NRNA NCC USA, Suneel Sah, President Candidate, Picture by Krishna KC on Debate organized by hollywoodkhabar

NRNA:अमेरिका चुनाब:दौडाहा होइन भेटघाट, राजनीति गरिरहेको छैन-साहसँगको कुराकानी

Hollywood Khabar April 25,2019 Comments

कृष्ण के सी/अमेरिका/४/२६/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा फ्रन्ट रनर मानिएका अध्यक्षका उम्मेद्वार सुनिल साह हल्ला र आरोप भन्दा काम गर्दैछु भन्छन।

भर्खर पश्चिम दौडाह सक्नुभयो फेरि उत्तर र मिड वेष्टम, कता-कता दौडदै हुनुहुन्छ कति धेरै दौडेको हो ? जवाफमा एनआरएनए एनसीसी अमेरिकाका बरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका उम्मेद्वार सुनिल साहले भने-दौडाहा होइन भेटघाट गर्दैछु। साथीहरुसँग सुनेर आफ्नो योजना अनि काम कसरी गर्ने भनेर बुझ्दै पनि छु। अध्यक्ष भैसकेर घुम्ने भन्दा हुनुपूर्व भेटेर सबैकुरा सुनेर, जानेर गइयो भने त्यो अनुरुप पछि काम गर्न सजिलो हुन्छ।

तपाइलाई आरोप लगाउँदै गएका अन्य उम्मेद्वारहरु प्रति के भन्नुहुन्छ ? म कसैलाई पनि कुनै आरोप लगाउँदिन, हल्ला गर्न मैले जानेको छैन। त्यो राजनीतिको पाटो होला, त्यस्तो राजनीति त मैल कलेज टाइममा गरेको हुँ। यो समय म राजनीति गर्दै छैन सेवा गर्न संघको अध्यक्षको उम्मेद्वार भएको हुँ। अब कसैले हल्ला नै गरेर आफूलाई ठूलो र बलियो सावित गर्न खोज्छ भने मेरो भन्नु केहि छैन, नतिजा आएपछि सबैले देख्छन। खासमा भन्नुपर्दा त्यस्तो हल्ला र उहाँहरुको आरोपले मलाइ फाइदा भएको छ, म झन् क्लियर हुँदै गएको छु।

माहोल कस्तो बन्दैछ त तपाइँको ? पहिलो दिन देखि नै मेरो माहोल बलियो थियो र ऐले पनि छ। मेरो अभियानमा कुनै ज्वारभाटा र अरुले भनेको जस्तो छलाङ आउनेवाला छैन। इन्फ्याक्ट मलाइ त्यस्तो नै आवश्यक छैन। म एउटा रफ्तारमा छु र त्यस्तै जानेछ, यसमा उतार चढाव आउनेवाला छैन।

टीम बनाएको आरोप नि ? मैले कुनै टीम बनाएको छैन, बनाउँदा पनि बनाउँदिन। कसैले मेरो समर्थनमा फ्लायर शेयर गर्यो भने त्यो कुनै अनर्थ होइन। कसैले पनि कुनै उम्मेद्वारलाइ सपोर्ट र समर्थन गर्नु अधिकार र सामान्य कुरा हुन्। तर कसैले पनि पदिय रुपमा कसैको समर्थन र सपोर्ट गर्छ भने त्यो राम्रो होइन। मेरो लागि कसैले पदिय रुपमा मेरो आफ्नै प्रचार र समर्थन गर्यो भने पनि म रोक्छु तर तेस्तो देखिको छैन।

टीम बनाउँदिन भन्ने अनि अमृत सापकोटालाइ फालेर डा अर्जुन बन्जाडेलाइ किन बोकेको त ? यो मैले टीम बनाएको होइन। डा बन्जाडेले मलाइ समर्थन गर्दै आफ्नो अध्यक्षको आकांक्षा छोडेर बरिष्ठमा उम्मेद्वार हुनुभएको हो। त्यो कुरा मैले कसरी रोक्ने ? अनि अमृतजी लाइ मैले फालेको पनि छैन, उहाँले पनि मेरो समर्थन गर्नुभयो भने मलाइ कुनै आपत्ति र सिमान्त रेखा छैन।