पुग्दा वर्तमान महासचिव र उनका भित्रका गुटले अध्यक्ष पन्तलाई निवर्तमान अध्यक्ष भबन भट्ट र पूर्व अध्यक्ष देवमान हिराचनको जस्तै कुँजो बनाइ दिन्छन। अनि अध्यक्ष पन्त पनि लाइन र चुनावी प्रतिबद्धता छोडेर अन्त् कतै गएकाले एक असफल अध्यक्ष हुनेछन भन्छन उनीहरु। यो आरोप सहि हो या गलत हो त्यो चाहिँ कि आरोप लगाउनेले जानुन कि भने कुटिल खेल खेल्नेले जानुन। अनि हामी जस्तो रमितेले चाहिँ दुइबर्ष पछि जानमला। कृष्णार्पण !