-NRNA:अध्यक्ष पन्तको एजेण्डामा टेकेर अमेरिकाज क्षेत्रलाइ उत्कृष्ट बनाउन योजना गर्दैछु

NRNA:अध्यक्ष पन्तको एजेण्डामा टेकेर अमेरिकाज क्षेत्रलाइ उत्कृष्ट बनाउन योजना गर्दैछु

Hollywood Khabar October 22,2019 Comments

कृष्ण के सी/काठाण्डौ/१०/२४/१९

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसीसी) को निर्वाचन सम्पन्न भएर कुमार पन्तको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको छ।

एनआरएनएका अध्यक्ष पन्तले आफ्नो एजेण्डामा थुप्रै कुराहरु राखेका छन्। प्रमुख कुरा उनले सदस्यता निशुल्क गर्ने र सपूर्ण सदस्यले नेतृत्व चयनमा घरैमा बसेर मतदान गर्ने कुरालाइ प्रमुख बद्धता बनाएका छन्।

यसैबीच अमेरिकाज क्षेत्रका नवनिर्वाचित क्षेत्रीय संयोजक (आरसी) राजन त्रिपाठीसँग उनको आगामी योजनाबारे केहि कुराकानी गरियो। आरसी त्रिपाठी हलिउडखबरसँगको कुराकानीमा आफ्नो कुरा राखेका हुन्।

राजन त्रिपाठी युनेस्कोको विश्व स्तरमाको नेतृत्वमा नै रहेर काम गरेका व्यक्ति हुन्। यसबाहेक प्लान इन्टरनेश्नल लगायत थुप्रै गैरसरकारी क्षेत्रमा पनि उनि थिए।

एनआरएनएको अभियानमा २००७ देखिका अभियन्ता हुन्। २०११/१३ देखि नै प्रतिनिधि रहेका त्रिपाठी पदिय जिम्मेवारीका रुपमा भने २०१७ देखि आएका हुन्। खासगरी गैरआवासीय नेपाली संघको दर्ता प्रकृयामा पूर्व अध्यक्ष जीवा लामीछानेसँग तत्कालिन प्रधानमन्त्री गिरिजा प्रासाद कोइराला सम्म पुग्ने देखि संघको अन्य कार्यहरुमा सक्रिय थिए त्रिपाठी।

सुरुमा राजनीतिमा समेत रहेका कारण उनि एनआरएनको अभियानमा पदिय जिम्मेवारीमा थिएनन्। अन्तिम चारवर्षमा उनि सक्रिय राजनीति भन्दा एनआरएनको अभियानमा बढी हुनपुगे। २०१७ मा आइसीसी सदस्य भएका त्रिपाठी यो पटक अमेरिकाज क्षेत्रको क्षेत्रीय संयोजकमा नै अत्याधिक मतले बिजयी भएका छन्।

कतिपयले उनलाई चुनावी आरोप लगाउँदा नयाँ व्यक्ति भन्ने गर्थे। तर निर्वाचनको परिणामले भने त्यस्तो देखाएन। त्रिपाठी एक किसिमले नयाँ जोश लिएर आएका आरसी हुन्। कुराकानीको क्रममा उनीसँग अरु भन्दा फरक तरिका भएको पाइयो।

त्रिपाठीले भने सम्पूर्ण निर्वाचितहरुले संघका अध्यक्षको एजेण्डामा टेकेर उहाँको कार्यकाल सफल बनाउन आफ्नो क्षेत्रबाट योगदान दिने हो। यसो गर्दा विवाद भन्दा काम धेरै र संघलाइ मजबुत् बनाउन सकिन्छ। विगतमा निर्वाचनलाइ लिएर पार्टी राजनीति जस्तो पक्ष-विपक्ष हुनाले गर्दा संघलाइ धेरै घाटा भयो। त्यसैले हामी जो जसरी जहाँ जिते पनि अब संघका अध्यक्षको एजेण्डालाइ कार्यान्वयन गर्न लागि पर्ने हो, त्रिपाठीले भने।

तत्काल मैले २१ जना मनोनित गरिने सदस्यहरुमा आफ्नो क्षेत्रको लागि बेजोड पहल गर्नेछु। त्यसपछि आफ्नो क्षेत्रमा सम्पूर्ण एनसीसीहरुलाई मजबुत र भएका-उठेका इस्स्यूहरुको निराकरण गर्न लाग्ने छु। यसका लागि तुरुन्तै एनसीसी अध्यक्ष, महासचिव र कोषाध्यक्ष, क्षेत्रका आइसीसी सदस्य, डिआरसी र आइसीसीमा निर्वाचित उपाध्यक्षहरु, सचिव सबैको बैठक बोलाउने छु। त्यहाँ निश्चित एजेण्डाहरु रायका लागि पेश गरिनेछ। उहाहरुको राय, सल्लाह, सुझाव माथि अन्तिम रुप दिएर कार्यान्वयनमा जानेछु।

त्यसैगरी क्षेत्रीय बैठक लगायतका क्षेत्र भरिका गतिबिधिहरुको एनसीसी र आइसीसी बिच संयोजन गर्दै क्यालेन्डर बनाउने छु। आइसीसी नेतृत्वसंग सल्लाह गरेर उपरान्त सदस्यता र अन्य बिषयमा उठेका विवादहरु निराकरण गर्नु मेरो पहिलो प्रयास हुनेछ। आफ्नो क्षेत्रको लागि सबैखाले विवाद, मौका र भविष्यमा गर्न सकिने कुराहरु पनि थप एजेण्डा हुनेछन। यी सबैमा केन्द्रिय अध्यक्ष र आइसीसीको नीति-बिधान र योजना भित्र टेकेर जाने कुरा भने जहिले पनि हुनेछ।

आफ्नो क्षेत्रमा केन्द्र र एनसीसीबिच उत्पन्न भएको खाडल भरेर एउटा सिंगो अंगको रुपमा लैजाने प्रयास मेरो योजानमा छ। यसका लागी एनसीसी नेतृत्व, सदस्य, नेपाली समुदाय, संघ-संस्था र संचार सबैको सामुहिक प्रयास आवश्यक छ। त्यसलाई मिलाएर एउटा योजना दिएर संयोजन गर्ने हो भन्ने मुरो बुझाइ हो। हालको एनआरएनप्रतिको बितृष्णा हटाएर यो सँस्था हामी सबैको र हामी सबै यसमा जिम्मेवार छौं भन्ने वातावरण बनाउने कुरा नै प्रमुख काम हो। यसमा सफल हुने कुरामा म विश्वस्त छु यो पटक मेरो क्षेत्र सबैभन्दा उत्कृष्ट हुनेछ, आरसी त्रिपाठीले भने।