-गैरआवासीय नेपाली संघका युरोप संयोजक नारायण आचार्य

परराष्ट्र मन्त्रालयबाट स्विकृत नभएको बिधान अनुसार गर्नु पर्दैन:युरोप संयोजक आचार्य

Hollywood Khabar April 04,2021 Comments

हलिउडखबर, अप्रिल ४, २०२१

गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा हेम राज शर्माले गत महाधिवेशनबाट पारित भै परराष्ट्र मन्त्रालयबाट स्वीकृत भएर आउने क्रममा रहेको तर नआएको बिधान अनुसार निर्वाचन गर्नु भनेर निर्देशन जारी गरे। सो अचम्मको निर्देशनपछि विवेक हुनेजति सबैले सर्वत्र बिरोध गरेका थिए।

यसै क्रममा गैरआवासीय नेपाली संघका युरोप संयोजक नारायण आचार्यले क्षेत्रका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई परराष्ट्र मन्त्रालयबाट स्विकृत नभएको बिधान अनुसार गर्नु पर्दैन भन्दै इमेल मार्फत जानकरी गराएका छन्। केहि एनसीसीहरुले अन्योलमा परेको भनि इमेल लेखेपछि सो को जवाफमा आरसी आचार्यले सो जानकरी गराएका हुन्। बिधान स्वीकृत भएर नाइसकेको र आउने कुनै निश्चित समय नभएकाले सो अनुसार गर्न नपर्ने जानकारी दिएका छन्। हाल सम्म यस अन्यौलको अवस्थामा सृजना गर्ने महासचिव डा हेम राज शर्माको जवाफ दिनेमा आरसीहरुमा आचार्य र मध्येपूर्वका आरसी प्रविण गुरुङ मात्र हुन्।