-NRNA:अध्यक्ष पन्त भेटघाट र बैठकमा, प्रशाशन ब्यबस्थापनमा महासचिव शर्मा

NRNA:अध्यक्ष पन्त भेटघाट र बैठकमा, प्रशाशन ब्यबस्थापनमा महासचिव शर्मा

Hollywood Khabar October 20,2019 Comments

कृष्ण के सी/काठमाण्डौ/१०/२१/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नव निर्वाचित अध्यक्ष र महासचिव आ-आफ्नो भेटघाट र कार्यक्रम तयारीमा ब्यस्त रहेका छन्।

१७ अक्टुवर २०१९ मा सम्पन्न निर्वाचनबाट निर्वाचित अध्यक्ष कुमार पन्तले आफ्नो पहिलो चरणको भेटघाट लगभग सम्पन्न भएको बताएका छन्। प्रधानमंत्री केपी शर्मा ओली देखि अन्य थुप्रै व्यक्तिहरुसंग भेटघाट गरेका अध्यक्ष पन्तले केहि प्रोजेक्टहरुको संझौतामा समेत हस्ताक्षर गरेका छन्।

आज २१, अक्टुवर, २०१९ मा पनि एनआरएन सचिवालयमा आफ्नो कार्यकक्षमा थुप्रै व्यक्तिहरुसंग भेट्नमा पन्त ब्यस्त थिए। केहि मिडिया र एनआरएन प्रतिनिधि लगायत थुप्रै व्यक्तिहरुसंग उनले भेटघट गरेका छन्। सोहि समयमा पन्तले पधाधिकारीहरुसँग छलफल समेत गर्न भ्याएका छन्।

त्यसैगरी नवनिर्वाचित महासचिव डा हेम राज शर्माले सचिवालयमा प्रशासन र प्राबिधिक तर्फ के कसरी काम गर्ने भनेर जानकारी लिएका छन्। उनले निवर्तमान महासचिव तथा नवनिर्वाचित उपाध्यक्ष डा बद्रि के सीसँग पनि परामर्स लिएका छन्। प्राविधिक र प्रशासनिक तर्फको सचिवालयका साथै संचारको लागि उपयुक्त ब्यबस्थापन गर्न समेत उनले सचिवालयमा छलफल गरेका छन्।

हिजो अक्टुवर २० मा बसेको अन्तराष्ट्रिय परिषदको बैठकले ११ जना सल्लाहकार, प्रमुख संरक्षक र संरक्षकहरुको मनोनयन गरेको छ। अब प्रवक्ताको मनोनयन आइइएसको बैठकले गर्ने अधिकार आइसीसी बैठकले दिएको छ। त्यसपछि २१ जना आइसीसी सदस्य र कमिटी अनि टास्कफोर्स गठन प्रकृया हुनेछ।

यसैबीच अध्यक्ष पन्तको घोषणा पत्र र अन्य प्रतिबद्धताहरु, चालू प्रोजेक्ट र अन्य समेत थप गरि कार्यकालको योजना बैठक पनि छिट्टै बस्ने कुरा हलिउडखबरलाइ जानकारी दिइयो।