-एनआरएनए एनसीसी कोभिड १९ समयको पाँचौं हप्ताका गतिबिधिहरु

एनआरएनए एनसीसी कोभिड १९ समयको पाँचौं हप्ताका गतिबिधिहरु

Hollywood Khabar May 29,2020 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) साउदी अरबले कोभिड १९ को समय नियमित काम गर्दै आएको छ। यो पाँचौं हप्ताका गतिबिधिहरु यहाँ प्रस्तुत गरिएको छ।

कोरोना महामारिका कारण साउदी अरबमा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा अप्ठ्यारोमा परेका धेरै नेपालीहरु पीडित हुन पुगेको खबरहरु र गुनासोहरु संस्थामा आउने क्रम बढ्दो छ। गत साताको तुलनामा साउदी अरबमा कोरोना संक्रमित हुने नेपालीहरुको संख्या दोब्बरले बढेर १३६४ पुग्नुको साथै ७ नेपालीको ज्यान गएको पुष्टी गत साता नै भएको थियो। बिभिन्न सन्जाल तथा ब्यक्ती मार्फत संक्रमित नेपालीको संख्या अझै बढेको बारे खबरहरु आएता पनि हाल सम्म सम्बन्धित निकाय बाट पछील्लो आधिकारिक खबर प्राप्त भएको छैन।

रमजान ईदको छुट्टीको समयमा सरकारले २४ घन्टे कर्फ्यु आदेश जारी गरेकोले सशक्त रूपमा अभियानमा अगाडि बढन नसकिएतापनी यो साता थप १६ जना पीडितलाई खाद्यान्न उपलब्ध गराउनुको साथै हाल सम्म गैर आवासिय नेपाली संघ साउदी अरब समक्ष आएका २८१ जना पीडितहरुलाई यहाँ स्थित नेपाली कुटनितिक नियोगहरुसंग समन्व्य र पैरवी पहल गर्दै तत्कालका लागि खाद्यान्न बितरण गर्दै आएको ब्योहरा सबैमा जानकारी गराउंछौँ। यो कार्यलाई अझ शसक्त रूपमा निरन्तरता दिंदै पीडितहरु समक्ष तत्काल पहुंच होस भेन्ने हेतु संघको कोरोना उध्दार कार्यदल कमिटिले हरेक साता साइबर भिडियो कन्फ्रेन्स मिटिङ गर्दै आएकोछ।

यसै अनुरूप साउदी अरबमा रहेका हरेक क्षेत्रका क्षेत्रीय समिती तथा स्थानिय समितिहरुलाई प्रत्येक हफ्ता पालैपालो जोडदै लैजाने पूर्व योजना अनुसार २९ मई २०२० का दिन बसेको बैठकमा बिशेष आमन्त्रित अतिथी महावाणिज्य दुतावास जेद्दा साउदी अरबका कार्यवाहक महावाणिज्यदुत श्री रेवती रमण पौडेलको उपस्थिती रहेको थियो, साथै एनआरएनए एनसीसीका सम्पूर्ण पदाधिकारी, सल्लाहकार परिषद,आइसिसी पदाधिकारी लगायत पश्चिम क्षेत्र, ताबुक क्षेत्र र जिजान क्षेत्रका क्षेत्रीय समितिहरुको उपस्थिती रहेको थियो।

बैठकमा उपस्थित सम्पूर्ण बक्ताहरुको चासोको बिषय चैं जसरी हुन्छ, जतीसक्दो छिटो साउदीमा फसेका नेपालीहरुलाई सरकारले स्वदेश फिर्तिको प्रबन्ध मिलाउनु पर्ने माग गर्नुभएकोमा महावाणिज्यदुत श्री रेवती रमण पौडेलले छिट्टै नै अन्दाजी ५ देखी ७ हजार जनालाई नेपाल फिर्ता लैजाने प्रबन्ध गरिने जसमा बिमारी, अबैधानिक, भिजिटमा आएकालाई पहिलो प्राथमिकतामा राखेको बताउनु भयो।

एनआरएनए एनसीसी साउदी अरबले यस बिपदको घडीमा साउदी अरबमा कृयासिल नेपाली संघ-संस्थाहरु, सामाजिक अभियान्ताहरु, बुद्धिजीवी वर्ग लगायतका सबै सँग संयुक्त रूपमा हातेमालो गर्दै कोरोना पीडित उध्दारको निम्ती अगाडि बढ्न संघले संस्थागत अपिल गरेको थियो। जस अनुरूप हाल सम्म मोरङ सुनसरी सेवा समाज र नेपाली हातेमालो समाज साउदी अरबले ऐक्यबध्दता जनाउंदै कोरोना पीडित राहतमा सहकार्य गर्नमा सहयोग पुर्याएका छन्। अन्य संघ संस्थाहरु संग समन्वय भईरहेको छ।

हामी सबै श्रमिक हौं, श्रमिक-श्रमजिवि नेपाली बिच गठित सम्पूर्ण संघ संस्थाहरु एकजुट भएर नेपाली श्रमिककै निम्ती हामी संयुक्त रूपमा हातेमालो गर्दै नेपाल सरकार तथा सम्बन्धित सरोकारवालाहरु संग समन्वयकारी भूमिका निभाउनको निम्ती मध्यस्थकर्ताको रूपमा आवाज बुलन्द बनाउन सक्छौं भन्नेमा हामी विश्वस्त छौं।

दिनहुं बड्दै गरेको कोरोना संक्रमणका कारण आगामी दिनमा स्थिती अझै भयावह हुने र यसको कारण धेरै संख्यामा नेपालीहरुलाई असर पुग्ने खतरा देखिएकोछ। यहाँ स्थित सम्पूर्ण संघ संस्थाहरु तथा सम्बन्धित सरोकारवाला हरुको साथ सहयोग, समन्वय र सहयात्रााको निम्ती काँधमा काँध मिल्यो भने हामी अवश्य यस बिपदको खाडल बाट अवश्य मुक्ती पाउने छौं।

अत:साउदी अरबको बिभिन्न स्थानमा कोरोनाबाट प्रभावित नेपालीहरुको अवस्था,नेपाली कामदारहरुको जिबन रक्षा,स्वदेश फिर्ती साथै तत्कालका लागि पीडितहरुलाई मानवीय राहत सहयोग गर्दै साउदी अरब स्थित नेपाली राजदुताबास रियाद तथा महावाणिज्यदूतावास जेध्दा बिच समन्वयको पाँचौं हफ्ता पार गरिसकेका छौं र यसलाई हाम्रो स्रोत साधनले भ्याएसम्म निरन्तरता दिने प्रतिबध्दता जनाउंदै। साउदीमा अलपत्र परेका पीडितहरुलाई यथा शिघ्र उचित ब्यबस्थापनाका साथ स्वदेश फिर्ता गर्नको निम्ती नेपाल सरकार तथा सम्बन्धित सरोकारवाला हरुलाई ध्यानाकर्षण गराउन चाहन्छौं।

विष्णु नेउपाने

प्रवक्ता

गैरआवासिय नेपाली संघ

राष्ट्रिय समन्वय परिषद

साउदी अरब

मे ३०, २०२०