गैरआवासीय नेपाली संघ (NRNA) युरोप क्षेत्रका संयोजक (RC) नारायाण आचार्यसंग प्रत्यक्ष संवाद मे २३, २०२० शनिबारका दिन सम्पन्न भयो।
म, आफू कृष्ण के सी NRNA को सूचना तथा संचारको प्रमुख जिम्मेवारी लिएका कारण संघका विभिन्न पदाधिकारी र जिम्मेवार व्यक्तिहरुसंग यस्तो संवादको आयोजना नियमित रुपमा गर्ने थालेको छु। यो नियमित रुपमा गरिने प्रत्यक्ष संवादबाट संघका विश्वभरिका गतिबिधिहरुलाई सबैको सामु प्रत्यक्ष रुपमा सूचना पुर्याउन सहयोग हुने विश्वास लिइएको छ।
यस पटक NRNA युरोप क्षेत्रका RC नारायाण आचार्यसंग सो क्षेत्रमा उहाँको कार्यक्रम योजना, कोभिड १९ ले गरेको असर र सो संबन्धि गरिएका गतिबिधिहरु बारे छलफल गरिएको छ।
यस अघि संघका अध्यक्ष कुमार पन्त, उपाध्यक्षहरु डा बद्रि के सी, सोनाम लामा र कोषाध्यक्ष महेश श्रेष्ठसंग प्रत्यक्ष संवाद सम्पन्न गरि सकिएको छ। ति लाइभ कुराकानी हेर्न संघको लाइक पेजमा गएर पनि हेर्न सक्नुहुनेछ।
फेसबुक लाइभ भिडियो हेर्नको लागि चाहिं तलको लिंक क्लिक गर्नुहोस:
https://www.facebook.com/NRNAOfficial/videos/1378838268966573/?vh=e&d=n
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता